झापाको मेचीनगर नगरपालिकामा हात्तीपाइले रोगको लक्षण भएका ६ जना बिरामी भेटिएका छन् । वैशाख १६ गते जारी हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियानको क्रममा नगरका विभिन्न वडामा हात्तीपाइले रोगको लक्षण भएका ६ जना बिरामी भेटिएका हुन् ।नगरपालिका आगलागी सम्बन्धी सूचनावडा नम्बर ३ मा ३ जाना,वडा नम्बर ७ मा २ जाना तथा वडा नम्बर ६ मा १ जानामा हात्तीपाइले रोगको लक्षण देखिएका मेचीनगर नगरपालिका नगर स्वास्थ शाखाका सह संयोजक राम अधिकारीले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ९ मा पनि २ जाना हात्तीपाइलेको लक्षण भएका व्यक्ति रहेको रिर्पोटिङ आएको उहाँले जानकारी दिनुभएको छ ।लक्षण देखिएका व्यक्तिहरुलाई थप जाँचका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइने नगरको स्वास्थ शाखाले जनाएको छ । त्यहाँ बिरामीहरुको रगत तथा अन्य परिक्षण गरेपछि मात्रै हात्तीपाइले भए नभएको पुष्टि हुने बताइएको छ । हात्तीपाइले रोगको जाँच प्रकृया अलि लामो हुने भएका कारण पुष्टि हुन केही दिनको समय लाग्ने सह संयोजक अधिकारीले बताउनुभयो । यसैबिच नगरका ८३ हजार ४ सय ४० जानाले हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन गरेका छन् । कुल जनसंख्या १ लाख ३५ हजार ८५ रहेको मेचीनगरमा हिजो अभियानको ९ दिनको अवधी सम्ममा नगरका ६२ प्रतिशत नगरवासीले हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन गरेको नगर स्वास्थ शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो ।अझै औषधी सेवन नगर्ने प्रतिशत धेरै भएकोले जोखिम उत्तिकै रहेको उहाँको भनाई छ। हात्तीपाइले रोग लागि सकेपछि निको नहुने भएकाले जिम्मेवार भएर सबैलाई औषधी सेवन गर्न संयोजक सापकोटाले आग्रह गर्नुभएको छ ।