Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कडरिया बन्धु सेवा समाजको महायज्ञ सम्पन्न ,२५ लाख आम्दानी
    कनकाई नगरपालिका

    कडरिया बन्धु सेवा समाजको महायज्ञ सम्पन्न ,२५ लाख आम्दानी

    कनकाई खबरBy कनकाई खबर२०८० चैत्र १०, शनिबार १५:०८ गते3 Mins Read

    कनकाई खबर \ कडरिया बन्धु सेवा समाज झापा–मोरङ समितिको आयोजनामा सम्पन्न भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट २५ लाख नगद आम्दानी भएको छ ।

    पितृ उद्धारका लागि लगाइएको महायज्ञबाट उठेको रकमबाट बन्धु भवन विस्तार गर्ने योजना बनाइएको छ । महायज्ञमा केन्द्रीय समितिका अध्यक्ष प्रभाखर कडरिया लगायत केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी, केन्द्रीय परिषद्का प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कनकाई–४ स्थित कनकाईधाम धार्मिक विकास संस्था कोटीहवन परिसरमा निर्मित कडरिया बन्धु समाज भवनमा चैत ३ गतेदेखि सञ्चालित महायज्ञमा केन्द्रीय अध्यक्ष प्रभाखर कडरिया, केन्द्रीय परिषद् सदस्य कमलप्रसाद कडरिया, कडरिया बन्धु वंशावली सङ्कलन तथा लेखन समितिका संयोजक मेदिनीप्रसाद कडरिया, केन्द्रीय उपाध्यक्ष खेमनाथ कडरिया, अग्निप्रसाद कडरिया (धाइजन), प्रकाश कडरिया (इलाम), राजकुमार कडरिया, कृष्णप्रसाद कडरिया, नवीन कडरिया, डा. युवराज कडरिया, डिल्लीराम कडरिया, कैलाश कडरिया, दीपेन्द्र कडरिया लगायत ३ सय ५० बन्धुलाई पुराण सम्पन्न गर्न पुर्याएको सहयोग र बन्धु समाजको उन्नयनकालागि गरेको योगदानका लागि विशेष सम्मान गरिएको थियो ।

    महायज्ञमा ८ जनाको शुभउपनयन र २ जनाको गुन्युचोली कार्यक्रम सम्पन्न भएको थियो । कडरिया बन्धु सेवा समाज केन्द्रीय समिति, विभिन्न जिल्ला समिति तथा प्रदेश समिति लगायत सम्पूर्ण बन्धुबान्धव तथा चेलीबेटीको साथसहयोग रहेको पुराण सोचेअनुरुप सफल र फलदायी भएको कडरिया बन्धु सेवा समाज झापा–मोरङ समितिका अध्यक्ष वीरेन्द्र कडरियाले बताए । ‘श्रम–सीप–समुन्नति’ मूल नाराका साथ स्थापित कडरिया बन्धु सेवा समाजले बन्धुबान्धवका हितमा विविध कार्यक्रम गर्दै आएको छ । सो महायज्ञमा विर्तामोड र कनकाई नगर क्षेत्रका गायत्री कीर्तन मण्डली, विराट सरोवर शिव कीर्तन मण्डली, सूर्योदय कीर्तन मण्डली लगायतका १ दर्जन बढी भजनकीर्तन मण्डलीको सहभागिता रहेको थियो ।

    पितृउद्धार, भवनमा थप सुविधा थप्न र अत्रि गोत्रीय कडरिया बन्धुको एकतालाई अभिवृद्धि गर्दै कनकाईधाम क्षेत्रमा रहेका समस्त अन्य बन्धुबान्धवसँगको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको र सो महायज्ञमा व्यासाचार्य ताराप्रसाद कुइँकेलको प्रमुख वाचकत्व, दीपक भट्टराईको उपवाचकत्व, विक्रमश्री बाँस्तोला र जानुका बाँस्तोलाको संगीत संयोजन रहेको सहसचिव कैलाश कडरियाले जानकारी दिए । केन्द्रीय सचिव भूपेन्द्र कडरिया, सिद्धिङ्वा गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर कडरिया, सिद्धिङ्वा गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी कडरिया (वन्दना), पूर्व केन्द्रीय उपाध्यक्ष मुकुन्द कडरिया, रामेछाप जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद कडरिया लगायतको महायज्ञ सफल बनाउन महत्त्वपूर्ण भूमिका रहेको थियो ।

    श्रीमद्भागवत सप्ताह महापुराणका मूलसमितिका संयोजक पूर्व अध्यक्ष गणेशप्रसाद कडरियाले पुराण सम्पन्न गर्न स्वदेशका मात्र होइन, भारत, अमेरिका, इजरायल लगायत प्रवासका बन्धुबान्धवबाट पनि ठूलो सहयोग रहेको बताए । महायज्ञ सम्पन्न गर्न कमलप्रसाद कडरियाको संयोजकत्वमा सञ्चार उपसमिति, कैलाश कडरियाको संयोजकत्वमा खानपिन व्यवस्थापन उपसमिति, गोपालप्रसाद कडरिया (गोपालगुरु) को संयोजकत्वमा मण्डप व्यवस्थापन उपसमिति, लयप्रसाद कडरियाको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, राधिका कडरियाको संयोजकत्वमा भजनकीर्तन समन्वय उपसमिति, ज्ञानु कडरियाको संयोजकत्वमा टेन्ट व्यवस्थापन उपसमिति क्रियाशील रहेको केन्द्रीय समितिका अध्यक्ष सामाजिक व्यक्तित्व प्रभाखर कडरियाले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.