Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आफ्ना बुबा–आमाको मृत्यु हुँदा छोराले मात्र काजक्रिया गर्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै, इलाममा आमाको काजक्रिया गर्दै दुई छोरी
    कनकाई खबर बिशेष

    आफ्ना बुबा–आमाको मृत्यु हुँदा छोराले मात्र काजक्रिया गर्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै, इलाममा आमाको काजक्रिया गर्दै दुई छोरी

    कनकाई खबरBy कनकाई खबर२०८० चैत्र १८, आईतवार १२:३३ गते2 Mins Read

    इलाम । आफ्ना बुबा–आमाको मृत्यु हुँदा छोराले मात्र काजक्रिया गर्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै इलामको रोङ गाउँपालिका–४, कोल्बुङमा छोरीले आमाको किरिया गरिरहेका छन् ।

    पूर्वाञ्चल दैनिकका इलामका संवाददाता पत्रकार गणेश अर्यालकी पत्नी तारा रिजाल अर्यालको निधन भएपछि उनका छोरीहरू १८ वर्षीया गरिमा र १४ वर्षीया योजनाले अहिले कोरामै बसेर आमाको काजक्रिया गरिरहेका छन् । छोराले जस्तै सेतो वस्त्र लगाएर उनीहरू काजक्रियामा रहेका छन् ।

    आफ्नी आमाको अन्त्येष्टिमा पनि उनै छोरीहरूले दागबत्ती दिएका थिए । कान्छी छोरी आठ वर्षकी मात्र भएकाले उनी चाहिँ काजक्रियामा सहभागी भइनन् । हिन्दूशास्त्रमा कतै उल्लेख नभए पनि छोराले मात्रै आफ्ना आमा–बुबाको काजक्रिया गर्ने चलन लामो समयदेखि समाजमा छ । छोरीले काजक्रिया गर्नुहुँदैन भन्ने गलत परम्परा तोड्दै आफूलाई जन्मदिने आमाको आफैँले काजक्रिया गरिरहेको जेठी छोरी गरिमाले बताइन् ।

    ‘छोरा भए पनि छोरी भए पनि जन्म आमाले दिनुभएको हो’ –उनले भनिन्– ‘आमाप्रतिको आफ्नो दायित्व पूरा गर्न लिङ्गका आधारमा फरक हुन्छ र ?’ उसो त, यहाँ पनि छोरा नभएको अवस्था कसले किरिया गर्ने भन्ने विषयमा गाउँघर र परिवारबीच व्यापक छलफल नभएको होइन । छलफलमा केहीले छोरीले काजक्रिया गर्न नहुने तर्क पनि राखेका हुन् ।

    तर, स्थानीय पण्डित र पुरोहितले हिन्दूधर्मका विज्ञसँग सल्लाह माग्दा छोरीलाई काजक्रिया गर्न कतै बन्देज नभएको थाहा पाएपछि छोरी नै काजक्रिया थालेको एक स्थानीयले बताए । ‘पहिला त यहाँका केही पण्डित–पुरोहितले पनि छोरीको काजक्रिया स्विकार्न मानेका थिएनन्’ –उनले भने– ‘तर, पछि कर्मकाण्डका विज्ञसँग सल्लाह लिँदा छोरीलाई कुनै बाधा नपर्ने बुझेपछि काजक्रिया शुरु भएको हो ।’ दिवङ्गत ताराका पति पत्रकार अर्यालले समाजका कतिपयले अझै पनि शास्त्रीयभन्दा परम्परागत चलनमा मात्रै विश्वास राख्दा रुढीवादी संस्कार हट्न नसकेको बताए ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक पण्डित ज्योतिषी सूर्यप्रसाद ढुङ्गेलले छोरीले काजक्रिया गर्न नहुने भन्ने व्यवस्था कतै पनि नभएको बताए । ‘छोराले मात्रै आफ्ना आमा–बुबाको काजक्रिया गर्नुपर्छ भन्ने चलन चलिआएको हो, छोरीले गर्न हुँदैन भन्ने छैन’ –उनले भने– ‘अहिले त छोरा र छोरी समान दृष्टिमा हुने भएकाले पनि काजक्रियामा कुनै बाधा–अवरोध हुँदैन ।’

    ताराको गत चैत १३ गते क्यान्सर रोगका कारण निधन भएको थियो । केही समयअघि इलामकै सूर्योदय नगरपालिका–१२ को एक परिवारमा छोरीले नै आफ्ना बुबाको काजक्रिया गरेका थिए

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.