Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई भेट्रान कप प्रतियोगितामा विराटनगर भेट्रानको विजय सुरुवात
    कनकाई नगरपालिका

    कनकाई भेट्रान कप प्रतियोगितामा विराटनगर भेट्रानको विजय सुरुवात

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० चैत्र ३, शनिबार २१:२३ गते3 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा संचालन भएको प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता कनकाई भेट्रान कप तेस्रो संस्करणको उद्घाटन खेलमा विराटनगर भेट्रान क्लवले विजय सुरुवात गरेको छ ।

    विराटनगर भेट्रान र दमक लखनपुर भेट्रान क्लव विच भएको शनिबारको उद्घाटन खेलमा ३ \ २ गोलको अन्तरमा दमकलाई पछि पार्दै विराटनगरले अग्रता लिएको हो । विराटनगरकालागी खेलको २४औं मिनटमा जर्सी नं.४ का डिल्लीप्रसाद बास्कोटाले एक गोल लगाएर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३३ औं मिनटमा जर्सी नं.२३ का देबबहादुर लिम्बूले दोस्रो गोल थपेका थिए भने देबबहादुरले नै दोस्रो हापपछिको ३ मिनटमा अर्को एक गोल लगाएर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

    प्रतियोगिताको दोस्रो हापपछि २ गोल लगाएर उपविजेता बनेको दमक लखनपुर भेट्रान क्लवकालागी जर्सी नं.५ का अशोककुमार शेर्मा र जर्सी नं.७ का दिपेन गिरीले १÷१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विराटनगर भेट्रानका देबबहादुर लिम्बू घोषित भए । उनलाई स्थानीय युवा व्यवसायी केशवकुमार श्रेष्ठले सौजन्य गरेको नगद २ हजार रुपैंयाँको पुरस्कार प्रदान गरिएको खेल संयोजक उज्वल बास्तोलाले जानकारी दिए । भोली आइतबारको खेल आयोजक कनकाई भेट्रान र उर्लाबारी भेट्रान बिच हुने संयोजक बास्तोलाले कनकाई खबरलाई बताए ।

    कनकाई माविको खेल मैदानमा संचालन भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ८ वटा टिमको सहभागिता रहेको छ । आज चैत्र ३ गतेदेखी सुरुवात भएको प्रतियोगिता चैत्र १० गते सम्पन्न हुने बताइएको छ । ४० वर्षमाथिका खेलाडीको मात्र सहभागिता रहने प्रतियोगितामा बिराटनगर भेट्रान क्लब, दमक लखनपुर भेट्रान क्लब, धरान भेट्रान क्लब, बिर्तामोड भेट्रान क्लब, कनकाई भेट्रान क्लब, उर्लाबारी भेट्रान क्लब, धुलाबारी भेट्रान क्लब र दुधे भेट्रान क्लब शिवसताक्षीको सहभागिता रहने क्लबका सचिव रमेशप्रसाद मैनालीले जानकारी दिए ।

    स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल नारासहित आयोजित नकआउट फुटबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार र दितीय पुरस्कार ६५ हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफी रहेको छ । फिफाको नियम अनुसार खेलमा म्यान अफ द टुर्नामेन्टलाई नगद ५ हजार र म्यान अफ द म्याचलाई नगद २ हजार प्रदान गरिने बताइएको छ । प्रतियोगिताको अवधिभर सुरुङ्गास्थित न्युरो फार्मेसीले स्वास्थ्य सामाग्री सौजन्य गर्ने जनाइएको छ ।

    क्लवका अध्यक्ष श्यामकुमार राईको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको औपचारिक कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव सन्तोष बान्तवा,नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाई, कनकाई मावि व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाईँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कनकाई —७ का वडाअध्यक्ष भिष्म सिटौला, कार्यपालिका सदस्य कृष्णमाया भुजेल, वडासदस्य अनिल गोयल, गोविन्द सुवेदी सहित अन्य जनप्रनिधिहरु, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना, क्लवका संस्थापक अध्यक्ष राजेन्द्र खतिवडा, कनकाई सामुदायिक वनका अध्यक्ष खेम ओली, सामुदायिक वन उपभोक्ता महासंघ कनकाई नगर अध्यक्ष मान्ता खरेल, कोटीहोम धार्मिक विकास संस्थाकी उपाध्यक्ष अम्बिका खरेल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविण भट्टराई लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको औपचारिक कार्यक्रममा कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले स्वागत गरेका थिए । कार्यक्रमको संचालन क्लवका सल्लाहकार ज्योती उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.