Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » महिलालाई आत्मनिर्भर बनाउँने अभियानमा कनकाई नगरपालिका
    कनकाई नगरपालिका

    महिलालाई आत्मनिर्भर बनाउँने अभियानमा कनकाई नगरपालिका

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० चैत्र ८, बिहीबार ०७:१० गते4 Mins Read

    कनकाई—३ मा साबुन, हर्पिक र फिनेल उत्पादन तालिमबाट ९२महिला लाभान्वीत
    कनकाई खबर \ झापाको कनकाई –३ स्थित वडा कार्यालयमा महिलाहरुकालागी भएको सात दिने क्षमता विकास अन्तर्गतको साबुन, हर्पिक र फिनेल उत्पादन तालिमबाट ९२ महिला लाभान्वीत भएका छन् ।

    सीप सिकेपछि सानो लगानी गरेर आय–आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य सहित वडा कार्यालयले आयोजना गरेको क्षमता विकास सम्बन्धि प्रयोगात्मक तालिमबाट वडाबासी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वीत भएका हुन् । तालिममा सहभागीभएर स्वरोजगार बन्न चाहनेलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले तालिममा समय बिताउँने मात्र उद्येश्य नराखी सिकेका कुरा व्यवहारमा उतार्न सहभागीहरुलाई अनुरोध गरे । नगर प्रमुख पोखरेलले तालिममा प्रशिक्षकका रुपमा आएका प्राविधिकहरुलाई समेत सुरुवाती अवस्थामै थप जिम्मेवार बनेर कार्य सम्पादन गरिदिन अनुरोध गरेका थिए । सोही अनुरुप तालिमको परिणाम उपलव्धीमुलक देखिएको बताइएको छ ।

    मानवजीवनमा दैनिक उपभोग्य सामाग्रीका रुपमा रहेका साबुन, फिनेल र हर्पिक जस्ता सामाग्री उत्पादन गर्ने तालिम अन्य परम्परागत तालिमभन्दा केही फरक भएकाले सिप सिकेर स्वरोजगार बन्न सहभागीहरुलाई नगर प्रमुख पोखरेलले सुझाव दिए । पछिल्लो समय दैनिक आहार बिहारमा सन्तुलन कायम हुन नसक्दा कनकाई नगर क्षेत्रमा समेत क्यान्सर रोगीको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थालाई मध्यनजर गर्दै हरेक व्यक्तिले अब आफ्नो दैनिकीलाई परिवर्तन गर्नु पर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।

    यस किसिमको रोगलाई निर्मूल गर्नकालागि समेत प्राकृतिक जडीबुटीबाट बनेको साबुन, फिनेल, हर्पिक जस्ता दैनिक उपभोग्य सामाग्री लाभदायी हुने कुरामा जोड दिँदै कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले बेरोजगार भएर खेर गइरहेको समय समेत सदुपयोग हुने भएकाले तालिमलाई उपलब्धीमुलक बनाउँन अनुरोध गरेकी छन् । यस्तो अवस्थामा प्राकृतिक साबुन, घरायसी प्रयोग र उद्यमको रूपमा धेरै उत्पादन गर्न सके बजारीकरण गरी राम्रो आम्दानी गर्न सकिने उपप्रमुख शिवाकोटीको सुझाव थियो ।

    मेचीनगरस्थित सहयोगी नेपालको प्राविधिक सहयोग रहेको तालिम कनकाई नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष युवराज चम्लागाईँको अध्यक्षतामा संचालन भएको हो । वडामा क्रियाशील १३ वटा टोल विकास संस्थाका प्रतिनिधि सहित विभिन्न महिला समुहका सदस्यहरुलाई घरायसी रुपमा दैनिक प्रयोग हुने सामाग्री उत्पादनलाई तालिममा प्राथमिकता दिइएको वडाअध्यक्ष चम्लागाईँ बताउँछन् । जुन सामाग्री बाहिरबाट महङ्गो मुल्यमा किन्नबाट रोक्न र महिलाहरुलाई व्यवसायिक रुपमा सहज उत्पादन गर्न सक्ने उद्देश्य सहित तालिम आयोजना गरिएको वडाअध्यक्ष चम्लागाईँले जानकारी दिए ।

    तालिममा सहभागीहरुले सिकेको सिपलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिँदै वडाअध्यक्ष चम्लागाईँले उत्पादन गरेका चीजहरुको बजारीकरणमा वडा समिति साथै कनकाई नगरपालिकाको कार्यालयले जिम्मेवारी लिने प्रतिवद्धता जनाए ।

    वडामा महिलालक्षित क्षमता विकास तालिमबाट अघिल्लो वर्ष पनि २२ जनामहिलालाई ड्राइभिङ तालिमदिएको बताइएको छ । यस पटकको क्षमता विकास तालिमबाट नगर क्षेत्रमै सबै भन्दा बढी महिला लाभान्वीत भएको कार्यपालिका सदस्य कृष्णमाया भुजेलले जानकारी दिएकी छन् । वडा कार्यालयको सभाहलमा सातदिन सम्म संचालन भएको तालिमबाट महिलाहरुलाई उद्यमशिल बन्न थप सहयोग पुगेको भन्दै कार्यपालिका सदस्य भुजेलले तालिममा भएको महिलाहरुको उत्साहजनक सहभागीताप्रति खुशी व्यक्त गरिन् ।

    मानिसलाई हरेक पलपलमा अतिआवश्यक पर्ने साबुन, फिनेल र हर्पिक जस्ता चिजहरु आफ्नै घरमा हरेक मानिसले सहजै बनाउँन सक्ने भएकाले मानव स्वास्थ्यमा समेत कुनै असर नपार्ने भन्दै प्राविधिक सहयोगी संस्था सहयोगी नेपालकी प्रतिनिधि प्रशिक्षक गीता शाक्यले यसको कच्चा पदार्थको मात्रा मिलाएर सामाग्री उत्पादन गर्न सकेमा अत्यन्तै उपयोगी हुने बताएकी छन् ।अन्य धेरै स्थानमा यस किसिमको प्रशिक्षण प्रदान गरेको भएपनि यति धेरै संख्यामा कनकाईमा भएको प्रशिक्षण अत्यन्तै उपलब्धीमुलक महशुस भएको प्रशिक्षक शाक्यले प्रतिक्रिया दिएकी छन् ।

    तालिममा सहभागीहरु मध्ये सकुन्तला इङनाम, निरा सिटौला, मीना दहाल, पार्वता खतिवडा, टिकादेवी भण्डारी लगायतले तालिमबाट आँफूहरुमा हौसला जागेको बताए । वडा कार्यालय साथै नगरपालिकाबाट बजारीकरण सहित आवश्यक सहयोग प्राप्त हुन सकेमा तालिमबाट सिकेको सिपलाई निरन्तरता दिएर अघि बढ्ने सहभागीहरुले प्रतिवद्धता जनाएका छन् ।

    कार्यपालिका सदस्य कृष्णमाया भुजेलले स्वागत एवं वडा सदस्य गोविन्द सुवेदीले संचालन गरेको तालिमको समापन कार्यक्रममा प्राविधिक सहयोगी संस्था सहयोगी नेपाल मेचीनगरलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने संस्थाको तर्फबाट समेत वडासमिति साथै कनकाई नगरपालिकालाई प्रशंसा पत्र सहित मायाको चिनो प्रदान गरेको बताइएको छ ।

    कार्यक्रममा कार्यपालिका सदस्य नवलकिशोर दत्त, सहयोगी नेपालका अध्यक्ष दयालाल राजवंशी, प्रशिक्षक गीता शाक्य, सुरुङ्गा बजार टोल बिकास संस्था एवं कनकाई माविका अध्यक्ष चन्द्र प्रसाईँ, महिला सहकारीकर्मी रेणुका खतिवडा लगायतले सिपलाई व्यवहारमा उतार्न सुझाव दिए ।
    वडा समितिले आयोजना गरेको तालिम कार्यक्रमको विशेष व्यवस्थापनमा कार्यपालिका सदस्य कृष्णमाया भुजेल, सदस्यहरु गोविन्द सुवेदी, सुस्मा परियार, अनिल गोयल सहित वडाका कर्मचारीहरुले भुमिका खेलेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.