Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सन्दर्भ माता औंसीः स्मृतिका पानामा सधैं अविस्मरणीय आमाप्रति सत्सत् नमन
    कनकाई नगरपालिका

    सन्दर्भ माता औंसीः स्मृतिका पानामा सधैं अविस्मरणीय आमाप्रति सत्सत् नमन

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ बैशाख २६, बुधबार ०१:२९ गते3 Mins Read

    आमा अर्थात् सृष्टिकर्ता …जन्मेपछि मृत्यु अपरिहार्य छ र सत्य नै यही हो । हरेक जन्म मृत्युका लागि हुन्छन् । तर, कतिपय मृत्यु आफ्नो परिवारकालागी एकदमै पीडादायी र स्वीकार गर्नै नसकिने हुँदा रहेछन् । त्यसमध्ये केही दिन अघि मात्र अर्थात २०८० को चैत्र १७ गतेको सुर्योदयसँगै यस लोकबाट बिदा हुनुभएकी ममतामयी आमा हेमकला निरौलाको देहावसान भएको ४५ औं दिन पुग्न अझै पनि बाँकी नै छ, तर यो बीचमा आमाको अभाव यति महशुस भयो कि त्यस अभावालई शब्दमा उतार्न सम्भव नै छैन ।

    आज माता तिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनमा ममतामयी आमाको ४० औं पून्य तिथिको अवसर समेत परेकोले आमाको सुक्ष्म उपस्थितीमा सपरिवारका तर्फबाट भावपूर्ण श्रद्धासुमन…. ।
    आफ्नो सन्तानको शिर सधैं उच्च रहोस् भन्दै आशिर्वाद दिने आमालाई भौतिक रुपमा गुमाए पनि आमाको आशिर्वाद र सत्कर्ममा लागिरहने प्रेरणा भने साथमै रहेको महसुश भएको छ । आमालाई वरिपरि खोई कता हुनुहुन्छ भनेर खोज्दा खोज्दै आज ४० औं दिन बित्यो । तर, आमाले बैकुण्ठबासबाट आफ्ना सन्तानलाई नियाली रहनुभएको छ । हो आमा…..घर उही छ, आमाले प्रयोग गर्ने पानीको धारा, भान्सा कोठा, पुजा कोठा, बिस्तारा सबै उही र उस्तै छन् , केवल मात्र आमा हुनुहुन्न । तर यहीँ वरीपरी हुनुहुन्छ कि भन्ने आभास दिलाइरहन्छ अनि यताउता खोज्छन् आँखाले तर फेरि मनले भन्छ अदृश्य भएर आफूले मात्र देख्ने अनि सुन्ने गरी भगवानहरू बस्ने ठाँउमा जानुभएको छ र त्यहीँबाटै आफ्नो सन्तानलाई सत्मार्गको जीवनयात्रा तय गर्ने ऊर्जापूर्ण आशीर्वाद दिइरहनुभएको छ ।

    भनिन्छ, अरूको लाख, आमाको काख । आमाको काख मात्रै भए पनि बुझ्ने सन्तानहरूका लागि त्यो स्वर्ग हो । त्यही स्वर्गमा हुर्कन जान्नेहरू संसारका सबैभन्दा बढी भाग्यमानी हुन्छन् । आमाको कोखमा नौ महिना बसेर आमाकै काखमा हुर्कन पाउनु सन्तानका लागि सबैभन्दा ठुलो भाग्य हो। तर कसैलाई पनि सधैंभरि आमाको काख प्राप्त हुँदैन। त्यो सत्य हो, मानिसको मृत्यु अवश्यम्भावी छ, मानिस जन्मिएपछि ढिलो चाँडो मर्नै पर्दछ। मानिस मरेपछि उसको भौतिक शरीर खरानी बन्दछ, माटोमा मिल्दछ । बाँकी केही रहन्छ भने मानिसको विचार, उनीहरूले गरेका कर्म तथा सम्झना बाँकी रहन्छन् ।

    त्यसैले त कतिपय आफ्ना र राम्रा अनुहारहरू बेलाबेलामा स्मृतिमा आउने गर्दछन्। नचिनेका मानिसभन्दा चिनेका राम्रा मानिस, आफन्त, आमाबुबा, पतिपत्नी तथा छोराछोरीको बढी याद आउने गर्छ। त्यसैले मरेर पनि अमर रहन मानिसले असल काम गर्नुपर्छ। असल काम गर्ने मानिसलाई छोराछोरी र परिवारले मात्र होइन, सारा समाजले सम्झने गर्छ, राष्ट्रले सम्झने गर्छ, युगले सम्झने गर्छ । यस्तै स्मृतिका पानामा सधैं अविस्मरणीय ममतमयी आमा स्व. हेमकलाप्रति सत्सत् नमन् ।


    आमा, जसले आफ्ना सन्तानहरुलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन्, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर हुर्काइन् । देवीको प्रतिरुप अनि ममता कि खानी अनि वालापनमा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहना पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन !

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.