Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा भव्य रुपमा मनाइयो हनुमान जयन्ती, मुस्लिम समुदायबाट पानी वितरण
    कनकाई नगरपालिका

    सुरुङ्गामा भव्य रुपमा मनाइयो हनुमान जयन्ती, मुस्लिम समुदायबाट पानी वितरण

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ बैशाख ११, मंगलवार २१:५४ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा विशेष पुजा अर्चना सहित विविध कार्यक्रमका साथ हनुमान जयन्ती मनाइएको छ ।

    कनकाई नगर क्षेत्रको विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको पाथीभरा मारबाडी समाज तथा अग्रवाल समाज नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । मंंगलबार हनुमान जयन्तीको अवसर पारी नगर क्षेत्रमै यस किसिमको पहिलो विशेष कार्यक्रम संचालन गरिएको पाथीभरा मारबाडी समाजका अध्यक्ष ईश्वरचन्द्र गोयलले जनाएका छन् ।

    कार्यक्रमकै अवसरमा मुस्लिम समाज सुरुङ्गाका युवाहरूबाट निशुल्क पानी वितरण गरिएको थियोे । सयौंको संख्यामा रहेका सहभागीहरुलाई लक्षित गर्दै मुस्लिम समाज सुरुङगाका युवाहरूबाट सुरुङ्गा चोकमा पानी वितरण गरिएको हो । सारा नेपाली सबै एकै हुन् , कुनै पनि धर्म जातजाती फरक हुँदैनन् भन्ने मान्यतालाई आत्मसात गर्दै मुस्लिम समुदायबाट अन्य धर्मावलम्वीहरुलाई यो तातो मौसममा पानी मात्र भए पनि वितरण गरिएको मुस्लिम समुदायका युवा ईशाक आलम( समिर) बताउँछन् ।

    कनकाई उद्योग वाणिज्य संघ आसपासमा रहेको हनुमान मन्दिरमा पाठ– पारायण गर्दै बिहान् १० बजे बाट हनुमानको तस्बिर, ब्यानर , झण्डा सहित सयौंको संख्यामा रहेका सहभागीहरुले सुरुङ्गा बजारमा निशान यात्रा विशेष झाँकी, श्रीराम भजन, गीत संगीत सहित बजार परिक्रमा गर्दै पुनःमन्दिरमा नै फर्की महाप्रसाद (भण्डारा) पुजा पाठ पारायण प्रसाद तथा हनुमान चालीसा पुस्तक वितरण समेत गरिएको थियोे ।

    मन्दिर परिसरमा आयोजक संस्था पाथीभरा मारबाडी समाजका अध्यक्ष ईश्वरचन्द्र गोयलको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा कनकाई वडा नं.–३ का अध्यक्ष युवराज चांैलागाईं, वडासदस्यद्वय गोविन्द सुवेदी, अनिलकुमार गोयल, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रवीण भट्टराई, ट्राफिक प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख टङ्कप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियोे ।

    मन्दिर परिसरमा अखण्ड रामायण पाठ, अष्टयाम संकीर्तन एवं निशान पुजनसहित संचालन भएको हनुमान जयन्तीमा गुरु पुरोहितहरुको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन लगायत कथा प्रवचन समेत गरेको थियोे । कार्यक्रमको अवसरमा सहभागीहरुलाई १ सय ५० बढी हनुमानचालीसा पुस्तक वितरण गरिएको आयोजक संस्थाका सदस्य सचिन वंशलले जानकारी दिए । सन्ध्याकालिन समयमा समेत विशेष कार्यक्रम रामायण पाठ, अष्टयाम संकीर्तन संचालन हुने बताइएको छ ।

    कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायत करिव २ सय बढी भक्तजनहरुको सहभागीता रहेकोे थियोे । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने जन विश्वास पनि रहेको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.