Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    हज समिति सदस्यको जिम्मेवारीमा बिर्तामोडकी शेख

    २०८३ भाद्र ३, बुधबार १७:३४ गते

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा वैदेशिक रोजगारी समस्याबाट पीडित ११० जनाले दिए उजुरी
    कनकाई खबर बिशेष

    झापामा वैदेशिक रोजगारी समस्याबाट पीडित ११० जनाले दिए उजुरी

    कनकाई खबरBy कनकाई खबर२०८० चैत्र २१, बुधबार १०:०० गते2 Mins Read

    झापा । आप्रवासी स्रोत केन्द्र झापामा वैदेशिक रोजगारी समस्याबाट पीडित भएका १३ महिलासहित ११० जनाले उजुरी दिएका छन् । चालु आर्थिक वर्षको चैत २० गतेसम्म परेको उजुरीमध्ये ८७ वटा मुद्दा अझै प्रक्रियामा रहेको छ । २१ वटा मुद्दा समाधान गरी ४५ लाख ९० हजार रकम असुलउपर गर्न सफल भएको जनाइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम, सुरक्षित वैदेशिक रोजगारीका लागि जिल्लास्तरमा सामी कार्यक्रमको अर्धवार्षिक समीक्षा गोष्ठीमा सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले कार्यपत्र प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । 
    उनका अनुसार मेनवापरबाट ठगिएका, पासपोर्ट खोसिएका, विदेशमा पुगेर मेडिकल फेल भएका, फरक कामको प्रकृतिका काम लगाइएका व्यक्तिहरूले आप्रवासी स्रोत केन्द्रमा उजुरी दिएको बताए । अघिल्लो आर्थिक वर्ष २०७९÷०८०मा १२९ मुद्दा दर्ता भई ४० वटा मुद्दा मात्र फर्छ्यौट भएको थियो । चालु आ.वको अहिलेसम्म केन्द्रले वैदेशिक रोजगारीमा जान लागेका ३ हजार २८९ महिला र ६ हजार १८४ पुरुष गरी ९ हजार ४८३ जनालाई सूचना परामर्श सेवा प्रदान गरिएको उनले बताए । 
    रिटर्नी स्वयंसेवकमार्फत घर दैलो कार्यक्रम अन्तरगत वैदेशिक रोजगारीबाट फर्किएका ५ सय ५, फलोअप ८ सय ७७, समूहमा सूचना प्रदान ६७ र घरमा भेटेर सूचना प्रदान १० हजार ५०८ जनासँग परामर्श गरिएको उनको भनाई छ । सामीले वित्तीय साक्षरता, मनोपरामर्श कक्षा सञ्चालन, आर्थिक सहायता र उद्धारको पनि काम गर्दै आइरहेको उनले बताए । 
    सामी कार्यक्रम जिल्लाको चार पालिकाहरू भद्रपुर, मेचीनगर, गौरीगञ्ज र दमकमा सञ्चालन भइरहेको रोजगार संयोजक टीकाराम पाण्डेले जानकारी दिए । वैदेशिक रोजगारीबाट फर्किएकालाई मनोसामाजिक परामर्श अन्तरगत भद्रपुरमा २७, मेचीनगरमा २४, गौरीगञ्जमा २४ र दमकमा ९ वटा मुद्दा परेको उनको भनाई छ । 
    भद्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख राधा कार्की, सीमाका कोशी प्रदेश व्यवस्थापक कोपिला ढकाल, सिनियर प्रोग्राम अफिसर सङ्गीता रिजाल लगायतले आआफ्नो धारणा राखेका थिए । 
    त्यस्तै वित्तीय साक्षरता सहजकर्ताहरू भद्रपुरकी दुर्गा दास, दमककी खिनमाया कार्की, मेचीनगरकी प्रमीला पाठक, गौरीगञ्जका मनोसामाजिक परामर्शकर्ता पुष्पा सापकोटा, दमकका रिटर्नी स्वयंसेवक मदन बोहोरा लगायतले अनुभव र सिकाइका बारेमा जानकारी गराएका थिए ।   

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    हज समिति सदस्यको जिम्मेवारीमा बिर्तामोडकी शेख

    २०८३ भाद्र ३, बुधबार १७:३४ गते

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    हज समिति सदस्यको जिम्मेवारीमा बिर्तामोडकी शेख

    २०८३ भाद्र ३, बुधबार १७:३४ गते

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.