काठमाडौँ । गएराति काठमाडौँको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भइ कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको प्रहरीले जनाएको छ ।
धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । हत्याको कारण भने खुलेको छैन ।
धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
