Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लवको समन्वयमा झापाली समाज अमेरीकाले कनकाईलाई दियो शव वाहन
    कनकाई नगरपालिका

    रोटरी क्लवको समन्वयमा झापाली समाज अमेरीकाले कनकाईलाई दियो शव वाहन

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ १६, बुधबार ०९:२८ गते3 Mins Read

    कनकाई खबर \ रोटरी क्लव अफ सुरुङ्गाको समन्वयमा अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था झापाली समाज अमेरिकाले कनकाई नगरपालिकालाई एक थान शव वाहन प्रदान गरेको छ ।

    मंगलवार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष समेत रहेका अन्तराष्ट्रिय झापाली समाज अमेरिकाका संस्थापक अध्यक्ष मुकुन्द ढुङ्गानाले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई शव वाहनको चाबी हस्तान्तरण गरे । शव वाहनलाई कनकाई नगरपालिकामा राखिने र आवश्यकता अनुसार कनकाई नगरपालिका सहित झापा गाउँपालिका लगायत अन्य छिमेकी पालिकाहरुमा समेत सेवा प्रवाह गरिने रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कडेलले जानकारी दिए ।

    झापाबाट रोजगारीका लागि अमेरिकामा पुगेका झापालीहरुको संगठित संस्था अन्तराष्ट्रिय झापाली समाज अमेरिकामा आवद्ध झापालीहरुबाट संकलित रकमबाट कनकाईस्थित पर्यटकीय स्थल धनुषकोटीधामको वनभोजस्थलमा शौचालय निर्माणका लागी समेत सहयोग गर्ने जनाइएको छ । त्यस्तै झापाका अन्य स्थानहरुमा समेत रचनात्मक कार्यहरु गरिदै आएको अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाले बताए । विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमा लगानी भित्र्यााउन समाजले संगठित पहल गरिरहेको समेत ढुङ्गानाले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले यस क्षेत्रमा हालसम्म एउटा पनि शव वाहन नभएको भन्दै सहयोगी दाता सबै झापाली समाजलाई धन्यवाद दिँदै नेपालीहरुको लगानीबाट हस्तान्तरण गरिएको शव बहानले यहाँका जनतालाई दुःखको बेलामा प्रयोगमा आउन लागेको भन्दै खुसी व्यक्त गरे । शव बहानमा आधा रकम लगानी कनकाई नगरपालिकाको रहने बताइएको छ ।

    यसै विच झापाली समाज अमेरिकाको अग्रसरतामा झापा जिल्लाका सामुदायिक विद्यालयमा पढिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । ‘भविष्यका कर्णधार छात्रवृत्ति वितरण कार्यक्रम’ आयोजना गरेर उक्त समाजले जिल्ला सहकारी संघ झापा र झापा विकास मञ्च काठमाडौंको सहकार्यमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । झापाका सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ७९ जना विपन्न एवं जेहेन्दार विद्यार्थीलाई तेस्रो वर्षको कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गरिएको कार्यक्रममा बताइयो ।

    संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता एवं शिक्षा विकास तथा समन्वय इकाईका जिल्ला प्रमुख राजकुमार विकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । सोही अवसरमा छात्रवृत्ति पाउने विद्यार्थी, उनीहरु पढ्ने विद्यालयका शिक्षक र अभिभावकहरुको समेत सहभागिता रहेको थियो । झापाली समाज अमेरिकाले एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम अन्तर्गत ‘एक व्यक्ति, एक विद्यार्थी’ नामक अभियान नै सञ्चालन गरेर रकम जुटाएको बताइएको छ ।

    सोही कार्यक्रममा जिल्ला सहकारी संघ झापाले छात्रवृत्ति कोषको घोषणा गरेको छ । एक करोड रुपैयाँको कोष स्थापना गर्ने उद्देश्यले उक्त कोषको घोषणा गरिएको हो । कोषका लागि संघका अध्यक्ष गणेश ढकाल र वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले एक÷एक लाख तथा सचिव भवानीप्रसाद दंगालले ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

    कार्यक्रममा झापाली समाज साउदी अरेबियाका तर्फबाट संस्थापक अध्यक्ष मदन ओडारीले झापाली समाज अमेरिकाका संस्थापक अध्यक्ष मुकुन्द ढुंगानालाई छात्रवृत्ति कार्यक्रमका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । जिल्ला सहकारी संघ झापा मार्फत जिल्लाका २२ वटा सहकारीले छात्रवृत्ति अभियानलाई सहयोग गरेका छन् । झापाका सबै क्षेत्र समेटिने गरी सामुदायिक विद्यालयहरु छनोट गरिएको कार्यक्रममा जनाइयो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.