सांकेतिक तस्विर
झापा,चैत १२ । होली मनाएर पौडी खेल्न जाँदा कनकाई नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ ।
झापाको शिवसताक्षी ११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर शिवसताक्षी ११ श्रृष्टि टोल बस्ने १५ वर्षीय रविन श्रेष्ठको मृत्यु भएको हो ।उनी आज दिउँसो साढे २ बजेतिर साथीहरुसंग पौडी खेल्न गएका थिए ।
अरुले पनि पौडी खेलिरहेका ठाउँमा रविन पनि पौडी खेल्न गएको र नहरमा पस्नेबित्तिकै उनलाई बगाएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।
नहरले बगाई सोही वडाको साईफनस्थित नहरमा रहेको फलाममा अड्की लाश पानीमा डुबिरहेको अबस्थामा स्थानीयले देखेर ईप्रका झिलझिलेमा जानकारी गराएका थिए । किशोरको लाशलाई पानीबाट बाहिर निकाली पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले जानकारी दिए ।
