Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई ६ का वडाअध्यक्ष दीर्घवहादुर थापा अस्वस्थ
    कनकाई नगरपालिका

    कनकाई ६ का वडाअध्यक्ष दीर्घवहादुर थापा अस्वस्थ

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ १९, शनिबार २०:०५ गते2 Mins Read

    आफ्नो स्वास्थ्य भन्दा पनि वडाको विकासमा धेरै चिन्ता छः वडाअध्यक्ष थापा
    कनकाई खबर \ आफ्नो स्वास्थ्य भन्दा पनि वडाको विकासमा धेरै चिन्ता भएको बताउँने कनकाई– ६ का वडाअध्यक्ष दीर्घवहादुर थापा अस्वस्थ भएका छन् । गएको स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिका रुपमा निर्वाचित वडाअध्यक्ष थापा शारिरीक रुपमा अस्वस्थ भइ हाल परिवारको रेखदेखमा छन् ।

    विगत ७ महिनादेखी शारिरीक रुपमा अस्वस्थ भई विभिन्न अस्पतालमा भएको उपचारपछि हाल सुरुङ्गास्थित जेठा छोरा रुद्रवहादुर थापा र बुहारी सहित श्रीमतिको रेखदेखमा रहेका वडाअध्यक्ष थापालाई यतिबेला आफ्नो स्वास्थ्य भन्दा पनि वडाको विकास गतिविधिको चिन्ता छ ।

    दिनप्रतिदिन कमजोर बन्दै गएको शरिर आफैंले थाम्न नसक्ने अवस्थामा पुगेको भएपनि आफ्नो वडा कार्यालय अनि वडामा रहेका सबै टोलमा हरेक दिन पुग्न पाए हुन्थ्यो भन्ने ईच्छा व्यक्त गर्छन–वडाअध्यक्ष थापा । जीवनको लामो समय शिक्षा क्षेत्रमा बिदाएका थापा जनप्रतिनिधि हुनु अघिदेखी नै आफ्नो वडामा एक सफल न्यायधिस जस्तै भूमिकामा रहेर वडाबासीलाई सहयोग अनि सेवा प्रदान गर्दै आएका थिए ।

    जनताको माग अनि आँफू आवद्ध पार्टी नेकपा एमालेबाट समेत वडाअध्यक्षको जिम्मेवारी सम्हाल्न निर्देशन आएपछि दुई वर्ष अघि भएको स्थानीय तह निर्वाचनमा कनकाईको वडा नं.६ बाट वडाअध्यक्षका रुपमा निर्वाचित भएका थापाले शिक्षक पेशाबाट अवकास प्राप्त बाँकी जीवन जनताको सेवामा बिताउँने अठोट गरेका हुन् । सोही क्रममा वडाअध्यक्षका रुपमा रहेर पहिलो आर्थिक वर्षको सफल नेतृत्व प्रदान गरेका थापाले अहिले दोस्रो आर्थिक वर्ष समापनको घडीमा अस्वस्थ रहेपनि वडाको विकासमा अत्यन्तै चिन्ता व्यक्त गरिरहेको बताइएको छ ।

    वडाभित्रै भएको स्रोत साधनको परिचालन गर्ने परिकल्पनाका साथ दिगो आर्थिक व्यवस्थापनमा जुटेको वडाअध्यक्ष थापाको नेतृत्व स्रोत व्यवस्थापनको खोजीमा क्रियाशिल रहेको स्थानीयबासी बताउँछन् । आँफू स्वस्थ भएर फेरी पनि जनताको सेवामा आउँन सकेमा वडाभित्रको गौरवको योजना सहित अन्य केही महत्वपूर्ण कामलाई पूर्णता दिने वडाअध्यक्ष थापाले कनकाई खबरसँगको कुराकानीमा बताए ।

    वडाअध्यक्ष थापाको सपना साकार बनोस् भन्दै कनकाई खबर डटकम सहित कनकाई खबर साप्ताहिक परिवार उहाँको शिघ्र अनि पूर्ण स्वास्थ्य लाभको कामना गर्दछ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.