Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बालबालिकाको योजना तर्जुमाकालागि कनकाईमा बाल भेला
    कनकाई नगरपालिका

    बालबालिकाको योजना तर्जुमाकालागि कनकाईमा बाल भेला

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ ३२, शुक्रबार १३:२१ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा बालबालिकाको योजना तर्जुमा प्रक्रियाका लागि वडास्तरीय बाल भेला संचालन गरिएको छ ।

    आर्थिक बर्ष २०८१ \०८२ को योजना तर्जुमा प्रक्रियामा बालबालिकाहरुको अर्थपूर्ण सहभागीता गराउन र बालमैत्री स्थानीय शासन अभियानलाई कार्यान्वयन गर्न बाल भेला–२०८१ संचालन गरिएको हो । कनकाई नगरपालिकाको आयोजना तथा रुपान्तरण नेपालको प्राबिधिक सहयोग तथा समन्वयमा नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरुमा वडास्तरीय बाल भेला संचालन गरिएको हो । वडास्तरीय बाल भेला सम्पन्न भए लगत्तै नगर स्तरीय बाल भेला समेत संचालन गरिने कनकाई नगरपालिकाका बालकल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिए ।

    नगरपालिकाको आयोजना भएपनि बालबालिकाको कार्यक्रम भएकाले बालबालिकाकै अध्यक्षतामा र वडा अध्यक्ष ज्युको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भइरहेको बालकल्याण अधिकारी ढकालले बताए । कार्यक्रममा बालबालिकाले आफ्ना मनमा लागेका बिचार भावना र योजनाहरु प्रष्ट र सक्रियताका साथ उजागर गर्ने गरेको ढकाल बताउँछन् । कनकाईको वडा न.१ बाट औपचारिक रुपमा सुरु भएको बाल भेला क्रमैसँगले सम्पूर्ण वडामा संचालन भइरहेको बताइएको छ ।

    बालबालिकाको क्षेत्रमा सक्रिय र लामो अनुभव बिताइसकेका अभिषेक मिश्र र उनको समुह रुपान्तरण नेपालले प्राबिधिक सहयोग गरेको कार्यक्रममा विभिन्न समुह बनाएर बालबालिकाको मन भित्रका भावना र बिचारलाई उजागर गर्ने प्रयास गरिएको छ ।

    कार्यक्रममा बालबालिकाले परिकल्पना गरेको बालमैत्री समाज हुनकालागि स्थानीय तहबाट गरिनुपर्ने कार्यक्रम, नीति तथा योजनाकालागि विभिन्न क्रियाकलापहरु भएको बताइएको छ । बालबालिकाको मुख्य आवश्यकता पहिचान गर्नु र सोही अनुसारको योजना निर्माणमा बालबालिकालाई आवश्यक सहजीकरण गर्नु कार्यक्रमको मुख्य उद्येश्य रहेको बालकल्याण अधिकारी ढकालले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.