Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोटीहोममा निरौला बन्धुको ३५ औं वार्षिक अनुष्ठान
    कनकाई नगरपालिका

    कोटीहोममा निरौला बन्धुको ३५ औं वार्षिक अनुष्ठान

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ बैशाख ४, मंगलवार ०७:१८ गते3 Mins Read

    कनकाई खबर \ पुर्वकै पवित्र धार्मिक एवं पर्यटकीय क्षेत्र झापाको कनकाई —४ कोटीहोममा वार्षिक कार्यक्रमका रुपमा रहेको निरौला बन्धुको अनुष्ठान भव्यताका साथ संचालन भइरहेको छ ।

    निरौला बन्धु सेवा समाज केन्द्रीय समितिले यस पटक ३५ औं वार्षिक अनुष्ठानका रुपमा स्कन्द महापुराणको आयोजना गरेको हो । महापुराण गत चैत्र २७ देखी सुरु भइ बैशाख ५ गते सम्पन्न हुने आयोजक केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष लक्ष्मीप्रसाद निरौलाले जानकारी दिए ।
    सम्पूर्ण पितृहरुको उद्धारको कामना गर्दै रामनवमीको अवसर पारेर समापन हुने महायज्ञको प्रमुख कथा वाचक आचार्य पण्डित दुर्गाप्रसाद खतिवडा र पाठपारायण पण्डितद्वय खगेन्द्र निरौला र गोविन्द निरौलाले गरिरहेको कार्यबाहक अध्यक्ष निरौलाले बताए । उक्त धार्मिक अनुष्ठानमा दैनिक कथाप्रवचन, भजनकीर्तन महात्म्य भइरहेको उनले जानकारी दिए ।

    आयोजक समितिले महापुराण संचालन भएको प्रारम्भदेखी नै सहयोगी दाता सहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । महायज्ञ सम्पन्न गर्न नगद ५ हजार भन्दा माथिको सहयोग साथै दैनिक भोजन व्यवस्थापनकालागी २५ हजार भन्दा माथि सहयोग गर्ने दाताहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ आयोजक समितिले सम्मान गर्दै आएको निरौला बन्धु सेवा समाज केन्द्रीय समितिका कोषाध्यक्ष निलकण्ठ निरौलाले जानकारी दिए । समाजको वार्षिक कार्यक्रमका रुपमा रहेको यस पटकको महायज्ञबाट बचेको रकमले समितिको कोटीहोमस्थित केन्द्रीय कार्यालयसँगै रहेको भान्सा घर पुनः निर्माणमा खर्च गर्ने योजना रहेको जनाइएको छ ।

    महापुराणकै अवसरमा काठमाण्डौ निवासी विदुषी वृन्दा निरौलाको श्रीमद् भागवत एकादश स्कन्दको नेपाली अनुवादको पुस्तक लोकार्पण गरिएको छ । समाजका कार्यबाहक अध्यक्ष लक्ष्मीप्रसाद निरौलाको अध्यक्षता एवं पुर्व केन्द्रीय अध्यक्ष भक्तबहादुर निरौलाको प्रमुख आतिथ्य रहेको विशेष समारोहमा समाजका पुर्व केन्द्रीय अध्यक्ष भिमप्रसाद निरौला र धर्मानन्द निरौला सहितको उपस्थितीमा पुस्तक लोकार्पण भएको जनाइएको छ । समाजका केन्द्रीय महासचिव इन्द्रप्रसाद निरौलाले स्वागत तथा कोषाध्यक्ष निलकण्ठ निरौलाले संचालन गरेको औपचारिक कार्यक्रममा विदुषी वृन्दा निरौलाको जीवनी पुर्व अध्यक्ष धर्मानन्द निरौलाले बाचन गरेका थिए ।

    त्यस्तै निरौला बन्धुको बंशावली तेस्रो संस्करणको लेखक र प्रमुख संकलक क्रमशः होमप्रसाद र ऋषि निरौलालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर विशेष सम्मान गरिएको छ । समाजका पुर्व केन्द्रीय अध्यक्ष भिमप्रसाद निरौलाको प्रमुख आतिथ्य एवं पुर्व अध्यक्ष धर्मानन्द र भक्त वहादुर निरौला, कार्यबाहक अध्यक्ष लक्ष्मीप्रसाद निरौला सहितले सम्मानित व्यक्तित्वहरुलाई सम्मान पत्र, दोसल्ला र माला अबिर लगाएर सम्मान गरेका थिए । सम्मानित व्यक्तित्वहरुको जीवनी कोषाध्यक्ष निलकण्ठ निरौलाले बाचन गरेका थिए ।

    निरौला बन्धु सेवा समाजले संस्कृत शिक्षालाई प्रोत्साहन गर्ने उद्येश्यका साथ झापा जिल्लामा रहेका गुरुकुलका विद्यार्थीहरु मध्ये उत्कृष्ट एवं जेहेन्दार ५ जना विद्यार्थीलाई नगद ३ हजार सहित सम्मान गर्ने कार्यक्रम तय गरेको जनाएको छ । संस्थाले एक वर्ष अघि मात्र स्थापना गरेको अक्षयकोषको व्याजबाट सम्मान गर्ने योजना बनाएको कार्यबाहक अध्यक्ष लक्ष्मीप्रसाद निरौलाले जानकारी दिए । सम्मानको कार्यक्रमलाई निरन्तरता दिँदै अघि बढ्ने योजना रहेको कार्यबाहक अध्यक्ष निरौलाले कनकाई खबरलाई जानकारी दिए । महापुराण समापनका अवसरमा सामुहिक ब्रतबन्धको कार्यक्रम समेत रहेको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.