Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लियो क्लवको मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न
    कनकाई नगरपालिका

    लियो क्लवको मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ बैशाख ११, मंगलवार ०५:५७ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

    “स्वास्थ्यकालागी दौड” भन्ने नाराका साथ लियो क्लव अफ कनकाई सुरुङ्गाको आयोजनामा मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको हो । लायन्स क्लव अफ कनकाई सुरुङ्गाको भातृसंस्थाका रुपमा रहेको क्लवले पहिलो संस्करणका रुपमा प्रतियोगिता संचालन गरेको जानकारी दिँदै क्लवका अध्यक्ष रमनकुमार चौधरीले आगामी वर्षमा समेत यस किसिमको प्रतियोगितालाई निरन्तरता दिँदै अघि बढ्ने जानकारी दिए । क्लवको वार्षिक क्यालेण्डरमा राखेर मिनी म्याराथन दौड प्रतियोगितालाई आगामी वर्षमा थप व्यवस्थित गर्ने अध्यक्ष चौधरीले कनकाई खबरलाई जानकारी दिए ।

    सुरुङ्गा चौकबाट सुरु भएको दौड प्रतियोगिताकालागी ७ किलो मिटरको दुरी तय गरिएको थियो । जसमा ५४ जना सहभागी भएका धावकहरु मध्ये धरानका प्रशान्त तामाङ प्रथम, दमकका सरोज सिंह दोस्रो र विर्तामोडका सुखदेव टुडु र शिव कार्कीले तेस्रो स्थान प्राप्त गरे । उनीहरुले क्रमशः प्रथम पुरस्कार नगद २० हजार, दोस्रो १० हजार र तेस्रो हुने दुवैजनाले २ हजार ५ सयका दरले नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको कार्यक्रम संयोजक लियोका कोषाध्यक्ष रोशन प्रसाईँले जानकारी दिए । पुरस्कृत सबैलाई प्रमुख अतिथी कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष एवं डिस्ट्रीक सेकेण्ड गभर्नर लीलाप्रसाद चिमरीया, कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ लगायतले पुरस्कार वितरण गरेका थिए ।

    क्लवका अध्यक्ष रमनकुमार चौधरीको अध्यक्षता एवं नगर उपप्रमुख शिवाकोटीको प्रमुख आतिथ्य रहेको औपचारिक कार्यक्रममा लियो डिस्ट्रीक इलेक्ट भिपी प्रवेश वास्ताकोटी, सर्भिङ सेक्रेटरी सञ्जयजंग थापा, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सञ्जय गजुरेल, पुर्व अध्यक्ष साजन थापा, रुपनारायण खतिवडा, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविण भट्टराई लगायतको आतिथ्य रहेको थियो । क्लवका कोषाध्यक्ष रोशन प्रसाईँले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन सह—सचिव मीना दासले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.