Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा बामपंथीहरुको आन्दोलनले मुलुक परिवर्तन सम्भव भएको होः ओली
    बिर्तामोड नगरपालिका

    झापामा बामपंथीहरुको आन्दोलनले मुलुक परिवर्तन सम्भव भएको होः ओली

    कनकाई खबरBy कनकाई खबर२०८० चैत्र १६, शुक्रबार ०८:२७ गते4 Mins Read

    बिर्तामोड \ नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बामपंथीहरुको आन्दोलनले मुलुकमा परिवर्तन सम्भव भएको बताएका छन् ।

    एमाले झापाको ११ औं जिल्ला अधिवेशनको उद्घाटन विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पञ्चायत विरुद्ध पात पनि नहल्लिने समयमा झापामा वामपंथीहरुले आन्दोलन सुरु गरेको स्मरण गरे । त्यहि आन्दोलनको जगबाट पार्टी निर्माण र मुलुकको परिवर्तन संभव भएको अध्यक्ष ओलीको भनाइ थियो । झापा आन्दोलनले झापाबासीको समेत शीर उच्च बनाएको स्मरण गर्दै अध्यक्ष ओलीले वामपंथी लोकतान्त्रिक आन्दोलनले परिवर्तनमा ठुलो योगदान गरेको बताए ।

    अध्यक्ष ओलीले भने– झापा लाल किल्ला रहन्छ, कसैले हात हाल्ने चेष्टा नगरे हुन्छ । गल्तीले जितेर जानेहरुले राष्ट्रको निमित्त कुनै काम गर्न सकेको छैन । होइन भने झापा १ नं. क्षेत्रमा गएर हेरे पुग्छ । अधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेको अहिलेको लक्ष्य भनेको मिसन ८४ रहेको बताए । मिसन ८४ मा देशभर एमालेको बहुमत हुने र समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा हुने उनको भनाई थियो ।

    कांग्रेस थोत्रे पार्टी भएको बताउँदै उनले अब कांग्रेससँग जनताले आश मारिसकेको धारणा राखेका थिए । जस्तो सुकै कठिन परिस्थितिमा समेत एमाले जनताको निमित्त बलियो ढंगले उभिने भन्दै एमालेमा गोलवन्ध हुन आग्रह गरे । अधिवेशनका लागि एक दिन अघि झापा आएका उनले जनताले भरोसा गरेको पार्टीमा एकता हुन जरुरी रहेको बताए । जिल्ला अधिवेशनलाई लक्षित गर्दै ओलीले भने – पार्टीभित्र आन्तरिक एकता र सहकार्य गर्ने हो । विरोधीहरु विरुद्ध मात्रै संघर्ष गर्नुपर्छ । पार्टी जीवनमा आन्तरिक संघर्षले पार्टीलाई क्षति पुग्ने उनको धारणा थियो ।

    ०८४ मा हरेक वडामा एमालेको सुर्य झण्डा फहराउनका लागि एमालेमा आन्तरिक एकता बलियो हुनुपर्ने बताएका हुन् । उनले निर्वाचनमा जाने, लोकतान्त्रिक केन्द्रियता नमान्नेहरु दुर्घटनामा पर्न सक्ने संकेत गरे । आफ्नो कामको मुल्याङकन गरेर मात्रै अघि बढ्न ओलीको निर्देशन थियो ।
    उनले कार्यकर्ताहरुलाई एकतावद्ध भएर अधिवेशन सम्पन्न गर्न आग्रह समेत गरेका छन् । निर्वाचन प्रक्रियालाई लामो बनाएर खर्च बढाउने काम नगर्न आग्रह गरेका छन् । उनले कन्द्रीय राजनीति नयाँ समिकरणबाट अघि बढेको जानकारी दिए । सरकार निर्माणमा गठबन्धन भएको होइन, उनले भने, यो नयाँ समिकरण हो । यसले जनताको निम्ति काम गर्नेछ ।

    कार्यक्रममा अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, पार्टी उपाध्यक्ष राम थापा बादल, अष्टलक्ष्मी शाक्य, झापा जिल्ला इञ्चार्ज विशाल भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    जिल्ला अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशनको कार्यतालिका अनुसार चैत १६ गते शुक्रवार विहान ८ बजेबाट बन्द शत्र सुरु हुनेछ । बन्दसत्रबाट प्रतिवेदन पास गरेपछि साँझसम्ममा नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन, १७ गते सर्वसम्मतिको प्रयास र १८ गते चुनाव गर्ने कार्य तालिका छ ।

    जिल्ला अध्यक्षकालागी कार्यवाहक अध्यक्ष पे्रम गिरी र शिव ढुङ्गेल आकांक्षी रहेका छन् ।पार्टीलाई हालको अवस्थासम्म ल्याउन योगदान गर्ने पार्टीका पूर्व जिल्ला प्रमुखहरू डिल्लीराम मैनाली (विनोद) काठमाडौँ, कालिदास श्रेष्ठ (चिन्तन) गौरादह ५, अमृतकुमार बोहरा काठमाडौँ ३, मनकुमार गौतम बिर्तामोड १, नरेश खरेल बिर्तामोड ५ र देवीप्रसाद ओझा काठमाडौँलाई कदरपत्र प्रदान गरिएको छ ।
    यसैगरी झापाको महिला आन्दोलनमा अग्रणी भूमिका खेल्ने नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौँ ३, अनेम संघ झापाको संस्थापक जिल्ला अध्यक्ष शोभा कुँवर काठमाडौं, पृथ्वी शोभा मैनाली काठमाडौँलाई सम्मान गरिएको छ ।

    यसैगरी पार्टी जीवनमा लामो समय व्यतित गरेका र हाल पनि सक्रिय रहेको ७० वर्षभन्दा माथि उमेरका अग्रजहरु सुमित्रा प्रसाई दमक १, सावित्रा खड्का, मेचीनगर ६ र जेष्ठ कम्युनिस्ट एवं ट्रेड युनियन कर्मी अन्तलाल धिमाल दमकलाई पनि कदर पत्र प्रदान गरी सम्मान गरिएको छ ।
    यस्तै, जिल्लाका स्थानीय कमिटीहरुमध्ये महिलाले नेतृत्व गरेको खुदनाबारी गाउँ कमिटीको तत्कालीन सचिव जानुका सिटौला शिवाकोटी काठमाडौँलाई सम्मान गरिएको थियो ।

    नेकपा एमाले झापाले एघारौँ जिल्ला अधिवेशनको अवसरमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको हातबाट झापाका दुई वटा उत्कृष्ट संस्थाहरू झापा इनर्जी लिमिटेड र तारा नमस्ते बालग्रामलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । यसैगरी लाहा उत्पादक किसान गौरादह २ हाँसखोरका डम्बरबहादुर विश्वकर्मा, दुग्ध उत्पादक किसान दमकका सुदिव गौतम, विभिन्न मेसिनरी सामान जोडेर जहाजको डेमो बनाई उडाउने उत्कृष्ट प्रतिभा बुद्धशान्तिका सविन बास्कोटा र गीत संगीतको क्षेत्रमा अब्बल प्रतिभा गायिका मेनुका पौडेललाई सम्मानित गरिएको छ ।

    नेकपा एमाले झापाको कार्यालय भवन रहेको जग्गामध्ये १ कठ्ठा दान गर्नुहुने पुराना कम्युनिस्ट नेता नन्दकुमार प्रसाई र अब बनाइने नयाँ भवनको लागि ५–५ कठ्ठा गरी १० कठ्ठा दान गर्ने डिल्लीराम सिटौला र उनकी छोरी बिनादेवी सिटौला डंगाललाई कदरपत्र प्रदान गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.