Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बुद्धको सन्देश : कस्ता व्यक्तिसँग संगत गर्ने ?— पूरा पढ्नुहोस
    कनकाई नगरपालिका

    बुद्धको सन्देश : कस्ता व्यक्तिसँग संगत गर्ने ?— पूरा पढ्नुहोस

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ १०, बिहीबार १३:५२ गते2 Mins Read

    काठमाडौं \ गुरुकुल शिक्षाको अन्तिम दिन मुख्य गुरुले शिष्यलाई अन्तिम उपदेश दिँदै थिए । उनको हातमा काठबाट बनेका समान आकारका तीन खेलौना थिए । उनले शिष्यहरूलाई ती खेलौना देखाउँदै भने आज म तपाईंहरूलाई अन्तिम उपदेश दिँदै छु । त्यसअघि तपाईंहरूले यी तीन खेलौनामा भएको अन्तर पत्ता लगाउनुपर्छ । उनले ती तीनवटै खेलौना शिष्यहरूका हातमा राखिदिए ।

    शिष्यहरूले बडो ध्यानपूर्वक तिनै खेलौनाको निरीक्षण गरे । उनीहरूले खासै कुनै अन्तर भेट्न सकेनन् । अचानक एक शिष्यले एउटा खेलौना देखाउँदै भने– ए मित्रहरू हो, यता हेर्नुहोस् त, यो खेलौनाको कानमा एउटा प्वाल छ । यत्ति संकेत पाउनासाथ सबैले तीनवटै खेलौनाको अन्तर पत्ता लगाए र भने– गुरुदेव, एउटा खेलौनाको दुवै कानमा प्वाल छ । अर्कोको एक कान र मुखमा प्वाल छ भने अर्कोको चाहिँ मात्र एउटा कानमा प्वाल छ ।

    गुरुले गम्भीर हुँदै भने– एकदम सही पत्ता लगाउनुभयो । उनले एउटा धातुको मसिनो तार दिँदै भने– ल, यसलाई कानको एउटा प्वालबाट भित्र घुर्सानुहोस् त ? शिष्यहरूले गुरुको आज्ञाअनुसार तारलाई एउटा कानबाट भित्र घुसाए । पहिलो खेलौनाको एउटा कानबाट छिरेको तार अर्को कानबाट बाहिर निस्कियो । दोस्रो खेलौनाको मुखबाट निस्कियो भने तेस्रोको चाहिँ कानबाट पसेको तार कतै पनि निस्केन । गुरुले पुनः तीनवटै खेलौनालाई हातमा लिँदै भने– मेरा प्रिय शिष्यहरू हो, यी तीन खेलौनाजस्तै नै तपाईंहरूको जीवनमा पनि तीन प्रकारका मानिसहरू आउनेछन् । पहिलो खेलौना देखाउँदै उनले भने– जीवनमा त्यस्ता व्यक्तिसँग आफ्ना समस्या साझा नगर्नुहोस्, जसले तपाईंका कुरा एक कानले सुनेर अर्को कानबाट उडाइदिन्छन् ।

    दोस्रो खेलौना देखाउँदै उनले भने– जो तपाईंका कुरा सुन्छन् र अरूसँग गएर त्यसलाई सुनाउँछन्, त्यस्ता व्यक्तिबाट पनि जोगिनुहोला । उनीहरूलाई आफ्ना महत्वपूर्ण कुरा कहिल्यै नबताउनुहोला । त्यसपछि तेस्रो खेलौना देखाउँदै गुरुले भने– यो तेस्रो खेलौना त्यस्ता व्यक्तिको प्रतीक हो, जसमाथि तपाईंहरूले पूरापूर विश्वास गर्न सक्नुहुन्छ । उनीहरूसँगै कुनै पनि प्रकारको विचार विमर्श गर्न सक्नुहुन्छ । यस्ता मानिससित जहिल्यै नजिक रहनुहोला । -मोटीभेट न्युज

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.