Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रस्तावित पुरक बजेट पास गर्दै कनकाई वनको विशेष टोल सभा सम्पन्न
    कनकाई नगरपालिका

    प्रस्तावित पुरक बजेट पास गर्दै कनकाई वनको विशेष टोल सभा सम्पन्न

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ जेष्ठ १२, शनिबार ०७:०२ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई—३, सुरुङ्गास्थित तराइकै पहिलो सामुदायिक वनका रुपमा रहेको कनकाई सामुदायिक वन उपभोक्ता समुहको विशेष टोल प्रतिनिधि सभा सम्पन्न भएको छ ।

    सामुदायिक वनको सभाहलमा वन समुहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर उपप्रमुख शिवाकोटीले आजभन्दा ४० वर्ष अघि बिरुवा विज्ञानसँग सम्बन्धित शिक्षा आँफूले आर्जन गरेको कारण बोटविरुवासँग सम्बन्धित धेरै कुराको अनुभव आँफूमा रहेको प्रष्ट पारेकी छन् । आँफूमा भएको ज्ञान वनसँग सम्बन्धित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई प्रदान गर्ने बताउँदै नगर उपप्रमुख शिवाकोटीले वन क्षेत्रमा औषधिजन्य वनस्पतिका विरुवाहरु थप रोपण गर्न सुझाव दिएकी छन् । कनकाई नगरपालिकाको एउटा छुट्टै सम्पत्तिका रुपमा रहेको सामुदायिक वनले स्थानीय स्तरमा स्वच्छ साथै सफा हरियाली वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षण साथै विकासमा सक्रिय भएर अघि बढ्न उपप्रमुख शिवाकोटीले सम्बन्धित सबैलाई अनुरोध गरेकी छन् ।

    झापा जिल्लाको मध्यभागमा रहेको कनकाई सामुदायिक वन र कनकाई नगरपालिका बिच अत्यन्तै घनिष्ट सम्बन्ध रहेको भन्दै उपप्रमुख शिवाकोटीले हरियाली वनजङ्गल भएको क्षेत्र त्यसैपनि मानव स्वास्थ्यसँग सरोकार राख्ने भएकाले यसको विकासमा स्थानीय सरकार सधैं सकारात्मक रहेको बताएकी छन् ।

    कार्यक्रममा कनकाई वडा नं.—३ का वडाअध्यक्ष युवराज चम्लागाईँले वन मार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले यसको संरक्षण र प्रवद्र्धनमा एक जुट भएर अघि बढ्नु पर्नेमा जोड दिए । स्थानीय सरकार साथै सामुदायिक वनका तर्फबाट विकास निर्माण सहित वातावरणका क्षेत्रमा हुने काम मिल्दोजुल्दो भएकाले कनकाई सामुदायिक वनसँग सहकार्य गरेर अघि बढ्न चाहेको वडाअध्यक्ष चम्लागाईँले जानकारी गराए ।
    कार्यक्रममा वनसँग प्रत्यक्ष जोडिएका ३ हजार ४१७ घर धुरी सदस्य रहेको वन समुहका १७ बटै टोलका टोल प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ । वन समूहका तर्फबाट तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले आ.व.२०८०\८१ का लागी पुरक वार्षिक कार्यक्रमको विवरण सहित गत वर्ष सम्पन्न भएका कार्यहरुको बारेमा सभामा जानकारी गराए ।

    वन समूहको चालु आर्थिक वर्ष २०८० \ ०८१मा विभिन्न शिर्षकबाट आम्दानी र खर्च समेतको आय व्यय ९० लाख २१७ रुपैयाँको वार्षिक कार्यक्रम अनुमान गरिएको भएपनि यसै आर्थिक वर्षमा पुनः पुरक बजेट निर्माण गरी रु.१ करोड ५० लाखलाई जम्मा आम्दानी मानेर सोही अनुरुप बजेट विनियोजन गरी कार्यक्रम संचालन गरिने अध्यक्ष ओलीले सभामा जानकारी गराए ।

    त्यसैगरी वन समुहका कोषाध्यक्ष तथा बजेट एवं कार्यक्रम निर्माण समितिका संयोजक श्रीप्रसाद खरेलले समूहको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । जम्मा आम्दानीका रुपमा रहेको वन समूहको बजेट अन्तर्गत रहेर वन व्यवस्थापन तथा सदुपयोग तर्फ ७० प्रतिशत साथै गरिबी न्यूनीकरण,महिला शसक्तिकरण तथा उद्यम विकास कार्यक्रम तर्फ ३० प्रतिशतको रकम बिनियोजन गरी बार्षिक कार्यक्रम संचालन गर्ने कोषाध्यक्ष खरेलले जानकारी दिए । अध्यक्ष र कोषाध्यक्ष दुवैले प्रस्तुत गरेको प्रस्तावित पुरक बजेटलाई सभाको बन्द सत्रमा व्यापक छलफल भई सुझाव सहित पारित गरिएको वन समूहका कार्यालय सचिव नेत्र भट्टराईले जानकारी दिए । टोल प्रतिनिधि सभाबाट यस अघि लामो समयदेखी अत्यन्तै मिहिनेतका साथ तयार पारिएको प्रस्तावित वन कार्ययोजना २०८१ पास गरेर स्विकृतीकालागी डिभिजन वन कार्यालय झापा समक्ष पेश गर्ने अनुमति प्राप्त भएको जनाइएको छ ।

    कार्यक्रममा कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख नथुनी गोहिबार यादव, कनकाई वडा नं.–२ का वडाअध्यक्ष बलराम राई, वन समूहका सल्लाहकार यामनाथ सेड्याईँ र भीष्म मैनाली लगायतले विभिन्न सल्लाह सुझाव सहितको शुभकामना मन्तव्य राखेका थिए ।
    कार्यक्रममा उपस्थित अतिथी साथै सम्पूर्ण वन समुहमा आवद्ध प्रतिनिधिहरुलाई स्वागत वन समूहका उपाध्यक्ष ललितवहादुर कार्कीले गरेका थिए भने संचालन समुहकी सचिव मान्ता खरेलले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.