Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई माविका २६८ विद्यार्थीलाई नगरपालिकाले दियो छात्रवृत्ति
    कनकाई नगरपालिका

    कनकाई माविका २६८ विद्यार्थीलाई नगरपालिकाले दियो छात्रवृत्ति

    कनकाई खबरBy कनकाई खबर२०८० चैत्र ६, मंगलवार १७:१४ गते2 Mins Read


    कनकाई खबर \ कनकाई–३, सुरुङ्गास्थित कन्काई माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये २ सय ६८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

    स्थानीय सरकार कनकाई नगरपालिकाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई दिइएको जनही ४ हजारका दरले १० लाख ७२ हजार रुपैयाँ वितरण गरिएको हो । विद्यालयमा कक्षा ११ र १२ मा हाल ८ सय ४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् छात्रवृत्ति छनौट समितिका संयोजक चन्द्रप्रसाद प्रसाईंको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवम् छात्रवृत्ति छनौट समितिका सदस्य कर्णबहादुर डाँगीले छात्रवृत्तिका लागि विद्यार्थी छनौट गर्ने कार्यविधि सम्बन्धमा प्रकाश पार्दै कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए ।

    कनकाईको वडा नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईंको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशेष अतिथिहरू वार्ड नं. ४ का वार्ड अध्यक्ष रोशन सुवेदी र वार्ड नं. २ का वार्ड अध्यक्ष बलराम राई (प्रताप) लगायतले मन्तव्य राखेका थिए ।

    प्रमुख अतिथि चम्लागाईं, विशेष अतिथिहरू राई र सुवेदी, कनकाई नगरपालिका वार्ड नं. ४ का वार्ड सदस्यहरू मोहनप्रसाद संग्रौला र मन्दिरा वि.क., विद्यालय व्यवस्थापन समिति सदस्यहरू क्रान्ति सुवेदी, टीका अधिकारी, गोविन्दप्रसाद पौडेल, दिलिप घतानी, शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडा, छात्रवृत्ति छनौट समितिका सदस्य एवम् विद्यालयका लेखापाल चेतन रिजाल लगायतले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका सदस्य मेनुका शिवाकोटी, सहायक प्रअ चन्द्रप्रसाद शिवाकोटी, डिसिप्लिन इञ्चार्ज गणेश सङ्ग्रौला लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक तीर्थराज खरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.