Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ
    राजनीति

    राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ ५, शनिबार १४:१९ गते2 Mins Read

    काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले राजनीति फोहोरी खेल हो भन्ने भाष्य बदल्न युवा नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।


    नेकपा एमाले कोशी प्रदेश सम्पर्क समितिले आयोजना गरेको ‘युवा’ विषयक गोष्ठीमा सांसद नेम्वाङले व्यवस्था परिवर्तनपछि अवस्था परिवर्तन गर्दै जाँदा युवाको काँधमा धेरै जिम्मेवारी आइपरेको उल्लेख गरे ।


    उनले पुरानो नेतृत्वले युवालाई अवसर नै नदिएको भन्ने कुरा गलत भएको औंल्याए । उनले नयाँ पुस्ताले पुरानो पुस्ताको कामलाई सम्मान गर्दै युवाले राजनीति फोहोरी खेल हो भन्ने जस्ता भाष्यहरु चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।


    उनले भने, ‘राजनीति एकदमै फोहोरी खेल हो भन्ने जुन भाष्य छ अब तपाईं हामी मिलेर परिवर्तन गरेर अगाडि बढ्नुपर्छ । किनकी राजनीति कहिल्यै पनि फोहोरी हुँदैन । राजनीतिले सकारात्मक परिवर्तन ल्याउँछ, आर्थिक संमृद्धि ल्याउँछ, सुशासन ल्याउँछ । फोहोरी त केवल स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे भने त्यो फोहोरी हुन्छ ।’


    नेम्वाङले अग्रज, युवा र सबै एकजुट भएर राजनीतिको भाष्य बदल्न कसरी सकिन्छ त्यसमा निचोड निकाल्न लाग्नुपर्ने आवश्यकता औंल्याए ।


    यस्तै उनले देशमा केही पनि हुँदैन, भविष्य छैन भनेर नकारात्मकता फैलाइएको भन्दै त्यो भाष्यलाई नेतृत्वले चिरेर अगाडि बढ्नु आजको आवश्यकता भएको बताए ।


    ‘शुरुवात अब हामीबाटै गर्नुपर्छ, हामीले नै यसलाई परिवर्तन गर्दै लानुपर्छ । देशमै स्वरोजगारको वातावरण बनाउनुपर्छ । देशलाई समृद्धितर्फ लैजान हामीले सकारात्मक सोच राख्नुपर्छ,’ उनले भने ।


    नेम्वाङले नेतृत्वले यो वा त्यो गर्यो नि भन्ने भ्रम सिर्जना हुनेगरी ‘अरे’ शब्दको प्रयोग गरेर हुँदै नभएको कामको बखान गर्ने प्रवृति बढेकोतर्फ जोड दिदै सत्य र तथ्यमा आधारित भएर बोल्नुपर्ने बताएका छन् ।


    ‘अरे’ शब्द शब्दकोषबाटै हटाउनुपर्ने भन्दै उनले थपे, ‘आजभोली के भैरहेको छ भने यो पार्टीले यस्तो गर्यो अरेनि, यो मान्छेले यस्तो गर्यो अरेनि भन्दै भ्रम सिर्जना गर्ने काम भएको छ । त्यो भ्रामक कामले हामी जुन गन्तव्यमा पुग्न हिँडिरहेका छौं त्यो गन्तव्यमा ठूलोठूलो खाडल बनाउने काम गर्छ । त्यसैले हामी त्यो भ्रामक कुराबाट पर बसेर सामाजिक सद्भाव र एकतालाई कायम राखेर एकबद्ध भएर अघि बढ्नुपर्छ ।’

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.