Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई माविको प्रअमा डाँगीको निरन्तरता
    कनकाई नगरपालिका

    कनकाई माविको प्रअमा डाँगीको निरन्तरता

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ जेष्ठ ३०, बुधबार १८:४२ गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाई–३ सुरुङ्गा स्थित कनकाई माध्यमिक विद्यालयमा कर्णबहादुर डाँगीले प्रधानाध्यापकका रुपमा पुनः निरन्तरता पाएका छन् ।

    यस अघि २०७६ जेठ २९ गते बुधबारदेखी पाँच वर्षकालागी पूर्णकालीन प्रधानाध्यापकका रुपमा पदभार ग्रहण गरेका डाँगीले पुनः पूर्णकालीन प्रअका रुपमा निरन्तरता पाएका हुन् । नमुना विद्यालय विकास एवं संचालन निर्देशिका २०७४ (संसोधित २०७५) को दफा ८.१ (ग) अनुसार विद्यालय व्यवस्थापन समितिको बैठकले अद्यावधिक प्रअलाई नै निरन्तरता दिने निर्णय भएअनुसार डाँगीले नै अवसर पाएका हुन् । प्रअका रुपमा रहेर विगत पाँच वर्षको अवधिमा भएको कार्य सम्पादन उत्कृष्ठ ठहर गर्दै विद्यालय व्यवस्थापन समितिको बैठकमा भएको व्यापक छलफलपछि अद्यावधिक प्रअ डाँगीको विषयमा सर्वसम्मत निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँले जानकारी दिए ।

    आगामी दिनमा विद्यालयको समग्र हित र हालको सम्वेदनशील समयलाई समेत मध्यनजर गर्दै बाँकी रहेका योजना र कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा सम्पन्न गरी विद्यालयको समग्र विकासमा अझै बढी भुमिका खेल्न निर्देशन सहित डाँगीलाई नै प्रअकालागी निरन्तरता दिने निर्णय भएको बताइएको छ ।

    नमुना विद्यालयको रुपमा प्रस्तावित भएपछि प्रारम्भिक चरणमा योजना स्वीकृत र विद्यालयको विनियमावली निर्माणपछि प्रतिष्पर्धाका आधारमा प्रअ नियुक्ति गर्नुपर्ने प्रावधान अनुरुप पाँच वर्ष अघि प्रतिष्पर्धाबाट डाँगी प्रअमा नियुक्त भएका थिए । यहि जेठ २८ गते सोमबारदेखी पाँच वर्ष अवधि पूरा हुनु अघि नै विद्यालयको प्रअकालागी लाइनमा रहेका तीनजना सहायक प्रअ सहित अन्य केही शिक्षकहरु विचमा चहलपहल सुरु भएको थियो ।
    प्रअको आकांक्षीका रुपमा रहेका अन्य शिक्षकहरुले भने विद्यालय व्यवस्थापन समितिप्रति असन्तुष्टी व्यक्त गर्दै आएका छन् । योग्यता, क्षमता, दक्षता साथै सबै प्रक्रिया पूरा भएकै कारण प्रअको तीब्र आकांक्षीका रुपमा रहेका शिक्षकहरुको भावना बुझ्ने प्रयास नै नगरेको भन्दै विद्यालय व्यवस्थापन समितिप्रति असन्तुष्टी जनाएको बताइएको छ ।

    यस विषयमा विद्यालय व्यवस्थापन समितिले प्रअकालागी प्रक्रिया पुगेका आकांक्षी शिक्षकहरु सहित शिक्षक अभिभावक संघ र सल्लाहकार समितिको बैठक राखेर सुझाव संकलन गरेको जनाएको छ । विद्यालयको सल्लाहकार समितिसँग विभिन्न चरणमा छुट्टै भएको छलफलबाट अद्यावधिक प्रअलाई नै निरन्तरता दिने निस्कर्षमा पुगेपछि व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको विद्यालयका अध्यक्ष प्रसाईँले बताए ।
    पिता स्व. विष्णुलाल डाँगी र माता नारायणीदेवी डाँगीका कान्छा सुपूत्रका रुपमा २०२५ साल बैशाख २२ गते ते¥हथुम ह्वाकु आठराईमा जन्मेका डाँगीले मोरङको तत्कालीन सुनवर्सी निमावि गोविन्दपुर र सरस्वती मावि इटहराबाट कक्षा ८ सम्मको अध्ययन पुरा गरी २०४२ सालमा कनकाई माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी गरेका थिए ।

    आई.एसी. पुरा गरेपछि २०४५ देखि २०४८ सम्म कनकाई माविमा निजी दरबन्दीमा रही कार्य गरेका डाँगीले त्रिभुवन विश्वविद्यालयबाट बी.एसी. र शैक्षिक योजना तथा व्यवस्थापन (इपीएम) मा प्रथम श्रेणीमा एम.एड. उत्तीर्ण गरेका छन् । २०५२ सालदेखि जनता मावि शरणामतीमा सरकारी दरबन्दीमा अस्थायी शिक्षक बनेका डाँगी कनकाई माविमा २०५८ सालमा सरुवा भएका थिए ।

    २०६१ सालमा शिक्षक सेवा आयोगबाट स्थायी भएका डाँगी २०७१ सालमा मावि द्वितीय श्रेणीमा बढुवा भएका थिए । उनी २०७३ सालबाट सहायक प्रअ भई आर्थिक समिति संयोजक तथा शिक्षा विभाग प्रमुखको रुपमा कार्यरत थिए । उनी २०७५ देखि उच्च मावि तह बिहानी सत्रको संयोजकको भूमिका पनि पुरा गर्दै आएका थिए । हाल उनी आगामी कार्यकालकालागी पुनःकरार प्रअको रुपमा नियुक्त भएका हुन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.