Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अनेम संघ कनकाईको अध्यक्षमा राई र सचिवमा खड्का
    कनकाई नगरपालिका

    अनेम संघ कनकाईको अध्यक्षमा राई र सचिवमा खड्का

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ ३२, शुक्रबार १५:३१ गते2 Mins Read

    कनकाई खबर \ अखिल नेपाल महिला संघ कनकाई नगर कमिटीको अध्यक्षमा अनिता राई सर्वसम्मत रुपमा चयन भएकी छन् ।

    संघको सुरुङ्गामा सम्पन्न तेस्रो नगर सम्मेलनबाट कनकाई —८निवासी राईको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन भएको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा कमला अधिकारी खतिवडा(वडा नं.—३), सचिवमा निर्मला खड्का(वडा नं.—१), उपसचिवमा रिना फुयाल(वडा नं.—४) र कोषाध्यक्षमा रेनुका खवास(वडा नं.—२) सर्वसम्मत रुपमा चयन भएका छन् । यसरी पदाधिकारी ५ जना साथै नगरका सबै वडाबाट पर्ने गरी भूूगोलबाट ३ जनाका दरले ९ वटा वडाबाट २७ जना, आदिवासीबाट २ जना र दलितबाट १ जना गरी जम्मा ३५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका अध्यक्ष तथा नेकपा एमाले कनकाई नगर कमिटी उपसचिव राधिका ओली कडरियाले जानकारी दिएकी छन् ।

    नवनिर्वाचित अध्यक्ष राईले आगामी दिनमा पार्टी सुदृढीकरण, संगठन विस्तार र महिला सशक्तिकरणमा विशेष सक्रियताका साथ अघि बढ्ने प्रतिवद्धता जनाएकी छन् । अनेम संघ कनकाईलाई आर्थिक रुपले थप व्यवस्थित गर्न सुरुवात गरेको अक्षयकोष वृद्धिकालागी विशेष कार्ययोजना बनाएर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष राईले जनाएकी छन् ।

    कार्यक्रममा संघको कनकाई नगर कमिटी अध्यक्ष मिरा भट्टराईको अध्यक्षता एवं अनेम संघका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अम्बिका खवास राजवंशीको प्रमुख आतिथ्य रहेको थियो ।नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथी राजवंशी सहित नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य सूूर्य उप्रेती, नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं.४ का इञ्चार्ज चन्द्रकुमार शेर्मा, अनेमसंघ झापाका अध्यक्ष पवित्रा पाठक, जिल्ला कमिटी सदस्य खेम मिश्र, कनकाई नगर कमिटी अध्यक्ष गोकर्ण ओझा लगायतले बधाई तथा शुुभकामना ब्यक्त गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खवासले अवको निर्वाचनमा महिलाहरुको संख्यात्मक र गुणात्मक दुुबै पक्षको सहभागिता बढाउनुुपर्नेमा जोड दिएकी छन् । प्रमुख अतिथी खबासले महिला अधिकार प्राप्तिकालागि महिलाहरुले गरेको आन्दोलन र प्राप्त गरेको उपलब्धिको रक्षाको खातिर सदैव चनाखो हुनुुपर्ने कुरामा जोड दिइन् ।

    कार्यक्रमकी अध्यक्ष मिरा भट्टराईले राजनैतिक, सांगठनिक साथै आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले जस्तोसुकै परिस्थितिमा विचलित नभई अघि बढिरहेको संगठन अनेमसंघको वि.सं.२००८ फागुन २५ गते कामक्षदेबी बस्नेतको अध्यक्षतामा औपचारिक स्थापना भएको बताईन् । उनले संघको दीगो सञ्चालनको लागि यस वर्षबाट अक्षयकोषको स्थापना गरेको र उक्त कोषमा १ लाख ३२ हजार रकम रहेको प्रतिवेदन मार्फत जानकारी गराईन् ।

    अनेम संघ कनकाई नगर कमिटीका उपाध्यक्ष अनिता राईले शाब्दिक स्वागत गरेको कार्यक्रमको संचालन संघको नगर कमिटी सचिव मञ्जु सापकोटाले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.