Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सदस्यलाई उद्यमी बनाउँने अभियानमा सहाराको गोठ सुधार कार्यक्रम
    कनकाई नगरपालिका

    सदस्यलाई उद्यमी बनाउँने अभियानमा सहाराको गोठ सुधार कार्यक्रम

    कनकाई खबरBy कनकाई खबर२०८१ बैशाख २५, मंगलवार ०६:२३ गते3 Mins Read

    झापा \झापाको विर्तामोड—२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई उद्यमी बनाउँने उद्येश्यका साथ कोसी प्रदेशका चार जिल्लामा गोठ एवं नश्ल सुधार कार्यक्रम सञ्चालन गरेको छ ।

    पशुपालक किसानलाई सहयोग पु¥याउने लक्ष्यका साथ सहाराले झापा, मोरङ, इलाम र उदयपुरका किसानलाई समूहमा सङ्गठित गरी आवश्यक कर्जा, प्राविधिक सेवा र बजारीकरणमा सहयोग प्रदान गर्दै आएको हो ।

    सहाराका पाँच हजार सदस्यलाई उद्यमी बनाउने उद्देश्य राखेर गाई, बाख्रा, सुँगुर र कुखुरा फार्म सञ्चालन गर्न अभियानमा जोडिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । गिरीका अनुसार यस वर्ष सात सय किसानलाई बाख्रापालक उद्यमी बनाइएको छ ।
    “परम्परागत तरिकाले गरिएको पशुपालनबाट उल्लेख्य उपलब्धि हासिल हुँदैन भनेर हामी किसानलाई बुझाउँछौँ ।

    आधुनिक सीप र प्रविधिको ज्ञानका साथै आवश्यक सहयोग गर्दै आएका छौँ”, गिरीले भने, “सदस्यहरुको समूह बनाएर गोठदेखि बजारसम्म सबै प्रकारको सहयोग पु¥याउँदै आएका छौँ ।” गाई फार्म र बाख्रापालनमा आबद्ध किसानको घरदैलोमा पुगेर सेवा दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
    बाख्राको नश्ल सुधारका लागि यसै साता झापाको दुई, मोरङ र इलामका एक÷एक गरी चार वटा समूहलाई उन्नत जातको बीउ बोका निःशुल्क वितरण गरिएको संस्थाका कृषि तथा वातावरण उपसमितिका संयोजक राजकुमार ओलीले बताए । ओलीका अनुसार सिरोही र पोटा जातका बोका किसानलाई दिइएको हो ।

    मोरङको केराबारीस्थित लगनशील सहारा कृषक समूह, इलामको दानाबारीस्थित बिहीबारे सहारा कृषक समूह, झापाको गोलधापस्थित देउराली सहारा कृषक समूह र झापाको बुधबारेस्थित सिर्जनशील सहारा कृषक समूहलाई नश्ल सुधारका लागि बोका वितरण गरिएको ओलीले बताए ।
    संस्थाका शेयर सदस्यलाई लक्षित गरेर गोठ बनाइदिने र रोग प्रतिरोधक भ्याक्सिन निःशुल्करुपमा उपलब्ध गराउने कार्य भइरहेको संयोजक ओलीले जानकारी दिए ।

    सहाराको कार्यक्षेत्र रहेको कोशी प्रदेशको छ वटा जिल्लामा बाख्रा पालक किसानका ४४ समूह बनाइएको छ । किसानलाई कर्जा, आवश्यक तालिम, बीउ, बजार पहिचानलगायत क्षेत्रमा सहयोग उपलब्ध गराइएको संस्थाका पशु चिकित्सक डा.कमलेश्वर भाटले बताए । गाईपालक र बाख्रापालक किसानलाई परामर्श सेवा प्रदान गर्नका लागि संस्थाले नेदरल्यान्डबाट पशुविज्ञ चिकित्सक ल्याएको उनले जानकारी दिए ।

    नेदरल्यान्डबाट आएका डा. गेरेट टेकनसहितको पशुविज्ञ टोलीले झापा र इलामका किसानको गोठगोठमा पुगेर अनुगमन गरेको थियो ।
    “कतिपय किसानको गोठमा खसीबाख्रा एक्कासी मर्ने समस्या थियो”, पशु चिकित्सक डा. भाटले भने, “नेदरल्यान्डबाट आएका पशुविज्ञले गोठहरुको अनुगमन गरेर समस्या पहिचान गरी समाधान तर्फ सहजीकरण गरे । यसबाट किसानले पशुपालनको विश्वस्तरीय ज्ञान प्राप्त गर्न पाएका छन् ।” बुद्धशान्ति–५ का खगेन्द्र गौतमको बाख्रा गोठमा एकैपटक ४० वटा बाख्रा गत चैतमा मरेका थिए । नेदरल्यान्डका पशुविज्ञ डा. टेकनले उनको गोठको अनुगमन गरी किसानसँग समस्याका बारेमा छलफल गरेका थिए ।

    पशुविज्ञ टोलीले बाख्रापालनमा गोठ, आहारा र नश्ल सुधारमा उन्नत तरिका अपनाउन सुझाव दिएको थियो । टोलीले बाख्राले खाँदै आएको घाँस र दानाकोसमेत अध्ययन गरेको थियो । गाईपालनका बारेमा डा. टेकनले सिमेन्टको पक्की भुइँमा भन्दा खुला माटोमा बस्न दिँदा राम्रो हुने सुझाव दिएको उपसमितिका संयोजक राजकुमार ओलीले बताए । उनका अनुसार टोलीले शिवसताक्षी नगरपालिकाको बिन्दबासिनी गाई फार्म र मेचीनगरको कुबेर बाख्रा फार्मको अनुगमन गरी किसानलाई गोठ सुधारका लागि आवश्यक परामर्श दिएको थियो ।

    पशुपालनमा गोठ र नश्ल सुधारसँगै आहार, पशुको स्याहारको उचित व्यवस्थापन मिलाउनु पर्ने सहाराका बालीविज्ञ राजेन्द्र खरेलले जानकारी दिए । संस्थाका तर्फबाट खरेलले किसानलाई कृषिसम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.