Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपालमै पहिलो पटक कनकाईमा सुरु भयो ‘कता हो’ डिजिटल ठेगाना प्रणाली
    कनकाई नगरपालिका

    नेपालमै पहिलो पटक कनकाईमा सुरु भयो ‘कता हो’ डिजिटल ठेगाना प्रणाली

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० चैत्र ११, आईतवार २१:५१ गते4 Mins Read

    कनकाई खबर \ नेपालमै पहिलो पटक झापाको कनकाई नगरपालिकामा ’कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणाली सञ्चालनमा आएको छ ।

    कनकाई नगर क्षेत्रमा क्रमिक रुपले भएको विकासको गतिसँगै दिनप्रतिदिन नगरका टोल, बस्तीहरुमा जनघनत्व बढ्दै गएका कारण अन्य स्थानबाट यहाँ आउने व्यक्तिहरूलाई आफन्तको घर पत्ता लगाउन कठिन हुँदै गएको भन्दै डिजिटल प्रणाली संचालनमा ल्याइएको हो । क्रमिक रुपले समस्या जटिल बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै घर ठेगाना पत्ता लगाउन सहज होस् भन्ने उद्येश्यका साथ कनकाई नगरपालिकाले वडा नं.७ बाट डिजिटल प्रणाली एप अन्तरगत ‘कता हो’ नामक एपको प्रयोग शुभारम्भ गरेको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरको वडा नं.७, दुर्गापुर स्थित सामुदायिक भवनमा एक संक्षिप्त कार्यक्रमका विच एप जडान गरी ’कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणालीको शुभारम्भ गरेका हुन् । कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, स्थानीय वडाका वडाअध्यक्ष भिष्मभुषण सिटौला सहित वडाका जनप्रतिनिधिहरु, दुर्गापुर सामुदायिक भवनका अध्यक्ष अमृत योङहाङ, टोल विकास संस्थाका प्रतिनिधि, दुर्गापुर बजार व्यवस्थापन समिति, विभिन्न संघसंस्था सहित स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितीमा नयाँ प्रविधिको शुभारम्भ गरिएको हो ।

    यस प्रणालीको सहायताले जुनसुकै पनि ठाउँ पत्ता लगाएर त्यहाँसम्म सजिलै पुग्न सकिने भएको छ । यो प्रणालीलाई नक्शा नभएर जुनसुकै नक्शामा प्रयोग हुने अपरिहार्य पूर्वाधार भएको कम्पनीका प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिमालले कनकाई खबरलाई जानकारी दिए । रिमालको भनाई अनुसार यो प्रणाली सुरुवात गर्ने स्थानीय तह कनकाई नगरपालिका देशमै पहिलो नगरपालिका हो ।

    “देशको जुनसुकै ठाउँको पनि डिजिटल ठेगाना तयार गर्न सकिने ‘कता हो’ ग्रिडमा आधारित ठेगाना प्रणाली हो,” प्रविधि अनुसन्धानकर्ता रिमालका अनुसार, “यो प्रणाली पाँच मिनेटमै आफ्नो घरको ठेगाना प्लेट तयार गर्न सकिने अत्याधुनिक डिजिटल ठेगाना प्रणालीको सफ्टवेयर तथा एप्लिकेसन हो ।” नेपालको ठेगाना प्रणालीलाई व्यवस्थित गर्ने उद्धेश्यसहित नवप्रवर्तनको क्षेत्रमा काम गर्दै आएको रामलक्ष्मण ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले यो प्रविधि सार्वजनिक गरेको हो ।

    प्रविधि अनुसन्धानकर्ता रिमालका अनुसार केही समयभित्रै नेपालका हरेक घरले घर ठेगाना प्लेट तयार गर्न सक्नेछन् । यसका लागि देशको सम्पूर्ण भूभागलाई करिब १५ अर्ब दुई करोड प्लट (टुक्रा)मा विभाजन गरी हरेक टुक्राका लागि नेपाली शब्द र अङ्क मिलाएर एउटा भिन्न नाम दिइएको छ । त्यसरी तयार हुने नामहरू नदोहोरिने, बरु सम्झिन र अरुलाई भन्न सजिलो हुने बताइएको छ ।

    केके छन् विशेषता ?

    आफ्नो ठेगाना बनाउन र पत्ता लगाउन यो प्रणालीले अफलाइनमा समेत काम गर्न सक्नेछ । प्लेटफर्मबाट जोसुकैले आफ्नो घरको ठेगाना प्लेट बनाउन तथा बनाएर आफैं टाँस्न पनि सक्नेछन् । यस प्रणालीमा ‘कता हो’ कोड, गुगलको प्लस कोड, डोर बेल बजाउने क्यूआर, आफ्नो निवासको नाम आफैं राख्न सकिने जस्ता विशेषता भएको कम्पनीले जनाएको छ ।

    यसबाट घर नम्बर प्लेटमा एकरुपता दिन सकिने साथै प्लेटको स्वामित्व प्रयोगकर्तालाई नै दिइने भएकाले जहिल्यै पनि आफ्नो प्लेट अध्यावधिक राख्न सकिने बताइएको छ । त्यस्तै नेपाल सरकार, सहरी विकास मन्त्रालय तथा टोल विकास समितिबाट राखिएका घरका नम्बर समेत यो डिजिटल ठेगाना प्रणालीमा राख्न सकिने जनाइएको छ । चार वर्षको अनुसन्धानपछि विकास भएको ‘कता हो’ मोबाइल एप तथा वेबबाट चलाउन सकिने छ ।
    कनकाई नगरपालिकाले ‘कता हो’ प्रणाली सुरु गर्नको लागि वडा नम्बर ७ मा १४ दिन अघि बाट डिजिटल घरधुरी संख्या अद्यावधिक गर्न सुरु गरेको वडाअध्यक्ष भिष्मभुषण सिटौलाले जानकारी दिए । वडासमितिले हालसम्म १ हजार १९४ घरको नम्बर तयार पारिसकेको वडाअध्यक्ष सिटौला बताउँछन् ।

    कनकाई नगरपालिकाले नगरलाई डिजिटल प्रविधि मैत्री नगर बनाउने अभियान अन्तरगत कार्यपालिका कार्यलयलाई डिजिटल मैत्री बनाई सकेको छ, अब कनकाईका हरेक घरलाई डिजिटल प्रणालीमा जोड्ने अभियान सुरु भएको नगर प्रमुख पोखरेलले बताए । ‘कता हो’ प्रणाली शुभारम्भ कार्यक्रममा नगर प्रमुख पोखरेलले भने ‘१२ वर्ष अघि फ्रान्स भ्रमणमा गएको वेला गाडीमा चढेपछि आफू पुग्ने घर सम्म पुग्न डिजिटल प्रणालीले बाटो देखाएको थियो, त्यो वेला यो प्रविधि देख्दा म अचम्म परेको थिएँ । आज त्यही प्रविधि, प्रणाली आफ्नै नगरमा सुरु गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ ।’

    घर घरमा डिजिटल नम्बर प्लेट टाँस गर्न एउटा प्लेट वापत ६ सय रुपैयाँ खर्च आएको बताइएको छ । तर नगरपालिकाले नागरिकको थोरै भएपनि साझेदारीमा प्रविधि प्रयोगको महत्व र आवश्यकता सँगै अपनत्व बोध गराउन १ सय रुपैयाँ मात्र लिने अरु खर्च नगरपालिकाले व्यहोर्ने बताइएको छ ।नगर प्रमुख पोखरेलको अध्यक्षतामा सम्पन्न शुभारम्भ कार्यक्रमको सञ्चालन नगरपालिकाका आईटी प्रमुख खगेन्द्र मिश्रले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.