Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेकपा एमाले शिवसताक्षीको दोस्रो अधिवेशनको तयारी पूरा
    राजनीति

    नेकपा एमाले शिवसताक्षीको दोस्रो अधिवेशनको तयारी पूरा

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ ८, मंगलवार ०५:४० गते2 Mins Read

    शिवसताक्षी \ नेकपा एमाले शिवसताक्षी नगरपालिकाले आगामी जेष्ठ १० र ११ गते हुने नगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
    शिवसताक्षी नगरपालिकाको दूधेमा पत्रकार सम्मेल गरी दोस्रो नगर अधिवेशनको लोगो समेत सावर्जनिक गरिएको छ । अधिवेशनका लागि शिवसताक्षी नगरका ११ वटै वडाबाट प्रतिनिधि छनौटको काम सकिएको छ । नेकपा एमाले जिल्ला कमिटी झापाले उपलब्ध गराएको बिवरण अनुसार शिवसताक्षीमा २४२२ पार्टी सदस्य रहेको बताइएको छ ।अधिवेशनमा पार्टीको नविकरण गरेका सदस्यहरुमध्ये वडाबाट नगर अधिवेशनकालागी चुनिएर आएका सदस्यले भाग लिन पाउने व्यवस्था छ । जसमा शिवसताक्षी नगरपालिका ११ वटै वडाबाट ५१३ सदस्य चुनिएर आएको नेकपा एमाले शिवसताक्षी नगर कमिटीले जनाएको छ । अन्य जनवर्गिय संगठनबाट चुनिएका प्रतिनिधिहरु सहित करिब ७०० प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने नेकपा एमाले शिवसताक्षी नगर कमिटीका कावा अध्यक्ष कमल नेपालले जानकारी दिए ।

    अधिवेशन प्रतिनिधि छनौटमा ३३ प्रतिशत महिला,२० प्रतिशत युवाहरुको उपस्थिति अनिवार्य गराइएको छ भने आदिवासी जनजाति, पिछडा वर्ग, दलित, मजदुर, अपाङ्गता भएका सबै वर्गको प्रतिनिधित्व हुनेगरी अधिवेशन प्रतिनिधि चयन गरिएको छ । अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन समेत तयार भइसकेको बताइएको छ । अधिवेशनका सबै प्रतिनिधिहरुलाई विभिन्न जिम्मेवारीकालागि उपसमिति गठन गरी परिचालन गरिएको अध्यक्ष नेपालले बताए । अधिवेशनको उद्घाटनमा पार्टी पोलिटव्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्य रहने नगरकमिटी शिवसताक्षीले जनाएको छ ।

    अधिवेशनको उद्घाटन सत्रमा पार्टीका ज्येष्ठ महिला कर्मठ सदस्य आइतमाया लिम्बू, पार्टीका पुराना सदस्य तारा समयाङ्या र तत्कालिन मालेको दोस्रो विस्तारित बैठक स्थलका घर मुली २०४४ सालका सेल्टर दाता देवी रेग्मीलाई सम्मान गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    अधिवेशनका लागि बेनुप्रसाद कार्कीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन मण्डल समेत गठन भएको नेकपा एमाले शिवसताक्षीले जनाएको छ ।
    पत्रकार सम्मेलनमा पार्टी केन्द्रिय कमिटी सदस्य तथा शिवसताक्षी नगर इन्चार्ज मेनुका काफ्ले, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । अधिवेशन शिवसताक्षीको दूधे स्थित आदिवासी जनजातिको भवनमा हुने बताइएको छ । कार्यबाहक अध्यक्ष नेपालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सहजीकरण नगरकमिटी उपसचिव भिम लिवाङले गरेका थिए भने पत्रकार सम्मेलन पश्चात नगरकमिटीको पूर्ण बैठक समेत बसेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.