Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले कनकाईको नयाँ नेतृत्वबाट पदभार ग्रहण
    कनकाई नगरपालिका

    एमाले कनकाईको नयाँ नेतृत्वबाट पदभार ग्रहण

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ जेष्ठ २१, सोमबार १३:२३ गते3 Mins Read

    कनकाई खबर \ नेकपा एमाले कनकाई नगर कमिटीको नयाँ नेतृत्वले पद भार ग्रहण गरेको छ ।

    दोस्रो नगर सभाबाट अध्यक्षमा निर्वाचित गोकर्ण ओझासहित पदाधिकारी साथै यस अघि नै सर्वसम्मत भएका ५६ जना कार्यसमिति सदस्य सहित ६१ सदस्यीय नगर कमिटीले पदभार ग्रहण गरेको हो । यसै अवसरमा केन्द्रबाटै आएको सर्कुलर अनुसार सर्वसम्मत भएको नगरस्तरीय लेखा समितिले समेत पदभार ग्रहण गरेको छ । यसरी पदभार ग्रहण गर्ने निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष गोकर्ण ओझा, उपाध्यक्ष घनश्याम पौडेल, सचिव प्रकाश शिवाकोटी, उपसचिव ख्यामप्रसाद ओली र राधिका कडरीया सहित अन्य ५६ सदस्यीय कार्यसमिति सदस्य रहेका छन् । त्यस्तै धर्मेन्द्र सुवेदीको अध्यक्षतामा सर्वसम्मत चयन भएको ५ सदस्यीय लेखा समितिले समेत पदभार ग्रहण गरेको छ । लेखा समितिको उपाध्यक्षमा नवलकिशोर दत्त, सचिव बलराम राई र सदस्यद्वय कृष्णमाया भुजेल र निर्मला खड्का रहेका छन् ।

    नगर सभाको अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेका एमाले केन्द्रिय सदस्य रविन कोइरालाको अध्यक्षतामा सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता कोइरालाले देशमा भएको दलाल चरित्रको पुँजीवादले गर्दा मुलुकमा आर्थिक संकट बढेको बताएका छन् ।

    झापाको कनकाईमा एमालेको दोस्रो नगर सभा सम्पन्नपछि भएको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले दलाल चरित्रको पुँजीवादलाई हटाउँन देशमा आर्थिक, सामाजिक एवं साँस्कृतिक परिवर्तन जरुरी रहेको बताए । राजनीतिक दलप्रति जनताको विश्वास टुट्दै गएको वर्तमान अवस्थामा यसको जिम्मेवार पक्षको पहिचान जनताले नै गर्नु पर्ने भन्दै नेता कोइरालाले गुटको राजनीतिले पाटी आँफै सकिने प्रष्ट पारे ।

    नेकपा एमालेको स्थानीय स्तरदेखी जिल्ला, प्रदेश साथै केन्द्र सम्मका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा निर्देशनात्मक मन्तव्य राख्दै नेता कोइरालाले अनावश्यक गुटबन्दी गरेर पार्टीलाई कमजोर बनाउँन कुनै पनि नेता तथा कार्यकर्तालाई छुट नभएको बताए । नीति निर्माण गर्ने समयमा व्यस्त भएर बैठकमै आउँन नसक्ने तर पार्टीमा जिम्मेवारी चैं नभइनहुने व्यक्ति कुनै पनि पार्टीको नेता हुनै नसक्ने भन्दै कोइरालाले एमालेको मिसन ग्रास रुटले सुद्धिकरण र सुदृढिकरण तर्फ अघि बढ्न सन्देश दिएको बताए ।

    एमाले कनकाईको दोस्रो नगर सभामा अध्यक्ष मण्डलका अध्यक्ष रहेका कोइरालाले शाान्तीपूर्ण रुपमा सहज ढङ्गले निर्वाचन सम्पन्न गराउँन भूमिका खेल्ने निर्वाचन समितिप्रति आभार प्रकट गरे ।अध्यक्ष मण्डलका सदस्यहरुमा क्रमशः खेमनाथ मिश्र, रविन्द्र लम्साल, सुनिता खरेल सिग्देल र विनोद रानामगर रहेको बताइएको छ ।

    नवनिर्वाचित पदाधिकारी सहित सदस्यहरुलाई निर्वाचन आयुक्त तारादेवी बाराकोटीले पद तथा गोपनियताको सपथ गराएकी थिइन् । त्यस्तै निर्वाचित पदाधिकारी साथै सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष एमाले नेता कोइराला, प्रदेश कमिटी सदस्य एवं झापा क्षेत्र नं.४ का ईञ्चार्ज चन्द्रकुमार शेर्मा, कोशी प्रदेशका पुर्व मन्त्री एवं एमाले नेता हीराकुमार थापा, जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल लगायतले प्रमाण पत्र वितरण गरे ।

    कार्यक्रममा निवर्तमान सचिव देवीप्रसाद उप्रेतीले नवनिर्वाचित अध्यक्ष गोकर्ण ओझा सहित सचिव प्रकाश शिवाकोटीलाई माइन्युट हस्तान्तरण गरे । निर्वाचन समितिका सदस्य रोशन सुवेदीको स्वागत तथा सदस्य दिपक चापागार्इँले संचालन गरेको कार्यक्रममा निर्वाचन आयुक्त बाराकोटी, प्रदेश कमिटीका पुर्व सल्लाहकार समेत रहेका कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, एमाले झापा उपाध्यक्ष शिवकुमार ढुङ्गेल, निर्वाचनमा अध्यक्षका प्रत्यासी बनेका तुलाराम बस्नेत लगायतले एमाले नगर कमिटीको नयाँ नेतृत्वले इतिहास रच्न सफल बनोस् भन्दै कार्यकाल पूर्ण सफलताको कामना गरे ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.