Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा सेवा केन्द्रले मनायो स्वर्णलक्ष्मी साकोसको १५ औं स्थापना दिवस
    कनकाई नगरपालिका

    सुरुङ्गा सेवा केन्द्रले मनायो स्वर्णलक्ष्मी साकोसको १५ औं स्थापना दिवस

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० चैत्र ९, शुक्रबार ०९:११ गते2 Mins Read

    कनकाई खबर \ झापाको दमकमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा सेवा केन्द्रले विविध कार्यक्रमका साथ संस्थाको १५ औं स्थापना दिवस मनाएको छ ।

    सुरुङ्गास्थित जेसीज भवनमा सम्पन्न संस्थाको स्थापना दिवसका अवसरमा सेवा केन्द्र अन्तर्गत सदस्य शिक्षा, स्वास्थ्य परिक्षण, सदस्य सम्मान तथा पुरस्कार वितरण गरिएको छ । संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षता एवं कनकाई वडा नं.३ का अध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्यमा सम्पन्न स्थापना दिवसका अवसरमा सेवा केन्द्र अन्तर्गत कारोबार गर्ने सदस्यहरु मध्ये उत्कृष्ट कारोबार गर्ने चेतनकुमार प्रसाई, धनकुमारी प्रधान, निरोज सुवेदी, अनिता अग्रवाल र ऋषिकेश मैनालीलाई सम्मान गरिएको छ ।

    त्यस्तैं संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कनकाई—३स्थित जनचेतन आधारभुत विद्यालयका गरिव तथा जेहेन्दार ३० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ । स्थापना दिवसकै अवसरमा स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । दमकस्थित आमा डेन्टल अस्पतालको प्राविधिक सहयोगमा भएको दन्त परीक्षण शिविरमा ६० जना सदस्यले सेवा लिएको बताइएको छ । कार्यक्रममा स्वर्णलक्ष्मी साकोसका प्रमुख कार्यकारी अधिकृत कमल घिमिरेले सुरुङ्गास्थित सेवा केन्द्रका सदस्यहरुलाई प्रोजेक्टर मार्फत संस्थाको गतिविधि सहित सहकारी सदस्य शिक्षा सम्बन्धी सहजिकरण गरेका थिए ।

    संस्थाको गतिविधि प्रस्तुत गर्दै घिमिरेले संस्थाले सेयर सदस्यहरुकालागि बिप्रेशण सेवा, स्वर्णलक्ष्मी मोवाइल बैंकिङ सेवा, पूर्ण तथा व्यवसायीक साकोस बिकास कार्यक्रम, एकीकृत ब्यवस्थापन सुचना प्रणाली , सीप मुलक तालिम, सुत्केरी राहत खर्च, सदस्य मृत्यु राहत, दीर्घरोग राहत, शल्यक्रिया उपचार खर्च ,आर्थिक लगानी लगायत संस्थाले अवलम्बन गरेका विविध कार्यक्रमहरुको बारेमा जानकारी गराएको संस्थाका सुरुङ्गा सेवा केन्द्र प्रमुख बिनोद घिमिरेले जानकारी दिए । प्रधान कार्यालय दमकमा रहेको संस्थाले हाल सम्म झिलझिले, गौरादह, उर्लाबारी र सुरुङगामा सेवा केन्द्र संचालन गरी सेवा दिइरहेको बताइएको छ ।

    सेवा केन्द्र सञ्चालन उपसमिति सदस्य भरतकुमार ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष चम्लागाई, कनकाई नगरपालिकाका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल, भगवती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेम प्रसाईं, दोमुखा बहुउद्येश्यीय साकोसकी प्रतिनिधि गोमादेवी निरौला ढुङ्गेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    झापा सहित मोरङमा समेत आफ्नो सेवा विस्तार गर्दै आएको स्वर्णलक्ष्मी साकोसले यसअघि, मोरङको उर्लाबारीस्थित सेवा केन्द्रमा १५औं स्थापना दिवस मनाएको बताइएको छ । यसैगरी क्रमिक रुपले शुक्रबार शिवसताक्षीको झिलझिले सेवा केन्द्रमा र शनिबार गौरादहस्थित सेवा केन्द्रमा स्थापना दिवस मनाइने कार्यक्रम तय भएको बताइएको छ । संस्थाले चैत ११ गते दमकस्थित सहकारी संस्थाको प्रधान कार्यालयमा विशेष कार्यक्रमका विच स्थापना दिवस मनाउँने कार्यक्रम रहेको प्रमुख कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.