Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » समाज सुसंस्कृत बनाउँन सामाजिक संस्थाहरुको भूमिका महत्वपूर्ण हुनु पर्ने ःमन्त्री कार्की
    कनकाई खबर बिशेष

    समाज सुसंस्कृत बनाउँन सामाजिक संस्थाहरुको भूमिका महत्वपूर्ण हुनु पर्ने ःमन्त्री कार्की

    ramBy ram२०७६ माघ २२, बुधबार १५:५२ गते3 Mins Read

    कनकाई खबर डेक्स  \  सामाजिक अभियानलाई तीब्रता दिँदै समाज सुसंस्कृत बनाउँन सामाजिक संस्थाहरुको भूमिका महत्वपूर्ण हुनु पर्नेमा १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जोड दिएका छन् ।

       सुरुङ्गा जेसीजको ११ औं पदहस्तान्तण तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले समाजका भावी पुस्ताको भविष्य सुनिश्चित गर्ने कार्यमा गम्भीर बनेको वर्तमान सरकार सकारात्मक सोच भएका जेसीजका युवाहरुसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् । नेतृत्व तथा व्यक्तित्व विकासकालागि निरन्तर अघि बढेका जेसीजका युवाहरुवाट राजनीतिक पार्टीहरुले समेत सकारात्मक नेतृत्वको पाठ सिक्नु पर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मन्त्री कार्कीले जेसीजले अनुसरण गरेको विधिको शासनवाट समाज रुपान्तरणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

       कार्यक्रमकै अवसरमा जेसीजको वार्षिक क्यालेन्डर अनुसार सामाजिक अभियन्ता इन्दिरा राना मगरलाई वर्ष उत्कृष्ट नागरिकका रुपमा अभिनन्दन गरिएको छ । बन्दी सहायता नेपाल नामक संस्थाको संस्थापक अध्यक्षको रुपमा रहेर बन्दीगृहमा रहेका बालबालिकाको उद्धार गरी आवास, स्वास्थ्य, शिक्षा, संरक्षण र विकासका लागि अनवरत रुपले करिव तीन दशकदेखि कार्यरत मगरले करिव १६ सय बालबालिकालाई उद्धार गरी अभिभावकत्व प्रदान गरीसकेको उत्कृष्ट नागरिक छनौट समितिकी संयोजक सुरुङ्गा जेसीजकी पूर्व अध्यक्ष सरला पोखरेलले वताएकी छन् ।

        हाल नेपालका विभिन्न स्थानमा संचालित १५ भन्दा बढ्री बालगृहमा करिव ५सय वालवालिकालाई आश्रय प्रदान गरिएको छ भने अर्जुनधारा–११ स्थित देवनियाँ बस्तीमा ४ वालगृह सहित एउटा विद्यालय साथै साविक खुदुनावारीमा एक वालगृह सञ्चालन गरी यस क्षेत्रका असहाय तथा बन्दिगृहका वालवालिकालाई सेवा पु¥याइरहेको वताइएको छ । अशोका फेलोसिप, नवदेवी शक्ति पुरस्कार लगायत राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतमा ख्यातीप्राप्त २५ भन्दा वढी सम्मान तथा पुरस्कारवाट सम्मानित भइसक्नु भएकी मगरले सन् २०१४ को वल्र्ड चिल्ड्रेन प्राइजको मानार्थ अवार्ड समेत प्राप्त गरीसकेको संयोजक पोखरेलले जानकारी दिएकी छन् ।

       सुरुङ्गा जेसीज वर्ष २०१९ का अध्यक्ष कमल कट्टेलको सभापतित्वमा सम्पन्न पहिलो सत्रको कार्यक्रममा वर्ष २०२० का अध्यक्ष त्रिलोचन उप्रेतीलाई पदभारसँगै जेसीज चेन हस्तान्तरण गरिएको थियो । पदभार ग्रहण गरेसँगै वर्ष २०२० का अध्यक्ष उप्रेतीले आफ्नो कार्यसमितिलाई पूर्णता दिएका थिए ।

     जेसीजको विधान अनुसार अध्यक्षसहित दुईजना कार्यकारिणी उपाध्यक्ष, चारजना उपाध्यक्ष र एकजना जनसम्पर्क अधिकारी निर्वाचन प्रक्रियावाट निर्वाचित हुनु पर्ने भएकाले यस अघिको अधिवेशनसहितको साधारणसभाबाट सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । जस अनुसार कार्यकारिणी उपाध्यक्षद्वयमा सुमन कार्की र प्रबिन तिम्सिना तथा चारजना उपाध्यक्षमा क्रमशः अनमिका सिटौला मैनाली, बिनिता मैनाली बिमली, केशब शिवाकोटी र दीपेन्द्र प्रधान साथै जनसम्पर्क अधिकारीमा प्रतापबाबु कट्टेल सर्वसम्मत रुपमा निर्वाचित भएका थिए । अध्यक्षमा निर्वाचित भएसँगै उप्रेतीले कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारीमा तत्कालै मनोनित गरेका थिए ।

        जस अनुसार कानुनी सल्लाहकारमा यदुका (उषा) उप्रेती, महासचिवमा अर्जुन बोहोरा र कोषाध्यक्षमा किशोर दाहाल मनोनित भएका थिए । पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष उप्रेतीले सचिवमा दुर्गाप्रसाद पाठक, सहकोषाध्यक्षमा सुशिला बोहोरा कार्की, तालिम संयोजकमा चन्द्रकला ढकाल सिटौला, जेसीज सप्ताह संयोजकमा सुष्मा न्यौपाने उप्रेती, शाखा सम्पादकमा राजकुमार कट्टेल, वातावरण संयोजकमा हिमांशु उप्रेती, व्यवसाय संयोजकमा भूवन खरेल, थिम डाइरेक्टरमा नमिता काफ्ले, स्वास्थ्य संयोजकमा मेनुका उप्रेती (देवका), सांस्कृतिक संयोजकमा खुश्बू पौडेल तिम्सिना, महिला संयोजकमा मुक्ता कार्की दाहाल, सञ्चार संयोजकमा रिशबसिंह चाहार र खेलकुद संयोजकमा टीकाराम भण्डारी (सुदीप) लाई मनोनयन गरेको सुरुङ्गा जेसीजका निर्वाचन संयोजक भिमप्रसाद भट्टराईले वताएका छन् ।

         सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष, पुर्वअध्यक्षहरुसहित विभिन्न शाखाका अध्यक्ष तथा पदाधिकारी साथै स्थानीय स्तरका विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको कार्यक्रम जेसीजको सभा हलमा सम्पन्न भएको हो । झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य हीराकुमार थापा, कनकाई नगरपालिकाका उपमेयर मञ्जु प्रसाई, नेपाली कांग्रेसका नेता देउकुमार थेबे, सम्मानित व्यक्तित्व इन्दिरा राना मगर लगायतले मन्तव्य राखेको कार्यक्रममा मेनुका उप्रेतीले आस्थावाचन गरेकी थिइन् । किशोर दहालले जेसीज मिसन भिजन प्रस्तुत गरेको कार्यक्रममा दुर्गा पाठकले स्वागत तथा प्रविन तिम्सिनाले संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.