Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल पूर्व प्रहरी संगठन कनकाईमा पुनःसेडाई
    समाचार

    नेपाल पूर्व प्रहरी संगठन कनकाईमा पुनःसेडाई

    कनकाई खबरBy कनकाई खबर२०७६ माघ २६, आईतवार ००:३६ गते2 Mins Read

    कनकाई खबर  \  नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिको अध्यक्षमा पुनः हरिप्रसाद सेडाई  सर्वसम्मत रुपमा चयन भएका छन् ।

       सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभा हलमा सम्पन्न संगठनको अधिवेशनसहितको दोस्रो साधारण सभावाट  अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिको उपाध्यक्षमा अग्नीप्रसाद नेपाल, सचिवमा अम्बरवहादुर लिम्वू, सहसचिवमा वावुराम कार्की, कोषाध्यक्षमा दुर्गावहादुर पौडेल र सहकोषाध्यक्षमा मायादेवी कोइराला सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः रोहित सुव्वा, सन्तवहादुर थापा, कृष्णप्रसाद चुडाल, पर्शुराम चौधरी र ज्ञानेन्द्र शिवाकोटी चयन भएका छन् ।

        त्यस्तै दिलु मगरको अध्यक्षतामा सात सदस्यीय नेपाल पूर्व प्रहरी संगठन कनकाई महिला संघ गठन गरिएको छ । समितिको उपाध्यक्षमा उमा नेपाल, सचिवमा विन्दा वस्नेत, कोषाध्यक्षमा बेनु श्रेष्ठ र सदस्यहरुमा ईन्दिरा सेड्याई, लिलादेवी भुजेल र कमला पौडेल चयन भएका छन् । आगामी दिनमा संगठनलाई सामाजिक क्षेत्रमा समेत सक्रिय गराएर अघि बढाउँने उद्येश्यका साथ पूर्व प्रहरी पदम प्रसाद मैनालीको संयोजकत्वमा एक सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा सुर्यकुमार प्रसाई, सुरेन्द्र वि.क. र पूर्णवहाद छन् । देशमा शान्तीसुरक्षा कायम राख्ने जिम्मेवारीका साथ लामो समय सम्म राष्ट्र सेवामा क्रियाशिल रहेर अनुभव प्राप्त पूर्व प्रहरीहरुको संगठनले कनकाई नगरमा क्रियाशिल रहेका सम्पूर्ण सामाजिक संघसंस्थाहरुको नेतृत्वदायी भूमिकामा रहेर कार्य सम्पदान गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

        कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथीका रुपमा रहेका नेपाल पूर्व प्रहरी संगठन झापाका अध्यक्ष खेमराज कार्कीले समाजमा शान्ती सुरक्षा कायम राख्दै मुलुकको समृद्धिकालागि पूर्व प्रहरीहरुको संगठन वर्तमान अवस्थामा अतिआवश्यक भएको वताएका छन् । संगठनले आगामी दिनमा लागुऔषध साथै दुव्र्यसनीको न्युनिकरण, बजार सरसफाई लगायत विभिन्न सचेतनामूलक सामाजिक गतिविधी गर्दै अघि बढ्ने जनाइएको छ ।     नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिका अध्यक्ष हरिप्रसाद सेडाईको सभापतित्व, सदस्य कृष्ण चुडालको स्वागत तथा सचिव अमर सुव्वाले संचालन गरेको कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बू, संगठनका विर्तामोड नगर समितिका अध्यक्ष मोहनविक्रम मल्ल, कनकाई सामुदायिक वनकी सचिव मान्ता खरेल, कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौला, कनकाई छठ सेवा समाजका महासचिव राजु शाह लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.