झापाको भद्रपुर नगरपालिकाबाट अवैध कपडा बरामद गरिएको छ ।
शुक्रबार दिउँसो भद्रपुर–४ आपगाछीस्थितमा वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट प्रहरी निरिक्षक संजिब बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा सार्वजनिक यात्रुबाहक बसमा लुकाई छिपाई भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको ७८ हजार ८ सय रुपैयाँ बराबरको कपडा बरामद गरेको हो ।
प्रहरीले १६ पिस साडी करिब मूल्य २४ हजार, ८४ पिस सेन्डो करिब १६ हजार ८ सय र गम्छा ३८ पिस करिब ३८ हजार गरी करिब ७८ हजार ८ सय बराबरको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

