Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आफ्नो घरपरिवारलाई बुझेर मात्र उद्यमी बन्न उपप्रमुख शिवाकोटीको सुझाव
    कनकाई नगरपालिका

    आफ्नो घरपरिवारलाई बुझेर मात्र उद्यमी बन्न उपप्रमुख शिवाकोटीको सुझाव

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० चैत्र ९, शुक्रबार २१:४५ गते3 Mins Read

    धमाधम सिप सिकेर स्वरोजगार बन्दै कनकाईका महिला
    कनकाई खबर / ‘उद्यमी बन्नुहोस् तर आफ्नो घर परिवारलाई राम्ररी बुझेर मात्र अघि बढ्नुहोस्…।’

    झापाको कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले सम्पूर्ण महिलाहरुलाई लक्षित गरेर दिएको यो सुझाव पुरुषहरुकालागी पनि उत्तिक्कै उपयोगी छ ।

    कनकाईको वडा नं.८ स्थित लक्ष्मीनारायण सामुदायिक भवनमा संचालन भएको चार दिने डल्ला साबुन तथा सरफ बनाउँने तालिमको समापन विशेष समारोहलाई कार्यक्रमको प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै उपप्रमुख शिवाकोटीले उद्यमी बन्न चाहनेले आफ्नो घरपरिवारलाई बुझेर मात्र अघि बढ्न सुझाव दिएकी हुन् ।

    संस्कार सहितको शिक्षा आजको अनिवार्य आवश्यक्ता भएकाले आफ्ना वालवालिका सहित परिवारको भावना बुझेर मात्र अघि बढ्नु पर्नेमा उपप्रमुख शिवाकोटीको जोड थियो । फुर्सदको समयलाई सीपमूलक काममा लगाइयो भने जीविकोपार्जनमा सहयोग पुग्ने भन्दै उपप्रमुख शिवाकोटीले सुरुमै कमाइ नभए पनि निरन्तर लाग्न सके सफलता हात पार्न सकिने विश्वास व्यक्त गरिन् । आफ्नो हातमा भएको सिप स्थायी लाइसेन्स जस्तै हो, जहाँ जतिबेला पनि प्रयोगमा आउँन सक्ने भन्दै उपप्रमुख शिवाकोटीले सिप सिकेर उद्यम गर्न चाहनेले स्थानीय सरकारसँग सोझै सम्पर्कमा आउँन अनुरोध गरिन् ।

    महिला सिप विकास तालिम कार्यक्रम उपभोक्ता समितिकी अध्यक्ष रीता पुरी गिरीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा कनकाई वडा नं.८ का अध्यक्ष लीलावहादुर कटुवालले जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हाले यता महिला लक्षीत कार्यक्रमले प्राथमिकता पाउँन थालेपछि सिप बिकासका कार्यक्रममा महिलाहरुको सक्रियता बढेको बताए ।

    केही वर्ष अघि चुलोचौको र पानीपँधेरामा सीमित हुँदै आएका अधिकांश ग्रामिण क्षेत्रका महिलाहरु आयआर्जन गरी आत्मनिर्भरको बाटो बनाउँने उद्येश्यका साथ यतिबेला सीप सिकेर स्वरोजगार बन्ने अभियानमा सक्रिय देखिएको वडाअध्यक्ष कटुवाल बताउँछन् । स्थानीय पालिकाबाट महिला लक्षित कार्यक्रमकालागी छुट्टै बजेटको व्यवस्थापन हुन थालेपछि आयआर्जनकालागी महिलाहरुले सिप साथै क्षमता विकासमा चासो दिन थालेका हुन् । यसै क्रममा कनकाई वडा नं.८ को आर्थिक सहयोगमा चार दिवसीय डल्ला साबुन तथा सरफ बनाउँने तालिम सम्पन्न भएको हो । तालिमबाट ४० बढी महिला लाभान्वीत भएको प्रशिक्षक निर्मला चौहान भण्डारीले जानकारी दिएकी छन् ।

    चार दिवसीय तालिममा भण्डारीसँगै रुद्रप्रसाद भट्टराईले समेत सहजीकरण गरेका थिए । वडामा भएका ८ वटा टोलबाट प्रतिनिधित्व हुने गरी महिलाहरुको सहभागीता रहेको वडाकी महिला जनप्रतिनिधि रीता उप्रेतीले जानकारी दिएकी छन् ।

    तालिममा सहभागीहरु कुमारी भट्टराई, कल्पना तिम्सिना लगायतले खाली समयमा सामग्री बनाएर आर्थिक रुपमा महिलाको जीवनस्तर उकास्न तालीम सहयोगी बन्न सक्ने विश्वास व्यक्त गरे । तालिममा सहभागीहरुले भने, “यो तालिमले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ, सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने विश्वास गरिएको छ ।” यसका साथै उत्पादन भएका सामाग्रीहरुको बजारीकरणका विषयमा स्थानीय सरकारले समन्वय गर्ने बताइएको छ ।

    आयोजक समितिकी सदस्य कमला संग्रौलाले स्वागत साथै सचिव विष्णुमाया खतिवडाले संचालन गरेको समापन समारोहमा वडाका जनप्रतिनिधिहरु कार्यपालिका सदस्य चेता राई, वडासदस्यहरु रीता उप्रेती, बलभद्र ढुंगेल, कविता बिक, भक्तबहादुर बिष्ट, वडासचिव ईन्द्र बजगाईँ , पुर्वजनप्रतिनिधि सुनिता खरेल सिग्देल लगायतको उपस्थिती रहेको बताइएको छ ।

    यसै गरी कनकाईको वडा नं.९ मा समेत अपाङ्गता भएका व्यक्तिहरुकालागी संचालन भएको ५ दिने गुडिया बनाउँने तालिमको समापन भएको छ । कनकाई अपाङ्गता समावेशी संस्थाका अध्यक्ष पुष्पलाल घिमिरेको अध्यक्षतामा सम्पन्न तालिममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई वडा नं.९ का वडाअध्यक्ष राजेन्द्र उप्रेती, अपाङ्गता भएका रघुनाथ उप्रेती, अभिभावक योगमाया कार्की लगायतले तालिममा सिकेका कुरा व्यवहारमा प्रयोग गर्नु पर्ने बताए ।

    स्थानीय मुना राईले प्रशिक्षण दिएको तालिमबाट १३ जना लाभान्वीत भएको जनाइएको छ । तालिममा सहभागी अपाङ्गता भएका व्यक्तिहरुले अवसर पाउँदा सपाङ्गहरुले जस्तै काम गर्न पछि नपर्ने प्रतिवद्धता जनाएका थिए । तालिम कार्यक्रम वडासमितिको आर्थिक सहयोगमा सम्पन्न भएको कनकाई नगरपालिकाकी महिला, बालबालिका तथा अपाङ्गता शाखाकी प्रमुख टिका खतिवडाले जानकारी दिइन् । ढुण्डीराज कोइरालाले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन रेणुका कटुवालले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.