Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई विर्ता अर्जुन नविकरणिय उर्जाकाे प्लाष्टिकजन्य फोहोरबाट पेवर्स उत्पादन सुरू
    कनकाई खबर बिशेष

    कनकाई विर्ता अर्जुन नविकरणिय उर्जाकाे प्लाष्टिकजन्य फोहोरबाट पेवर्स उत्पादन सुरू

    कनकाई खबरBy कनकाई खबर२०८० चैत्र २०, मंगलवार १४:१२ गते2 Mins Read

    कनकाई खबर/ कनकाई-बिर्ता-अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले ब्लक (पेवर्स) को उत्पादन सुरु गरेको छ । सोमवार एक कार्यक्रमका बीच प्लाष्टिकबाट पेवर्स बनाउने मेसिनको उद्घाटन गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले पवर्स बनाउने मेसिनको उद्घाटन गरेको हुन् । उद्घाटनसँगै उत्पादन पनि सुरु गरिएको छ ।

    फोहोर व्यवस्थापनसँगै बायोग्यास उत्पादन गरिरहेको नविकरणीय उर्जा परियोजनाले प्लाष्टिकजन्य फोहोरबाट पेवर्स उत्पादन सुरु गरेको हो । एक हप्ता परीक्षणकालिन उत्पादन गर्ने बताइएको छ ।

    झापाको बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको उर्जा परियोजना पब्लिक लिमिटेड हो । निजी तथा स्थानीय सरकारको लगानी रहेको परियोजनाले दैनिक २ हजार थान पेवर्स उत्पादन गर्ने परियोजनाका मेकानिकल इन्जिनियर मोहमद नसिम अलीले जानकारी दिए । १ करोड ७१ लाख लगानीमा सञ्चालनमा ल्याइएको प्लाष्टिक ब्लक मेकिङ मेसिन २४ घण्टा सञ्चालन गर्न सकिने छ । उनका अनुसार मेसिन सञ्चालनका लागि १० जना जनशक्तिको आवश्यक पर्नेछ ।

    भारतबाट ल्याइएको अटोमेटिक मेसिनले बालुवा र प्लाष्टिकको मिश्रण आफै मिलाउने छ । ७०/३०, ६०/४० मिश्रण हुने प्लाष्टिक र बालुवाबाट ब्लक तयार गरिने छ । पहिलो चरणमा प्लाष्टिकलाई टुक्राएर ६० देखि ७० डिग्री तापक्रममा गलाएर लेदो बनाइने ई. अलीले जानकारी दिए । लेदोलाई प्रेस मेसिनमा राखेर ३० टनको लोड दिएर ब्लक निर्माण गरिने छ । ब्लकलाई विभिन्न आकारमा निर्माण गरेर केहीबेर पानीमा राखिने छ । ब्लकको भार क्षमता ८० टन रहेको ई. अलीले जानकारी दिए । मेन्टिनेन्स राम्रो भएमा ३० औं वर्षसम्म ब्लकले काम गर्नेछ ।

    प्लाष्टिक र बालुवाबाट निर्मित ब्लकको मुल्य प्रति गोटा १२ रुपैयाँ पर्नेछ । सिमेन्टबाट निर्मित ब्लकको मुल्यभन्दा झण्डै आधा खर्चमा पाइने ब्लक सडक निर्माणदेखि घर कम्पाउण्डमा प्रयोग गर्न सकिन्छ ।

    फुलफेजमा मेसिन चलाउन दैनिक ४ टन प्लाष्टिक चाहिने उर्जा परियोजनाले जनाएको छ । ४ टन प्याष्टिकबाट २ हजार ब्लक बनाउने सकिने बताइएको छ । अहिले नगरपालिकाहरुबाट पुरा फोहोर प्लान्टमा पुग्न सकिरहेको छ । सबै पालिकाले फोहोर पठाउन थालेपछि आवश्यक प्याष्टिकको व्यवस्था हुने उनको भनाई छ । अहिले दैनिक डेढ टन प्लाष्टिक संकलन भइरहेको बताइएको छ ।

    ४ अघिदेखी निर्माण सुरु गरिएको कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जा परियोजनाले वर्गीकरण गरेको फोहोरबाट बायोग्यास र ब्लक निर्माण गर्नेछ । बायोग्यास उत्पादन भइरहे पनि त्यसको विक्री हुन सकिरहेको छैन ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.