Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लायन्स क्लवले फेरी भेटौंला भन्दै डिएसपी कार्कीलाई गर्यो बिदाई
    कनकाई नगरपालिका

    लायन्स क्लवले फेरी भेटौंला भन्दै डिएसपी कार्कीलाई गर्यो बिदाई

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० चैत्र १६, शुक्रबार ०६:४८ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा एक कार्यक्रमका विच प्रहरी नायव उपरिक्षक (डिएसपी) सुरज कार्कीको विदाई गरिएको छ । फेरी भेटौंला कार्यक्रम मार्फत लायन्स क्लव अफ कनकाई सुरुङ्गाले डिएसपी कार्कीको सम्मान सहित विदाई गरेको हो ।

    आज भन्दा १४ महिना अघि २०७९को माघ २७ गते ईलाका प्रहरी कार्यालय बिर्तामोडको जिम्मेवारी सम्हाल्न आएका कार्कीको नुवाकोट जिल्ला प्रहरी कार्यालयमा सरुवा भएका कारण चाँडै झापाको प्रहरी प्रमुख (एसपी) को जिम्मेवारी सम्हाल्ने सफलता मिलोस भन्दै क्लवका संस्थापक अध्यक्ष एवं क्याबिनेट सेक्रेटरी लीलाप्रसाद चिमरीयाले शुभकामना दिए ।

    बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा रहँदा डिएसपी कार्कीले अपराध अनुसन्धानमा प्राप्त गरेको सफलता, विभिन्न आन्दोलनलाई शान्तिपूर्ण बनाउन र स्थानीय संघसंस्थाहरूसँगको भूमिका रचनात्मक रहेको भन्दै सम्मान सहित बिदाई गरिएको बताइएको छ ।

    लायन्सका क्याबिनेट सेक्रेटरी चिमरीयासँगै क्लवका पुर्व अध्यक्षहरु लायन रुपनारायण खतिवडा, सुरेन्द्र प्रधान, साजन थापा, मनोज बस्नेत, पत्रकार महासंघ कोशीका कार्यसमिति सदस्य लीलाराज झापाली, प्रेस चौतारी कोशी प्रदेशका कार्यसमिति सदस्य रामप्रसाद निरौला, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण भट्टराई, सुरुङ्गा ट्राफिक प्रहरी कार्यालय प्रमुख टंकप्रसाद दाहाल लगायतले विदाई भएर जाने प्रहरी प्रमुख कार्कीको कार्यकालमा अपराध नियन्त्रणमा महत्वपूर्ण भुमिका रहेको भन्दै प्रशंसा गरेका थिए ।
    लायन्सका तर्फबाट क्याविनेट सेक्रेटरी चिमरियाले डिएसपी कार्कीलाई नेपाली टोपी, खादामाला र मायाको चिनो प्रदान गरेका थिए । क्लवका पुर्व अध्यक्ष एवं प्रेस क्लव कनकाई सुरुङ्गाका सचिव मनोज बस्नेतले कार्यक्रमको सहजीकरण गरेका थिए ।

    रामेछाप घर भएका डिएसपी कार्की २०६४ देखी प्रहरी सहायक निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए । प्रहरी सेवामा रहँदा अनुसन्धानका क्षेत्रमा धेरै काम गरेका कार्कीले नेपालको ७वटै प्रदेशमा आफ्नो कार्यकुशलता देखाइसकेको बताए । न्युन जनशक्तिको बाबजुद पनि जनतासँग सामुदायिक प्रहरी कार्यक्रम संचालन गर्दै झापामा शान्तीसुरक्षा कायम गर्न साथै अपराध, अनुसन्धानका क्षेत्रमा समेत पाएको सफलतामा स्थानीय नागरिकको समेत महत्वपूर्ण भुमिका रहेको डिएसपी कार्कीले जानकारी दिए । अपराधका क्षेत्रमा जिल्लामा सबैभन्दा धेरै मुद्धा दर्ता हुने ईलाका प्रहरी कार्यालय विर्तामोडमा आफ्नो कार्यकालमा धेरै न्युनीकरण भएको डिएसी कार्कीले दाबी गरे । आफ्नो कार्यकालमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाको स्तर वृद्धि गर्ने काममा समेत पहल गरिएको डिएसपी कार्कीले जानकारी दिए ।

    डिएसपी कार्कीलाई बिर्तामोडमा समेत ४४ वटा संघसंस्थाहरुले संयुक्त रुपमा बिदाई तथा सम्मान गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा वाणिज्य संघको सभाहलमा आयोजित बिदाई समारोहमा डीएसपी कार्कीलाई सम्मानपत्रद्वारा सम्मान सहित बिदाई गरिएको वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.