Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले कनकाईले पुर्व जनप्रतिनिधि समेत रहेका सेल्टरदातालाई गर्यो सम्मान
    कनकाई नगरपालिका

    एमाले कनकाईले पुर्व जनप्रतिनिधि समेत रहेका सेल्टरदातालाई गर्यो सम्मान

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ जेष्ठ २०, आईतवार २१:५६ गते3 Mins Read

    कनकाई खबर \ नेकपा एमाले कनकाई नगर कमिटीले दोस्रो नगर अधिवेशनको अवसर पारेर पुर्वजनप्रतिनिधि समेत रहेका ९ जना सेल्टरदातालाई सम्मान गरेको छ ।

    तत्कालिन पार्टीको भुमिगतकालमा अनेकौं चुनौतीको सामना गर्दै सेल्टरदाताका रुपमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको संरक्षण एवं अभिभावकत्व प्रदान गरेका अग्रज कम्युनिष्ट योद्धाहरुलाई सम्मान गरेको हो । राजनैतिक व्यवस्था साथै जनताको अवस्था परिवर्तनकालागी आफ्नो ज्यानको समेत वास्ता नगरी अघि बढेका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई संरक्षण गर्दै सेल्टर दाताका रुपमा रहेर जनताको सेवामा सक्रिय रहेकै कारण पंचायतीकालमा समेत जनपंक्षीय उम्मेद्वारका रुपमा निर्वाचित भएका जनप्रतिनधिहरु सम्मानित भएका हुन् । जनताको सेवासँगै पार्टीको राजनैतिक, सामाजिक, साँस्कृतिक एवं सांगठानिक कार्यक्रम संचालनमा पुर्याएको योगदानलाई उच्च मुल्याङ्कन गर्दै एमाले कनकाईनगर कमिटीले इतिहासलाई स्मरण गर्न खोजेको आयोजक समितिका संयोजक गोकर्ण ओझा बताउँछन् ।

    सम्मानित हुनेहरु सबै २०४३ को आमनिर्वाचनबाट अत्यधिक मतका साथ निर्वाचित भएका जनप्रतिनिधहरु रहेको जनाइएको छ । यसरी सम्मानित व्यक्तिहरुमा क्रमशःसाविक सुरुङ्गा वडा नं.८ का वडा सदस्य लक्ष्मीकुमार राई, साविक सुरुङ्गा वडा नं.४ का वडासदस्य नरेन्द्रप्रसाद मैनाली, साविक घैलाडुवा वडा नं.९ का वडाअध्यक्ष केदार चुडाल(मरणोपरान्त), साविक घैलाडुवा वडा नं. ३ का वडासदस्य कपिलमुनी ओली(मरणोपरान्त), साविक अर्जुनधारा वडा नं.५ का वडासदस्य गोविन्द पौडेल, साविक सुरुङ्गा वडा नं.६ का वडासदस्य प्रेमप्रसाद पाठक, साविक सुरुङ्गा वडा नं.४ का वडासदस्य विष्णुप्रसाद ढकाल, साविक सुरुङ्गा वडा नं.४ का वडासदस्य लक्ष्मीप्रसाद पाठक र साविक सुरुङ्गा वडा नं.४ का वडासदस्य डाकमान ठटाल(मरणोपरान्त) रहेको एमाले कनकाई नगर कमिटीले जनाएको छ ।

    सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य रविन कोइराला, केन्द्रिय सल्लाहकार परिषद सदस्य सुर्य उप्रेती,एमाले झापा अध्यक्ष प्रेम गिरी, क्षेत्र नं.४ का ईञ्चार्ज चन्द्रकुमार शेर्मा, जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल लगायतले दोसल्लाओढाएर सम्मानपत्र सहित सम्मान गरेका हुन्।

    आयोजक समितिका संयोजक गोकर्ण ओझाको अध्यक्षता एवं एमाले केन्द्रिय सदस्य कोइरालाको प्रमुख आतिथ्यमा नगरको दोश्रो अधिवेशन उद्घाटन विशेष समारोह सम्पन्नभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कोइरालाले भर्खरै सम्पन्न एमालेको मिसन ग्रास रुटले पार्टी अब सुद्धिकरण र सुदृढीकरण तर्फ लाग्ने सन्देश दिएको बताए ।

    सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कोइरालाले पार्टीका नेतादेखी जिम्मेवार कार्यकर्ताहरुले समेत सुद्धिकरण र सुदृढीकरणको विषयमागम्भिर बन्न सकेमामिसन ८४ माएमालेलाई कसैको पनि बैशाखीआवश्यकनहुने ठोकुवा गरे । एमाले क्षेत्रीय ईञ्चार्ज चन्द्रकुमार शेर्मा, जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी सहितका नेताहरुले निर्देशनात्मक मन्तव्य राखेको कार्यक्रममा संयोजक ओझाले राजनीतिक एवं सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिएभने सचिवालय सदस्य देवीप्रसाद उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।अधिवेशनको बन्द सत्रले आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल गरी आवश्यक सुझावसहित पारित गरेको जनाइएको छ ।

    नगर अधिवेशनलाई सहज बनाउँन एमाले केन्द्रिय सदस्य रविन कोइरालाको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलले भुमिका खेलेको जनाइएको छ ।जसको सदस्यमा जिल्ला सदस्यहरु क्रमशः खेमनाथ मिश्र, रविन्द्र लम्साल, सुनिता खरेल सिग्देल र विनोद रानामगर रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.