Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पुनः खनाल
    कनकाई नगरपालिका

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पुनः खनाल

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ जेष्ठ २३, बुधबार ०६:४० गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई–२,जामुनबारीस्थित सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुनः ताराप्रसाद खनाल सर्वसम्मत रुपमा चयन भएका छन् ।

    विद्यालय व्यवस्थापन समितिमा स्थानीय शिक्षाप्रेमी बुद्धिजीवीबाट मनोनीत भएका खनाल अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । लामो समयसम्म कनकाई मावि सुरुङ्गामा शिक्षण पेशामा आवद्ध खनाल अवकास प्राप्त शिक्षक हुन् । यस अघि पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रहेर विद्यालयको भौतिक विकास साथै गुणस्तरीय शिक्षाकालागी महत्वपूर्ण योगदान दिएका खनालले आफ्नो अवकास प्राप्त जीवन शिक्षाको माध्यमबाट समाज रुपान्तरणमा लगाउँदै आएका छन् ।

    दोस्रो कार्यकालकालागी समेत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत भएका खनालको नेतृत्वमा विद्यालयले थप सफलता प्राप्त गर्ने विश्वास गरिएको छ । अतिरिक्त क्रियाकलापका विभिन्न गतिविधिहरु सहित प्रविधिमैत्री वातारणमा शिक्षण सिकाई क्रियाकलाप संचालन गर्दै आएको सरस्वती मावि यस क्षेत्रको नमुना विद्यालयका रुपमा समेत अघि बढ्दै आएको विद्यालयका सहायक प्रधानाध्यापक निर्मल खनाल बताउँछन् ।

    विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत भएका खनालसँगै स्थानीय वडाका जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको पदेन सदस्यका रुपमा रहने व्यवस्था भएअनुसार वडा नं.–२ का वडाअध्यक्ष बलराम राई समेत समितिको सदस्यमा सर्वसम्मत रुपमा चयन भएका छन् । अन्य सदस्यहरुमा क्रमशः विष्णु दाहाल, टीकाप्रसाद आचार्य, गोमा ढकाल, खुमा सिग्देल र गोमा ओली चयन भएका छन् । शिक्षक प्रतिनिधिका रुपमा सुवास शिवाकोटी साथै सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नारायण अधिकारी रहने गरी नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रुपमा चयन भएको जनाइएको छ ।

    त्यसैगरी शिक्षक अभिभावक संघको संयोजकमा पशुपति आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् । अन्य सदस्यहरुमा क्रमशः नारायणी देवी सुवेदी, रमिला मगर, रेविका बिक, सीता पराजुली, विष्णुमाया अधिकारी, दुर्गाप्रसाद घिमिरे, रेश्मा दर्जी, फुलमाया राई, लक्ष्मी गहतराज चयन भएको विद्यालयका प्रधानाध्यापक नारायण अधिकारीले जानकारी दिए ।

    स्थानीय शिक्षासेवी देवीप्रसाद खनालको संयोजकत्वमा एक सल्लाहकार समिति समेत सर्वसम्मत रुपमा चयन भएको जनाइएको छ । समितिको सदस्यहरुमा क्रमशः तेजप्रसाद बराल, बुद्धिमान बोहरा, दलबहादुर बिक र ऋषिकेश खतिवडा चयन भएका छन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.