कनकाई खबर। झापाको कनकाई सिँचाइ आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- १० निवासी ओमबहादुर बस्नेतको १२ वर्षीय छोरा विवेक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवसताक्षी- ७ स्थितमा कनकाई नहरको साईफन जालीमा अड्किएको अवस्थामा बालकको शव फेला परेका थिए । मृतक बालकको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागी मोरङको मङ्गलवारे अस्पताल पठाएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिलेले अनुसन्धान गरिरहेको जनाइएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
