Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बासँग बालबालिका कार्यक्रमकालागी आज पुर्व प्रधानमन्त्री ओली सुरुङ्गा आउँदै
    कनकाई नगरपालिका

    बासँग बालबालिका कार्यक्रमकालागी आज पुर्व प्रधानमन्त्री ओली सुरुङ्गा आउँदै

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ ८, मंगलवार ०७:०२ गते2 Mins Read

    कनकाई खबर \ झापामा हुने बासँग बालबालिका कार्यक्रमकालागी पुर्व प्रधानमन्त्री केपी ओली आज सुरुङ्गा आउँदैछन ।

    झापा जिल्ला बाल सञ्जालले आयोजना गरेको कार्यक्रम कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोग सहित झापाका सम्पूर्ण पालिकाको सहयोगमा सम्पन्न हुने भएको हो ।आई.वाई. डायनामिक इन्टरनेशनल सहित स्थानीय बाल सञ्जालको समन्वय रहेको कार्यक्रममा जिल्लाका अन्य १४ पालिकाबाट प्रतिनिधिमूलक ३० बालबालिका र कनकाई नगरपालिकाबाट थप गरि जम्मा ६ सय बालबालिकाको सहभागिता रहने आयोजक जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले जानकारी दिए ।

    आज मङ्गलबार कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको सभाहलमा हुने कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी ओलीका बालबालिका सम्बन्धि दूरदृष्टि वा भिजन सुन्ने, झापाका बालबालिकाका प्रतिनिधिमूलक आवाज, अपेक्षा र आवश्यकता केपी बालाई जानकारी गराउने, केपी बा र बालबालिकाका अनुभव तथा सिकाइ आदानप्रदान हुने बताइएको छ । बालबालिकाको क्षेत्रमा नेपालकै ऐतिहासिक कार्यक्रमका रुपमा हेरिएको बासँग बालबालिका कार्यक्रममा बालबालिकाले पूर्व प्रम ओलीसँग आफ्ना समस्या र गुनासा समेत राख्न पाउने अवसर जुटेको बताइएको छ ।

    विगत, वर्तमान र भविष्यका नेपालका निर्णायक व्यक्ति रहेका केपी बाका बालबालिकासँग सम्बन्धित बिचार सुन्न र पूर्वी नेपालको तेह्रथुममा जन्मेर झापामा हुर्की, बढी, पढी र जीवन सङघर्षमा अघि बढ्दै लोकप्रियताको शिखरमा पुगेका व्यक्तित्वसँग झापाली बालबालिकासँग साक्षात्कार गराउने उद्देशसहित विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ । कार्यक्रममा श्रव्यदृश्य प्रस्तुती सहित कनकाई नगरपालिकाको बालमैत्री अभियान बारे जानकारी गराउँने बताइएको छ ।

    कार्यक्रमको पुर्व सन्ध्यामा आयोजक समितिले आइतबार पत्रकार भेटघाट कार्यक्रमको माध्यमबाट सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षता एवं जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यमा भएको पत्रका भेटघाटमा कार्यक्रम व्यवस्थापन समितिका सदस्य रवीन्द्र लम्साल, कनकाई नगरपालिकाका बाल कल्याण अधिकारी उमानाथ ढकाल लगायतले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै उठेका सवालको जवाफ दिएका थिए ।

    कार्यक्रममा आयोजक समिति सदस्य अर्जुन उप्रेती, विजय पाठक, अनुप भट्टराई, कनकाई नगर बाल सञ्जाल अध्यक्ष अश्लेषा कडेल लगायतको उपस्थिति रहेको थियोे । पत्रकार भेटघाट कार्यक्रमको कनकाई सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष तीर्थराज खरेलले सहजीकरण गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.