Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित
    कनकाई नगरपालिका

    एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ जेष्ठ १७, बिहीबार ०५:५१ गते3 Mins Read

    कनकाई खबर \ नेकपा एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् ।

    हिजो बुधबार भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । स्थानीय स्तरमा विभिन्न संघसंस्थाको नेतृत्व तहमा रहेर अभिभावकत्व निर्वाह गर्दै आएका यस क्षेत्रका पुराना बामपन्थी नेता मध्येका एक मानिने ओझा आयोजक समितिका संयोजक समेत हुन् । ओझाको नेतृत्वमा आएको एमाले कनकाई नगर कमिटीले पाटी सुदृढीकरण साथै संगठन विस्तारमा थप भुमिका खेल्ने विश्वास गरिएको छ ।
    ओझाको प्रतिस्पर्धीका रुपमा रहेका छवीलाल थपलियाले २०४ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी तुलाराम बस्नेतले १४८ मत प्राप्त गर्न सफल भएको निर्वाचन समितिले जनाएको छ ।

    त्यस्तै उपाध्यक्षमा घनश्याम पौडेलले १८१ मत प्राप्त गर्दै विजयी बनेका छन् । एमाले वडाकमिटी कनकाई वडा नं.४ को सफल नेतृत्व प्रदान गर्दै आएका पौडेल स्थानीय स्तरमा क्रियाशिल एक सामाजिक कार्यकर्ताका रुपमा समेत स्थापित व्यक्तित्व हुन् । उपाध्यक्षका अन्य प्रत्यासीहरु क्रमशः इन्द्र पुलामी मगरले ८४ मत, ऋषिकेश खतिवडाले १२४ मत, देवीप्रसाद उप्रेतीले १४१ मत र प्रेमबहादुर कटुवालले १५० मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।

    त्यस्तै सचिव पदकालागी एमालेका युवा नेताका रुपमा परिचित प्रकाश शिवाकोटीले २९५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । कनकाईको वडा नं.७ का पुर्व जनप्रतिनिधिका रुपमा रहेर वडामा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका शिवाकोटी गएको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाअध्यक्षका प्रत्यासी बनेका थिए । हाल एमाले वडाकमिटीको इञ्चार्जको भूमिकामा रहेर जिम्मेवारी प्रदान गर्दै आएका युवा नेता शिवाकोटी सबै तहका नेता तथा कार्यकर्तासँग समन्वय गर्न सक्ने प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । उनका प्रतिस्पर्धीहरु क्रमशः विश्वविजय खरेलले १५९मत, मिनाल तिम्सिनाले १०२ मत र खिनमाया आचार्य खतिवडाले ९७ मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।

    त्यस्तै उपसचिवमा पुरुष तर्फ ख्यामप्रसाद ओलीले ३९१ मत प्राप्त गर्दै विजयी बनेका छन् । कनकाई सामुदायिक वनको अध्यक्ष समेत रहेका ओली होटल व्यवसायिक संघ लगायत अन्य विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तहमा रहेर सफल कार्य सम्पादन गर्दै आएका सामाजिक अभियन्ता हुन् । उनका प्रतिस्पर्धी शुक्रराज भण्डारीले १८५ मत र नविनकुमार राइैले ६६ मत प्राप्त गर्न सफल भएको बताइएको छ । महिला उपसचिवमा राधिका ओली कडरियाले सर्वाधिक मत ४७९ ल्याएर विजेता बनेकी छन् ।लामो समयदेखी शिक्षा क्षेत्रमा रहेर पनि पार्टी राजनीतिमा सक्रिय कडरिया यस क्षेत्रमा सम्भावना बोकेकी एक सफल महिला नेतृका रुपमा परिचित हुँदै आएकी छन् । उनका प्रतिस्पर्धीका रुपमा रहेकी विन्दा थापाले १६४ मत प्राप्त गर्न सफल भएको निर्वाचन समिति संयोजक तारादेवी बाराकोटीले जानकारी दिएकी छन् । निर्वाचनमा जम्मा ६८१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

    बुधबार दिउँसो २ बजेदेखी साँझ ६ बजे सम्म भएको निर्वाचनमा प्रतिनिधिका रुपमा कुल ७९२ मतदाता रहेका थिए । मतदान स्थल कनकाई उद्योग वाणिज्य संघको सभा हलमा नै आवश्यक प्रक्रिया पूरा गरी साँझ ८ः३० बजेदेखी मतगणना सुरु भएको जनाइएको छ । निर्वाचनकालागी सहजीकरण गर्न अधिवक्ता तारादेवी बाराकोटी संयोजक, जिल्ला कमिटी सदस्यहरू रोशन सुवेदी र दीपक चापागाईं सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले अन्य केही सहयोगी सदस्य साथमा लिएर मतगणना सहितको निर्वाचनको काम शान्तीपूर्ण रुपमा सम्पन्न गरेको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.