काठमाडौं \ नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ ।
महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।
उनका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु आजैदेखि चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।
केन्द्रीय महाधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चुन्नेछ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
