Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा मनाइयो १७ औं  गणतन्त्र दिवस
    कनकाई नगरपालिका

    कनकाईमा मनाइयो १७ औं  गणतन्त्र दिवस

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ १६, बुधबार ०६:०३ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले झण्डोतोलनका साथ एक संक्षिप्त कार्यक्रमका बिच १७औं गणतन्त्र दिवस मनाएको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रहरीहरुबाट सलामी अर्पण गरिएको थियो । उपप्रमुख आशा शिवाकोटीले शाव्दीक स्वागत मन्तव्य राख्दै मुलुकलाई दिगो विकासको लक्ष्यमा अघि बढाउन सरकार र सबै दलहरुबीच समन्वय र सहकार्यको जरुरी रहेको बताएकी छन् ।

    सोही अवसरमा नगरप्रमुख पोखरेलले नेपाली जनताले ठूलो त्याग एवं बलिदानपछि ल्याएको सङ्घीय गणतन्त्रको संरक्षण र संवद्र्धधन गर्नुपर्ने जिम्मेवारी सबैको काँधमा आएको बताए । यो अवधिमा देश र जनता माझ कसरी शान्ती सुरक्षा, अमनचयन र दिगो विकासको लहर ल्याउँन सकिन्छ भन्ने उद्येश्यका साथ तीनवटै तहका सरकार क्रियाशिल रहेको भन्दै नगर प्रमुख पोखरेलले गणतन्त्र ल्याउन आफ्नो जीवन आहुती दिने ज्ञात–अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरे । गणतन्त्र प्राप्तीपछि अग्रजहरु साथै शहिदले देखेको सपना साकार पार्ने क्रममा भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा आवास लगायतको क्षेत्रमा स्थानीय सरकारका तर्फबाट समेत सक्दो प्रयास भइरहेको भन्दै नगर प्रमुख पोखरेलले नागरिकको स्तर उन्नतीकालागी अझै धेरै काम गर्नुपर्ने कुराको जानकारी दिए ।

    कनकाई वडा नं.—४ का वडाअध्यक्ष रोशन सुवेदीले संचालन गरेको औपचारिक कार्यक्रममा वडा नंं.—५ का वडाअध्यक्ष एवं नगर प्रवक्ता कृष्णवहादुर राई , वडा नं.—८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्य नरादेवी मगर, वडा नं.—६ का वडासदस्य अर्जुन राजवंशी, कनकाई नगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवाल, लेखा प्रमुख दुर्गा खड्का, कृषि शाखा प्रमुख यदुनाथ उप्रेती लगायत कर्मचारीहरुको उपस्थिती रहेको बताइएको छ ।

    देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको बताइएको छ ।
    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्ता जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.