Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले कनकाईको दोस्रो नगर अधिवेशन आज हुँदै
    कनकाई नगरपालिका

    एमाले कनकाईको दोस्रो नगर अधिवेशन आज हुँदै

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ १५, मंगलवार ११:१४ गते2 Mins Read

    कनकाई खबर \ नेकपाएमाले कनकाई नगरको विशेष समारोहका बिच आज दोस्रो अधिवेशन हुँदैछ ।

    स्थानीयकनकाई उद्योग वाणिज्य संघको सभाहलमा आज जेठ १५ र १६ गते हुने दोस्रो नगर अधिवेशनको उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्य एवम् भोजपुर जिल्ला इञ्चार्ज रविन कोइरालाको प्रमुख आतिथ्य रहने भएको छ । त्यस्तै अधिवेशनमा केन्द्रीय सदस्य दीपक कार्की, जिल्ला अध्यक्ष प्रेम गिरी सहित जिल्लाको नेतृत्वको समेत उपस्थिती रहने भएको छ ।एमाले नगरको नेतृत्वकालागी तीब्र आकांक्षीहरु एक भन्दा बढी देखिएका कारण निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने सम्भावना बढेर गएको पाइन्छ ।सर्वसम्मत नेतृत्व चयनकालागी हदैसम्मको प्रयास हुने जानकारी दिँदै आयोजक समितिले अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत सक्रिय बनाएको जनाइएको छ ।

    अधिवेशनकालागी कनकाई नगरका नौवटै वडाबाट ७९२ प्रतिनिधि चयन भएका छन् । जसमा आयोजक कमिटीका ८३ जना, पार्टी वार्ड अध्यक्षहरू ९ जना, सल्लाहकार १२, जनसङ्गठनबाट २५ जनाप्रतिनिधि चयन भएका छन् । भूगोलतर्फ वार्ड नं. १ बाट १०० जना, वार्ड नं. २ बाट ६८ जना, वार्ड नं. ३ बाट १२७जना, वार्ड नं. ४ बाट १४६ जना, वार्ड नं. ५ बाट ७१ जना, वार्ड नं. ६ बाट २५ जना, वार्ड नं. ७ बाट ५५ जना, वार्ड नं. ८ बाट ४३ जना र वार्ड नं. ९ बाट २८ जनाप्रतिनिधि गरि जम्मा ६६३ जना प्रतिनिधि सर्वसम्मत छानिएको एमाले नगर अधिवेशन आयोजक समितिका संयोजक गोकर्णप्रसाद ओझाले जानकारी दिए ।

    संयोजक ओझाले दिएको जानकारी अनुसार अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव ,२ उपसचिव सहित कम्तीमा ५१ सदस्यीय नगर समिति निर्वाचित गर्नेछ । पाँच पदाधिकारीमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने विधानको व्यवस्था रहेको एमाले जिल्ला कमिटी सदस्य विनोद रानामगरले बताए ।

    अधिवेशनमा संयोजक ओझाद्वारा राजनीतिक तथा सांगठनिक प्रतिवेदन र सचिवालय सदस्य देवीप्रसाद उप्रेतीद्वारा आर्थिक प्रतिवेदन पेश गरिने रानामगरले जानकारी दिए । अधिवेशनको खुला सत्रमा साविक घैलाडुब्बा र सुरुङ्गामा पञ्चायतकालमा निर्वाचित भइ काम गरेका ९ जना जनपक्षीय जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

    अधिवेशनबाट नेतृत्व चयन गर्न सहजीकरणका लागि अधिवक्ता तारादेवी बाराकोटी संयोजक, जिल्ला कमिटी सदस्यहरू रोशन सुवेदी र दीपक चापागाईं सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको आयोजक समितिका सचिवालय सदस्य देवीप्रसाद उप्रेतीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.