Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भगवती आधारभुत विद्यालयको वार्षिकोत्सव सम्पन्न
    कनकाई नगरपालिका

    भगवती आधारभुत विद्यालयको वार्षिकोत्सव सम्पन्न

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ जेष्ठ १८, शुक्रबार २३:४५ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई —५ स्थित भगवती आधारभुत विद्यालयको २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम पाठकको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य साथै उपप्रमुख आशा शिवाकोटीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा विद्यालयमा स्थापना गरिएको विभिन्न अक्षयकोषका दाताहरुलाई सम्मान गर्दै विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ।

    सम्मानित हुनेहरुमा अक्षयकोषदाता वुद्धिप्रसाद पराजुली, वर्ष उत्कृष्ट शिक्षक नरेन्द्र श्रेष्ठ, विद्यालयका ज्येष्ठ अभिभावक रैसुदिन मिया र मरणोप्रान्त शिक्षासेवी डिल्लीराम चिमरीया सम्मानित भएका हुन् ।सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख पोखरेल र उपप्रमुख शिवाकोटी साथै कनकाई नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. —५ का वडाअध्यक्ष कृष्णवहादुर राईले दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गरेका हुन् ।अक्षयकोष स्थापना लगायत अन्य विभिन्न माध्यमबाट विद्यालयको शैक्षिक साथै भौतिक पुर्वाधार विकासमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद बिमलीले जानकारी दिए ।

    विभिन्न दाताहरुबाट यस अघि नै विद्यालयमा १६ वटा अक्षयकोष स्थापना भएका छन् भने यसपटक अन्य दुईवटा अक्षयकोष थप भएपछि अब विद्यालयमा १८ वटा अक्षयकोष स्थापना भएको जनाइएको छ । थप भएका अक्षयकोषमा स्थानीय दाता वुद्धिप्रसाद पराजुली र श्रीमति सरस्वता पराजुली सहित छोरी रेजिना र छोरा रोशन सहितको परिवारले आफ्ना अभिभावक (बुबा) स्व.गंगाप्रसाद पराजुलीको स्मृत्तिमा रु.५१ हजार १५१ बराबरको अक्षयकोष स्थापना गरोका छन् । त्यस्तै संगीता सेलवालले विश्वनाथ र मायादेवीको सम्झनामा रु.१ लाख७० हजार बराबरको अक्षयकोष स्थापना गरेको बताइएको छ ।

    विद्यालयमा यस अघि नै स्थापना भएका अक्षयकोषहरुमा कृष्णलाल संग्रौला स्मृत्ति अक्षयकोष, डमरबहादुर राई स्मृत्ति अक्षयकोष, दिव्यश्वरा पाठक स्मृत्ति अक्षय कोष, मन्दिरादेवी भेटुवाल स्मृति अक्षयकोष, धनमाया पाठक स्मृत्ति अक्षयकोष, चनमाया उमादेवी स्मृत्ति अक्षयकोष, विष्णुप्रसाद ओली स्मृत्ति अक्षयकोष, महेश्वरा÷चन्द्रमाया पोखरेल स्मृत्ति अक्षयकोष, भगिरथा पौडेल स्मृत्ति अक्षयकोष, पर्शुराम ÷पवित्रा शिवाकोटी अक्षयकोष, देवीप्रसाद पाठक स्मृत्ति अक्षयकोष, बिमली बन्धु समाज, लक्ष्मीप्रसाद बिमली स्मृत्ति अक्षयकोष, गोपला प्रसाई स्मृति अक्षयकोष, भगवती आधारभूत विद्यालयका शिक्षक परिवार, शसिधर स्मृति अक्षयकोष रहेका छन् ।

    कार्यक्रममा भागीरथा पौडेल स्मृति अक्षयकोष, महेश्वरा–चन्द्रमाया पोखरेल लक्ष्मीप्रसाद स्मृति अक्षयकोष, पर्शुराम–पवित्रा स्मृति अक्षयकोष, कृष्णलाल संग्रौला स्मृति अक्षयकोष, दिव्यसरा पाठक स्मृति अक्षयकोष, विष्णुप्रसाद ओली स्मृति अक्षयकोष, डम्बर राई स्मृति अक्षयकोषबाट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद बिमलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा शिक्षक दरबन्दीको अभाव साथै भौतिक पुर्वाधार तर्फ समस्या रहेको बताए । विद्यालयका विद्यार्थीहरुबाट विभिन्न साँस्कृतिक प्रस्तुती समेत रहेको कार्यक्रममा सहभागीहरुलाई विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी प्रिया भुजेलले स्वागत गरेकी थिइन् । विद्यालयका शिक्षक रामकुमार पाठकले कार्यक्रम संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.