Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » साइबर अपराधसम्बन्धी उजुरी बढे
    कनकाई खबर बिशेष

    साइबर अपराधसम्बन्धी उजुरी बढे

    कनकाई खबरBy कनकाई खबर२०८१ बैशाख २४, सोमबार १३:०६ गते2 Mins Read

    सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो ।

    सामान्य रुपमा फेसबुकमा भएको कुराकानी, दुव्र्यहार, अनावश्यक फोटो राखी चरित्र हत्या गर्ने जस्ता क्रियाकलाप सम्बन्धीका ठाडो उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो ।

    उहाँका अनुसार सामाजिक सञ्जाल फेसबुक, हवाट्सएप, भाइबर, इमो र फोनमा विभिन्न किसिमका कुराकानी तथा अनावश्यक सामग्री पोष्ट गर्ने जस्ता घटनाको उजुरी प्रहरीमा आउने गरेको छ । चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराधसम्बन्धी ९८ वटा उजुरी दर्ता भएको छ ।

    गत आर्थिक वर्ष ४० वटा उजुरी परेको थियो । यो वर्षदेखि प्रहरी कार्यालयले साइबर अपराधसम्बन्धी छुट्टै शाखा स्थापना गरेर व्यवस्थित रुपमा काम गर्न थालेपछि उजुरी बढेको हो ।

    प्रहरीका अनुसार सामाजिक सञ्जाल प्रयोग गरेर आर्थिक लाभ लिएका सम्बन्धी १८ वटा र सामाजिक सञ्जाल प्रयोग गरेर चरित्र हत्या गरेकोसम्बन्धी ८० वटा गरेर ९८ वटा उजुरी चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

    आर्थिक लाभसम्बन्धी पाँच वटा र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको सम्बन्धी दुई वटा उजुरी जिल्लामै फछर्यौट गरिएको प्रनाउ डाँगीले बताउनुभयो । आर्थिक लाभसम्बन्धी १३ वटा उजुरी जिल्लामै अनुसन्धान भइरहेको र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको ७८ वटा उजुरी तालुक कार्यालयमा पठाइएको छ ।

    सामाजिक सञ्जाल ह्याक गरी सामाजिक सञ्जालबाट ह्याकरले एकै किसिमको म्यासेज सबैलाई पठाउने गरिएको पाइएको छ । सोही कारणले चिठ्ठा, तालिम, बंैक खाताको ओटिपी माग गरी ठगी भइरहेकोबारे प्रहरीले सचेत गराउँदै आएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते

    एमालेको चुनावी घोषणापत्र सार्वजनिक

    २०८२ फाल्गुन ८, शुक्रबार ०७:१७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.