Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा हनुमान जयन्तीको विशेष पूजा अर्चना सहित कार्यक्रम गरिँदै
    कनकाई नगरपालिका

    सुरुङ्गामा हनुमान जयन्तीको विशेष पूजा अर्चना सहित कार्यक्रम गरिँदै

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ बैशाख १०, सोमबार ०६:२६ गते3 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा विशेष पुजा अर्चना सहित विविध कार्यक्रमका साथ हनुमान जयन्ती मनाउँने तयारी भएको छ ।

    कनकाई नगर क्षेत्रको विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको पाथीभारा मारबाडी समाज एवं अग्रवाल समाज नगर समितिको संयुक्त आयोजनामा हनुमान जयन्ती विशेष कार्यक्रमको तयारी पूरा भएको जनाइएको छ । आयोजक समितिले आइतबार पत्रकार भेटघाट कार्यक्रम मार्फत यहि वैशाख ११ गते मंगलबार पर्ने हनुमान जयन्ती विशेष कार्यक्रमको तयारी पूरा भएको जनाएको हो ।

    प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । यस अवसरमा हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ ।

    हनुमान जयन्तीको अवसरमा कनकाईमा पहिलो पटक हुन लागेको निसान यात्रा र पुजा अर्चना सहितको विशेष कार्यक्रममा उपस्थित भइदिन सम्पूर्ण नगरवासीहरुमा पाथीभारा मारबाडी समाजका अध्यक्ष ईश्वरचन्द्र गोयलले अनुरोध गरेका छन् । समाजका अध्यक्ष गोयलको अध्यक्षता एवं सदस्य सचिन वंशलले सहजीकरण गरेको पत्रकार भेटघाट कार्यक्रममा समाजका सक्रिय युवा मुकेशकुमार गोयल र राहुल वंशलले कार्यक्रमको थप व्यवस्थापनका बारेमा जानकारी गराएका थिए ।

    कनकाई उद्योग वाणिज्य संघको आसपासमा रहेको हनुमान मन्दिरबाट मंगलबार विहान ९ बजेदेखी सुरुङ्गा बजार क्षेत्रमा निशान यात्रा सुरु हुने साथै मन्दिर परिसरमा अखण्ड रामायण पाठ, अष्टयाम संकीर्तन एवं निशान पुजनसहित संचालन हुने हनुमान जयन्तीमा गुरु पुरोहितहरुको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन लगायत कथा प्रवचन हुने आयोजक समितिले जनाएको छ । सोही अवसरमा आयोजक समितिले दिउँसो ११ बजेदेखी महाप्रसाद (भण्डारा) संचालन गर्ने जनाएको छ । सन्ध्याकालिन समयमा समेत विशेष कार्यक्रम संचालन गर्ने जनाइएको छ ।

    संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ ।

    अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्वप्रतिष्ठित ‘देव’ बनाएको बताइन्छ ।
    हनुमान जयन्तीका अवसरमा स्त्री–पुरुष, बाल–वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजा आराधना गर्दछन् । हनुमानलाई बजरङ्गबलि पनि भनिन्छ किनकि हनुमानको शरीर एक बज्रको समान रहेको मान्यता छ ।

    हनुमान पवनपुत्रको रूपमा चिनिन्छन् किनभने पवन देव (हावाको देवता)ले हनुमानको पालनपोषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको धार्मिक मान्यता छ । पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छ भनी शास्त्रीय ग्रन्थमा उल्लेख भएको पाइन्छ ।

    हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यस वर्ष हनुमान जयन्ती मङ्गलबार नै परेकाले पनि यसलाई विशेष अवसरका रुपमा लिन सकिन्छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.