कनकाई खबर \ ग्रील तथा स्टील व्यवसायी संघ झापाको अध्यक्षमा तेजेन्द्रप्रसाद उप्रेती सर्वसम्मत रुपमा चयन भएका छन् ।
झापाको सुरुङ्गास्थित होटल हिमालयन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा सम्पन्न भएको संघको प्रथम विशेष तथा दशौं वार्षिक साधारण सभावाट उप्रेतीसहित २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा विष्णुविचारी बोहोरा, उपाध्यक्षद्वयमा केवल कटुवाल र लक्ष्मी गौतम, महासचिवमा एकराज भट्टराई, सचिवमा हरिप्रसाद उप्रेती, कोषाध्यक्षमा माधवप्रसाद खतिवडा र सहकोषाध्यक्षमा छत्र खड्का चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा देवेन्द्र सङदाङ, अमुल्यचन्द्र मण्डल,मोतीलाल गजमेर, भोलानाथ कडरीया, पदमप्रसाद सुवेदी, दधीराम गजमेर, मेदनीप्रसाद प्रसाईँ, रोहित गजमेर, भीमप्रसाद बि.क., अबिरल राजवंशी, लक्ष्मी मण्डल, पुष्प थापा र सुवासचन्द्र सुवेदी चयन भएका छन् । संस्थाको महासंघका संगठन विभाग सदस्य एवम् १ नंं.प्रदेशका संयोजक खगेन्द्रप्रसाद प्रसाईलाई जिल्ला समिति झापाको सल्लाहकार संयोजकमा सर्वसम्मत रुपमा चयन भएको गृल तथा स्टिल व्यवसायी महासंघ नेपालका सदस्य अर्जुन बोहोराले वताएका छन् ।
संस्थाका अध्यक्ष खत्रीवहादुर लिम्बूले आफ्नो पदवाट राजीनामा दिएपछि विशेष साधारण सभामा निर्णयार्थ प्रस्तुत गरिएको प्रस्तावलाई सभाले अनुमोदन गरेपछि खाली हुन आएको जिम्मेवारीमा पदपुर्ति गरिएको संस्थाका सल्लाहकार संयोजक प्रसाईले वताएका छन् । त्यस्तै साधारण सभाको बन्द सत्रले सचिव एकराज भट्टराईको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष माधवप्रसाद खतिवडाको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको वताइएको छ ।
साधारण सभामा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै निवर्तमान अध्यक्ष समेत रहेका खगेन्द्र प्रसाईले झापामा ४ सय बढीको संख्यामा दर्ता भइ संचालनमा आएका प्रत्येक गृल व्यवसायवाट ५० जनासम्म बेरोजगार युवाहरुलाई रोजगार दिँदै आएको वताएका छन् । राज्यका तीनवटै तहले तोके अनुसार सरकारलाई कर तिर्दै आएका गृल व्यवसायीहरुवाट मुलुकको समृद्धिमा समेत थप टेवा पुगेको प्रसाईले वताएका छन् । दक्ष जनशक्ति उत्पादन गर्ने तालिम केन्द्रको रुपमा संचालित गृल तथा स्टील व्यवसायले काठको सामान प्रयोग गर्ने ठाउँमा फलाम तथा स्टीलवाट उत्पादित सामानका कारण वन विनाश कम हुनुका साथै वातावरणको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेलेकोे वताइएको छ ।
मुलुकको समृद्धिकालागि हरेक हिसावले महत्वपूर्ण भूमिका खेल्दै आएको ग्रील तथा स्टील व्यवसायप्रति सरकारको नीति स्पष्ट नभएका कारण दिनप्रतिदिन व्यवसाय असुरक्षित बन्दै आएको भन्दै गृल तथा स्टील व्यवसायीहरुले दुःख व्यक्त गरेका छन् । विना दर्ता संचालन गरिएका यस्ता व्यवसायको राज्यले अनुगमन गरेर कानुनी दायरामा ल्याउँनु पर्नेमा व्यवसायीहरुले जोड दिएका छन् ।
संस्थाका कार्यवाहक अध्यक्ष विष्णुविचारी बोहोराको सभापतित्व एवम् गृल तथा स्टील व्यवसायी महासंघ नेपालका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख ईश्वरवहादुर खड्काको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, संस्थाका इलाम अध्यक्ष दिनेश श्रेष्ठ, संस्थाको दमक शाखाका पूर्व कार्यवाहक अध्यक्ष नबिन सेड्याई, कनकाई उद्योग वाणिज्य संघका महासचिव तुलसी विमली लगायतले मन्तव्य राखेको कार्यक्रममा जिल्ला सदस्य मेदनीप्रसाद प्रसाईको स्वागत तथा जिल्ला सचिव एकराज भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।