Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई छठ सेवा समाजले धुमधामसंँग मनायो होली पर्व
    कनकाई नगरपालिका

    कनकाई छठ सेवा समाजले धुमधामसंँग मनायो होली पर्व

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० चैत्र १२, सोमबार ००:३० गते2 Mins Read


    कनकाई खबर \ फागुन शुक्ल पूर्णिमाका दिन मनाईने फागु पूर्णिमा अर्थात होली पर्व आइतबार हिमाली र पहाडी क्षेत्रमा धुमधामसँग मनाइएको छ ।

    आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो। फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलो मात्र गरिँदैन, नाचगान पनि गरिन्छ ।

    यसै क्रममा हरेक वर्ष होली पर्वलाई धुमधामसँगले मनाउँदै आएको कनकाई छठ सेवा समाजले यस पटक समेत साझा पर्वका रुपमा होली मिलन कार्यक्रम सम्पन्न गरेकोछ । समाजका अध्यक्ष विजयकुमार शर्माको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको होली मिलन विशेष कार्यक्रम आफ्नै सामुदायिक भवनमा सम्पन्न गरेको हो \

    होली मिलन कार्यक्रमका अवसरमा छठ समाजले एकजना जेष्ठ माता र एक जेष्ठ पुरुषलाई विशेष सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा छठ समाजका निवर्तमान अध्यक्ष राजकिशोर चौधरीकी ममतामयी माता ७५ वर्षिय सुकनीदेवी चौधरी र ६० वर्षिय मन्नु कारक रहेका छन् । सम्मानित दुवैजनालाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल साथै उपप्रमुख आशा विकोटी , कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ लगायतले सम्मान पत्र, दोसल्ला र अविर लगाइदिएर सम्मान गरेका हुन ।

    ्हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।

    होली पर्वका अवसरमा उपत्यकासहित पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।
    तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भने सोमबार मात्रै होली पर्व मनाइन्छ । ती जिल्लामा सोमबार बिदा दिइएको छ ।

    कार्यक्रम संयोजक समाजकी कोषाध्यक्ष पुष्पा पण्डीतले सहभागीहरुलाई स्वागत गरेको कार्यक्रममा संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै होली पर्वको महत्वका बारेमा जानकारी दिएका थिए । विभिन्न साँस्कृतिक प्रस्तुती समेत रहेको कार्यक्रमको संचालन महासचिव रविन्द्र गुप्ताले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.