Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विर्तामोडले चुम्यो प्रदेश स्तरिय भेट्रान कपको उपाधी
    कनकाई नगरपालिका

    विर्तामोडले चुम्यो प्रदेश स्तरिय भेट्रान कपको उपाधी

    कनकाई खबरBy कनकाई खबर२०८० चैत्र १३, मंगलवार २३:२२ गते3 Mins Read


    कनकाई खबर \ झापाको सुरुङगामा भएको कनकाई भेट्रान क्लब सुरुङ्गाको आयोजनामा भएको तेस्रो प्रदेश स्तरिय भेट्रान फुटवल प्रतियोगिताको उपाधी विर्तामोड भेट्रान क्लबले जितेको छ

    “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारासहित स्थानीय कनकाई माविको खेलमैदानमा सम्पन्न प्रतियोगिताको उपाधिकालागी आयोजक कनकाई भेट्रान क्लब र बिर्तामोड भेट्रान क्लब बिच मंगलबार भएको फाईनल खेलमा विर्तामोड भेट्रान क्लबले आयोजक कनकाई भेट्रान क्लबलाई १–० गोल अन्तरले हराउँदै उपाधी चुमेको हो । बिर्तामोडले उपाधि हात पारेसँगै यस अघिका दुवै संस्करणको उपाधी विजेता आयोजक कनकाईले उपविजेतामै चित्त बुझायो ।

    सुरुवातिबाटै बिर्तामोडले कनकाईलाई दवावमा राखेको खेलको पहिलो हाफको ३१ औ मिनटमा बीर्तामोडका जर्सी नं. ९ का खेलाडी लिलाराम मगरले गोल गर्दै बिर्तामोडलाई अग्रता दिलाए । खेलको दोस्रो हाफ प्रतिस्पर्धात्मक रह्यो । दोस्रो हाफमा लयमा फर्कीएको कनकाईले गोल गर्न धेरै कोसिस गर्यो तर सकेन अन्तत बिर्तामोडका लागि मगरले गरेको गोलनै निर्णायक बन्यो ।

    जित सङ्गै बिर्तामोड भेट्रानले नगद एकलाख १ हजार पुरस्कार , ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । पुरस्कार कनकाई नगर र्उा शिवाकोटी , कनकाई भेट्रान क्लबका अध्यक्ष श्याम राई , कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , सदस्य अनिल गोयल , नगर खेलकुद विकास समिति कनकाईका संयोजक जविन तिम्सिना लगायते प्रदान गरे ।

    त्यस्तै उपविजेता बनेको कनकाईले नगद ६५ हजार पुरस्कार , ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उक्त पुरस्कार क्लबका सल्लाहकार शेरबहादुर थापा , कनकाई माविका प्रअ कर्ण डागी , नेकपा समाजवादी पार्टीका नगर अध्यक्ष प्रतिक राजंशी , क्लबका संस्थापक अध्यक्ष राजेन्द्र खतिवडा , सचिव रमेश चन्द्र मैनाली कोषाध्यक्ष सन्तोष लिम्बू लगायतले प्रदान गरे ।

    नगद ५ हजार पुरस्कार र उत्कृष्ट गोल किपर बिर्तामोडका रुपक गुरुङ्ग घोषित भए उनले नगद पुरस्कार सहित गोल्डेन ग्लोब प्राप्त गरे ।
    खेलको म्यान अफ द सिरिज कनकाईका नन्दु हेमरम घोषित भए उनलाई अन्जेस

    प्रतियोगिताको समापन समारोहको अवसरमा आफ्नो जिवननै खेलमा समर्पण गरेका , खेलकै माध्यमबाट राष्ट्र साथै स्थानिय क्षेत्रको समेत गौरव बढाएका पुराना खेलाडी , हाल कनकाई नगरका खेल राजदुत सन्त रायमाझी , लामो समयदेखि निरन्तर खेलक्षेत्रमा रहदै आएका दिलकुमार कार्की , प्रतियोगिता भरी प्रथमिक उपचारको ब्यवस्थापन गर्ने न्योरो फार्मेसीका सन्चालक सरोज ठाकुर लाई क्लबले सम्मान गरेको छ ।
    सम्मानित सवैलाई समापन समारोहका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , नगर उपप्रमुख आशा शिवाकोटी लगायतले दोसल्ला ओडाई सम्मान पत्रबाट सम्मान गरेका थिए । नगरपालिकाको मुख्य आर्थिक सहयोग साथै कनकाईका वड क्डाँ, आयोजक सहित अन्य खेलप्रेमी व्यक्तित्वहरुबाट समेत प्राप्त सहयोगले सन्चालन भएको प्रतियोगिताको फाईनल खेल उद्घाटन समारोहका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए ।

    क्लबका अध्यक्ष श्यामकुमामर राईको अध्यक्षतामा सम्पन्न खेलमा राजनितीक दलका प्रमुख तथा प्रतिनिधि , सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , सुरक्षा कर्मी , खेल प्रेमी लगायतको आतिथ्यता रहेको थियो । कनकाई वडा नं. २ का वडा अध्यक्ष वलराम राईले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन क्लवका सल्लाहकार ज्योतिकुमार उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.