Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्व.गौरीलाल श्रेष्ठको स्मृत्तिमा जिल्लास्तरीय कराँते प्रतियोगीता हुने
    कनकाई नगरपालिका

    स्व.गौरीलाल श्रेष्ठको स्मृत्तिमा जिल्लास्तरीय कराँते प्रतियोगीता हुने

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ बैशाख ८, शनिबार ०६:५३ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा एक दिवसीय जिल्लास्तरीय कराँते प्रतियोगीता हुने भएको छ ।

    दुई वर्ष अघि २०७८ को कात्तिक ९ गतेका दिन निधन भएका सुरुङ्गा बजारका सुनचाँदी व्यवसायी गौरीलाल श्रेष्ठको स्मृत्तिमा दोस्रो जिल्लास्तरीय कराँते प्रतियोगीता संचालन हुने भएको हो । सुरुङ्गा जेसीजको भवनमा संचालन हुने प्रतियोगीतामा इलुवाबारी सितोरीयो कराँते डोजोको आयोजना एवं सह–आयोजकका रुपमा सुरुङ्गा जेसीज रहने डोजोका संयोजक राजेन्द्र लिम्बूले जानकारी दिए । करिव दुई लाख खर्च हुने अनुमान गरिएको प्रतियोगीताकालागी सुरुङ्गास्थित सिद्धि ज्वेलर्स, श्रेष्ठ ज्वेलर्स र न्यु गोल्ड जीमबाट आर्थिक सहयोग हुने बताइएको छ ।

    यहि वैशाख १५ गते हुने प्रतियोगीतामा झापा जिल्लाभरीका विभिन्न पालिका एवं डोजोहरुबाट २५० बढी खेलाडीहरुको सहभागीता रहने कराँते महासंघ झापाका अध्यक्ष जगन दुर्वासा कार्कीले जानकारी दिए । कराँते महासंघ झापाको संयोजन तथा रेफ्री कमीशन झापाको प्राविधिक सहयोग रहने प्रतियोगीतामा २० देखी ६० केजी तौल समूहका महिला तथा पुरुषले प्रतिष्पर्धा गर्न सक्ने महासंघ झापाका अध्यक्ष कार्कीले जानकारी दिए । प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।

    आयोजकले सुरुङ्गामा पत्रकार भेटघाट मार्फत प्रतियोगीताका बारेमा विस्तृत जानकारी गराएको हो । कोशी प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष बिन्दिया कार्कीबाट समुद्घाटन हुने प्रतियोगीता सम्पन्न गर्न २० जना राष्ट्रिय स्तरका निर्णायक मण्डलीको उपस्थिती रहने जनाइएको छ । वैशाख १५ गते शनिवार बिहान ७ बजेदेखी नै संचालन हुने प्रतिगीताको औपचारिक कार्यक्रम भने दिउँसो १ बजेदेखी हुने आयोजक समितिले जनाएको छ ।

    पत्रकार भेटघाटमा आयोजक समितिका संयोजक राजेन्द्र लिम्बूसहित सह–आयोजक संस्था सुरुङ्गा जेसीजका अध्यक्ष राजु पाठक, कराँते महासंघ झापाका अध्यक्ष जगन दुर्वासा कार्की, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना, राखेप कराँते प्रशिक्षक दुर्गाराज निरौला, रेफ्री कमिशन संयोजक विष्णुकुमार नेम्माङ, कराँते महासंघ झापाका सदस्य एवं क्षेत्र नं.४ का सिनियर कराँते गुरु राम पाठक, सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष त्रिलोचन उप्रेती, जेसीजका कानुनी सल्लाहकार दिपेन्द्र प्रधान, कार्यकारिणी उपाध्यक्ष रिसवसिंह चहार लगायतको उपस्थिती रहेको जनाइएको छ ।

    सुरुङ्गा बजारका पुराना व्यवसायी खेल प्रेमी स्व.गौरीलाल श्रेष्ठको खेलप्रतिको मोह सधैं ताजा राख्दै परिवारका तर्फबाट आफ्ना अभिभावकको योगदान साथै सतकर्मलाई सधैं अमर राख्न वार्षिक रुपमा खेलका गतिविधि संचालन गर्दै आएको स्व.श्रेष्ठका छोरा प्रविन श्रेष्ठले कनकाई खबरलाई जानकारी दिए । तत्कालिन समयमा कनकाई उद्योग वाणिज्य संघका सदस्य , सुनचाँदी व्यवसायी संघको पूूर्व अध्यक्ष, नागरिक समाज सुरुङ्गाका संस्थापक, मानवअधिकारवादी संस्थाको समेत सदस्य रहेका स्व.श्रेष्ठ सुरुङ्गा बजारमा रहेको सुन्दर एण्ड सन्स ज्वलेरीको संचालक थिए । उनको फोक्सोको क्यान्सरबाट निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । स्व. श्रेष्ठकी श्रीमती चन्द्रकुमारी श्रेष्ठ, छोराबुहारी प्रविन र सपना, छोरीज्वाइँ पुजा र राजेन्द्र लिम्बू रहेका छन ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.