Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा बिषादीमुक्त अभियानमा लागेका ८ जना कृषकलाई सम्मान
    कनकाई नगरपालिका

    कनकाईमा बिषादीमुक्त अभियानमा लागेका ८ जना कृषकलाई सम्मान

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ जेष्ठ ३०, बुधबार १५:५९ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा बिषादीमुक्त अभियानमा लागेका ८ जना कृषकलाई सम्मान गरिएको छ ।

    कारितास नेपालको आयोजना एवं कनकाई नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्रमा संचालन गरिएको बिषादी मुक्त सप्ताह समापनका अवसरमा कृषकहरुलाई सम्मान गरिएको हो । नगर क्षेत्रमा रासायनिक मल र विषादी न्युनीकरणमा अग्रणी भुमिका निर्वाह गरेको भन्दै अभियानमा क्रियाशिल कृषकहरु सम्मानित भएका हुन् ।

    यसरी सम्मानित हुनेहरुमा हेमकुमारी शिवाकोटी(कनकाई४),दुर्गादेवी पाठक(कनकाई ५), शान्तीराम गौतम(कनकाई ५), खेममाया भण्डारी(कनकाई ७), लिला बुढाथोकी(कनकाई ८), कल्पना शिवाकोटी(कनकाई ७),गंगादेवी थापा(कनकाई ५)र बिमला थापा(कनकाई १) रहेका छन् । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल साथै कारितास नेपालका प्रादेशिक प्रबन्धक देवेन्द्र पोखरेलले सम्मान पत्र प्रदान गरे ।

    सुरुङ्गा जेसीजको सभाहलमा सम्पन्न एक विशेष कार्यक्रमका बिच सप्ताह कार्यक्रमको समापनसँगै विषादीमुक्त अभियानलाई कनकाईमा निरन्तरता दिँदै अघि बढ्ने उद्घोष गरिएको छ । कनकाई नगरपालिकाको आर्थिक सहयोगमा कारितास नेपालले नगरका सबै वडामा समूह निर्माण गरी जैविक तथा आइ.पि.एम. खेती प्रवद्र्धन कार्यक्रम संचालन गर्दै आएको छ ।

    “आइ.पि.एम. प्रविधि अपनाऔं, दिगो कृषिमा टेवा पुर्याऔं” भन्ने मूल नाराका साथ कारितास नेपालले संचालन गरेको अभियानमा जैविक तथा आइ.पि.एम. खेती प्रवद्र्धन कार्यक्रमलाई प्राथमिक्ताका साथ अघि बढाइएको हो । सप्ताह समापनका अवसरमा नगर क्षेत्रका विभिन्न १३ वटा विद्यालयबाट सहभागी विद्यार्थीहरुले “वातावरणमा रासायनिक बिषादी न्यूनीकरणमा विद्यार्थीको भुमिका” विषयक सचेतनामुलक वक्तृत्वकला प्रस्तुत गरेका थिए ।

    सहभागी विद्यार्थीहरु मध्ये पशुपति अंग्रेजी माविबाट प्राप्ती गौतम प्रथम, देवकोटा एजुकेशन फाउण्डेशनकी अनुस्का गुरागाईँ दोस्रो साथै मेरीगोल्ड अंग्रेजी माविकी अंकिता खनाल तेस्रो भएका थिए । वक्तृत्वकला मार्फत विद्यार्थीहरुले भावी पुस्ताको भविष्य सुनिश्चित गर्नकालागी रासायनिक होइन अब जैविक विषादी खेतबारीमा प्रयोग गर्नु पर्ने तर्फ सुझाव दिए ।

    कार्यक्रममा नगरका विभिन्न कृषक समूहबाट तयार पारिएको प्रतियोगितात्मक ‘सत्रु कीरा र मित्रु कीरा’ सचेतनामुलक चित्रकला प्रदर्शनी गरिएको थियो । प्रतियोगितामा कनकाई— २ को जानकी घर बगैंचा कृषक समूह पहिलो, कनकाई —५ स्थित जैविक आइपिएम आप्रबासी कृषक समूह दोस्रो र कनकाई—५ कै कनकाई आप्राबासी कृषक समूह तेस्रो भएको कारितास नेपाल कनकाईका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिए ।

    दुवै प्रतियोगिताको निर्णायक मण्डलीमा कारितास नेपालका परियोजना अधिकृत बिपिन घिमिरे, कनकाई नगरपालिकाकी कृषि शाखा अधिकृत प्रियंका गौतम र कारितास नेपालका जुनियर अफिसर सोम मगर रहेका थिए । प्रतियोगी एवं सहभागी सबैलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल साथै कारिता नेपालका प्रादेशिक प्रबन्धक देवेन्द्र पोखरेलले पुरस्कार सहित प्रमाण पत्र प्रदान गरे । कार्यक्रममा अग्र्यानिक खेती गर्न र सोही अनुरुपको सागसब्जी प्रयोग गर्न समूहगत रुपमा वडा नं.६ को समाबेशी आइपिएम कृषक समूह र वडा नं.९स्थित सयपत्री आइपिएम कृषक समूहबाट चेतनामूलक देउसीभैलो प्रस्तुत गरिएको थियो ।

    कारितास नेपालका प्रादेशिक प्रबन्धक पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कारितास नेपालसँगको सहकार्यमा भएको कार्यक्रमले कनकाई नगर क्षेत्रलाई विषादीमुक्त नगर बनाउँन थप सहयोग पुगेको बताए ।

    जनप्रतिनिधिका रुपमा स्थानीय तहको नेतृत्व सम्हाले यता कनकाईलाई विषादी मुक्त नगर बनाउँन विभिन्न कार्यक्रम संचालन गरिसकेको भएपनि पछिल्लो समय कारितास नेपालसँगको सहकार्यमा अभियानले तिव्रता पाएको नगर प्रमुख पोखरेलले जानकारी दिए । विषादीका कारण क्यान्सर लगायत विभिन्न रोगबाट ग्रसीत बनेका नगरबासीको दयनीय अवस्थालाई मध्यनजर गर्दै कनकाई नगर क्षेत्रमा कृषि बालीलाई बिषादी मुक्त बनाउन केही वर्ष अघिदेखि नै कारितास नेपालसँगको सहकार्यमा नगरका विभिन्न वडामा सामुहिक अग्र्यानिक खेती संचालन गर्दै आएको नगर प्रमुख पोखरेलले प्रष्ट पारे ।

    कनकाई नगरपालिका कृषि शाखा अधिकृत प्रियङ्का गौतमले स्वागत मन्तव्य राख्दै कनकाईमा सुरक्षित तरकारी उत्पादन भइरहेको बताएकी छन् । कृषि शाखा अधिकृत गौतमले कनकाई नगरमा विभिन्न समूहबाट उत्पादन भएको सुरक्षित तरकारीको ल्याब रिपोर्ट नगरको कृषि शाखामा सुरक्षित रहेको जानकारी दिएकी छन् । रोटरी क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष शिवकुमार कडेलले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन कारितास नेपालका कृषि प्राविधिक टंक कट्टेल र कनकाईका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.