Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » निजी विद्यालयको अंग्रेजी शिक्षाप्रति सरकारी विद्यालयहरु आकर्षित
    समाचार

    निजी विद्यालयको अंग्रेजी शिक्षाप्रति सरकारी विद्यालयहरु आकर्षित

    कनकाई खबरBy कनकाई खबर२०७६ माघ २६, आईतवार ०१:३९ गते4 Mins Read

    कनकाई खबर  \  निजी विद्यालयको अंग्रेजी शिक्षाप्रति सरकारी विद्यालयहरुको आकर्षण बढ्दै गएपछि निजी विद्यालयहरु अझै गुणस्तरीय बन्दै गएका छन् । शिक्षा नीतिमा राज्यको विभेद भएकै कारण निजी (संस्थागत) विद्यालयहरु भmन गुणस्तरीय बन्दै गएको संस्थागत विद्यालयका सरोकारवालाहरुले वताएका छन् ।

       कनकाई प्याव्सनद्वारा आयोजित संस्थागत विद्यालयको शिक्षामा योगदान तथा बर्तमान अवस्था विषयक कार्यक्रममा बोल्दै सहभागीहरुले संस्थागत विद्यालयले संचालन गरेको अंग्रेजी माध्यमको पठनपाठनप्रति आकर्षित भई केहि सामुदायिक विद्यालयहरुले समेत सोही कुराको अनुसरण गर्नुले समयानुसारको शिक्षाको आवश्यक्ता पहिचान गर्न संस्थागत विद्यालयहरु सक्षम छन् भन्ने कुरा सवै सामु प्रष्ट भएको वताइएको छ ।

       कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि हिराकुमार थापाले जवाफदेही र जिम्मेवार जनशक्ति उत्पादन गर्न शैक्षिक संस्थाहरु लाग्नुपर्नेमा जोड दिएका छन् । कतिपय सरकारी विद्यालयमा जागीर खाने र पेन्सन पकाउँने मात्र उद्येश्य राखेर जनशक्ति नष्ट भईरहेको परिस्थितीको राज्यका निकायहरुले अनुगमन गरी नियमन गर्न तर्फ लाग्नु पर्नेमा प्रदेश सभा सदस्य थापाले जोड दिएका छन् । विभिन्न बहानामा सामुदायिक विद्यालयहरुले उठाउँने गरेको शुल्क “तीन तासेले तास फिटेर चलाखी गर्दै पैशा लिए झैं” भएको प्रदेश सभा सदस्य थापाले प्रतिक्रिया दिएका छन् । कुनै पनि बहानामा सामुदायिक विद्यालयहरुले अभिभावकहरुवाट शुल्क लिन नहुने कुरामा थापाले सरोकारवालाहरुको ध्यानाकर्षण गरेका छन् । सरकारी सेवा सुविधावाट दिइने आरक्षण कोटा बर्गीय हुनुपर्ने भन्दै प्रदेश सभा सदस्य थापाले आरक्षण कोटा जातीय हुनु नहुने कुरामा जोड दिए ।    शैक्षिक क्षेत्रमा देखिएको बेथिती संस्थागत विद्यालयमा समेत डर लाग्दो रहेको प्रतिक्रिया दिँदै प्रदेश सभा सदस्य थापाले संस्थागत विद्यालय र पव्लिकेशन वीच भएका कमिशनको संझौताका कारण हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन हुने गरेकाले अभिभावकहरु समस्यामा पर्ने गरेको भन्दै यस तर्फ सचेत हुन सरोकारवाला सवैलाई आग्रह गरेका छन् । व्यवसायिक रुपमा निजी लगानीमा संचालन भएका संस्थागत विद्यालय साथै सरकारी लगानी रहेका सामुदायिक विद्यालयका हरेक गतिविधीमा सम्वन्धित निकायवाट अनुगमन नहुने हो भने अवको प्रतिस्पर्धात्मक समयमा मुलुकलाई आवश्यक जनशक्ति उत्पादन हुन नसक्ने कुरामा प्रदेश सभा सदस्य थापाले जोड दिएका छन् । कनकाई नगरशिक्षा प्रमुख पिताम्बर गौतम लगायतले सरकारले विद्यार्थीलाई विभेद गर्ने नीति नलिएपनि कतिपय ऐन नियम र बाध्यताले गर्दा विभेद जस्तो देखिएको बताए ।

       कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाले निजी र सरकारी विद्यालयका विद्यार्थीलाई कहिल्यै पनि विभेद नगरेको बताए । पोखरेलले कनकाईलाई शैक्षिक हवका रुपमा विकास गर्ने उद्धेश्यका साथ नगर अगाडि बढिसकेकोले यसलाई पूरा गर्न निजी, समुदाय र सरकारको वरावरी भुमिका हुनु पर्नेमा जोड दिएका छन् ।

       सामुदायिक विद्यालयमा आवश्यक शैक्षिक सामाग्री , दिवा खाजा र दलित, अल्पसंख्यकलाई छात्रवृत्ति लगायतका सुविधा दिँदै आएको राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण गलत भएको कनकाई नगर प्याव्सनका अध्यक्ष विनोद सुव्वाले वताएका छन् । निजी विद्यालयका तर्फवाट शिक्षामा पुर्याएको योगदान मुलुकको अर्थतन्त्र तथा मानवसंसाधनमा गरेको उपलव्धी सम्मानजनक रहेको भएपनि राज्यवाट यसको कुनै मुल्यांकन नहुनु दुखद भएको अध्यक्ष सुव्वाको ठहर छ । नगर प्याव्सनका तर्फवाट कार्य पत्र प्रस्तुत गर्दै अध्यक्ष सुव्वाले वालवालिकाहरुलाई अनुशासित बनाउँदै देश र समाजप्रति नैतिकवान तथा जिम्मेवार नागरिक बनाउँने कार्यमा संस्थागत विद्यालयहरुले महत्वपूर्ण भूमिका खेल्दै आएको वताएका छन् । आफ्नो संस्कृति र परम्पराको संरक्षण गर्न सिकाउँने साथै व्यक्तित्व विकासमा समेत संस्थागत विद्यालयहरुले उपलव्धीमूलक अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएको कनकाई नगर प्याव्सनका अध्यक्ष सुव्वाले जोड दिए । सुब्बाले कनकाई नगर क्षेत्रमा समेत सरकारीको तुलनामा निजी विद्यालयहरु वढी र विद्यार्थी संख्या समेत वढी भएको भन्दै सरकारको ठुलो लगानी निजी विद्यालयले जोगाइदिएको दावी गरे ।

    कार्यक्रममा बोल्दै झापा प्याव्सनका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सरकारले निजी विद्यालयलाई भवन निर्माण साथै शिक्षकलाई तलव नदिएपनि कम्तीमा शिक्षकलाई तालिम र त्यहाँ अध्ययनरत वालवालिकाकोलागि खेल सामाग्री वा दलित छात्रवृतिमा विभेद गर्न नहुने बताएका छन् । निजी विद्यालयले समेत सरकालाई राम्रो जनशक्ति उत्पादन गरिदिएकोले सरकारले पनि वालवालिकाकोलागि केहि न केहि सुविधा दिनुपर्नेमा उप्रेतीको जोड थियो । प्याव्सन झापा अध्यक्ष उप्रेतीले कनकाई नगर क्षेत्रमा उत्कृष्ट दश विद्यालयहरुमा नौ वटाको संख्या निजी विद्यालयकै रहेको भन्दै निजी विद्यालयले देश र समाजमा पुर्याएको भुमिकालाई कमजोर मान्नु नहुने बताए ।

       कार्यक्रममा एनप्याव्सनका जिल्ला सचिव ओमविक्रम नेम्बाङ्, कनकाई नगरका संयोजक अशोककुमार न्यौपानेसहित प्याव्सनका विभिन्न पदाधिकारी, कनकाई ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, पूर्व जनप्रतिनिधि भीमप्रसाद अधिकारी, नेकपा कनकाई अध्यक्ष रविन्द्र लम्साल, नेपाली कांग्रेसका कनकाई सभापति नेत्र चिमरीया, समाजसेवीहरु तीलचन्द्र उप्रेती, युवराज संग्रौला, ओम पाठक, दुर्गा प्रसाईँ लगायतले शिक्षा सम्बन्धि सम्पूर्ण अधिकार अव स्थानीय तहमा आइपुगेकोले शिक्षा नीतिलाई सुधार्न स्थानीय सरकारको भुमिका निर्णायक हुनु पर्ने बताएका छन् ।

       कनकाई नगर प्याव्सनका अध्यक्ष विनोद सुव्वाको सभापतित्व रहेको कार्यक्रमको संचालन कनकाई प्याव्सनका सचिव केशवप्रसाद शर्मा बेडारी र कोषाध्यक्ष सागर ढुङ्गानाले संयुक्त रुपमा गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.